HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनावमा कुन पार्टीले कति पालिकामा जित्लान्?
स्थानीय चुनावमा कुन पार्टीले कति पालिकामा जित्लान्? माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लै लड्न नखोजेर २०७४ को चुनावकै गल्ती दोहोर्‍याए। माधव नेपालको सबै स्थानीय तहमा संगठन नै बन्न सकेको छैन, मधेशवादी विभाजित छन्, त्यसैले आगामी स्थानीय चुनावमा पहिलो पार्टी बन्न कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ।
सबै ‘राजा’ हुने ?
सबै ‘राजा’ हुने ? -पुरञ्जन आचार्य सबथोक राज्यले दिने भाषण गर्दा र दिन नसक्दा नेपालको लोकतन्त्रले कसरी देशलाई अखण्ड राख्न सक्ला ? नेताहरुले बुझ्नुपर्छ, अनेकपटक राजनीतिक आन्दोलन भएर पनि स्थिरता र आर्थिक विकास नहुँदा नेपालीको मनमा नेताको आश्वासनबाट डर पैदा भएको छ ।राज्यशक्ति एउटा समूहबाट अर्को समूहमा लैजान आजसम्मका राजनीतिक अान्दोलनहरु भएका होइनन् । लोकतन्त्रमा शासक राजा नबन्ने नयाँ स‌ंस्कार  निर्माण गर्न पर्छ ।लोकतान्त्रिक राज्यलाई कानूनको शासनले बलियो बनाउने हो । जनताको भरोषाबाट लोकतान्त्रिक राज्य बलियो हुने हो । शासकले आफूलाई सक्षम दाबी गर्ने होइन, जनतालाई सक्षम बनाउने हो । तर नेपालमा सबै शासक राजा बन्न उद्यत छन् ।  
कांग्रेस र माओवादीबीच त्रासको लगनगाँठो
कांग्रेस र माओवादीबीच त्रासको लगनगाँठो पुरञ्जन आचार्यओली नेतृत्वको सरकारबाट मनोवैज्ञानिक त्रास नभएको भए लोकतन्त्रमा विश्वास गर्ने कांग्रेस र एकदलीय व्यवस्था मनपराउने माओवादीबीच गठबन्धन हुने थिएन।नेपाली नेताहरूलाई टेलिभिजनमा हेर्दा जनता दिक्क मान्छन्। सबै नेता हँसिला–दरिला र 'रिल्याक्स' देखिन्छन्, तर आम नेपाली भने छिटो–छिटो सत्ता परिवर्तनको खेलबाट हैरान–परेशान छन्। आफैंले बनाएको ओली सरकारको लिगेसी बोक्न कञ्जुसी गरे दाहालको आकार थप साँघुरिनेछ।