HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रभावी चुनावी दाउपेच
प्रभावी चुनावी दाउपेच सतहमा जे जस्तो देखिए पनि सत्तारुढ कांग्रेस–माओवादी, विपक्षी एमाले र आन्दोलनरत मधेशी मोर्चाका गतिविधि–रणनीति आसन्न स्थानीय निर्वाचनमा आ–आफ्नो पोजिशन बलियो पार्न केन्द्रित छन्।
प्रतिनिधिसभाको निर्वाचनतिर!     
प्रतिनिधिसभाको निर्वाचनतिर!      सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष र मधेशकेन्द्रित दल सबैका अडान र गतिविधि नयाँ प्रतिनिधिसभाको निर्वाचनतर्फ अग्रसर देखिंदैछन्।“स्थानीय तहको निर्वाचन हुने सम्भावना मैले देखेको छैन”, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्छन्, “प्रादेशिक निर्वाचन गर्न पनि गाह्रो छ, बरु आउँदो ७ माघ २०७४ भित्र प्रतिनिधिसभाको मात्र निर्वाचन गर्न सकियो भने अहिलेका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।”“आउँदो जेठभित्र स्थानीय निर्वाचन, मंसीरमा प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचन गर्नु 'प्लान–ए' हो”, एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, “तर, यो सम्भावना क्षीण बन्दै गएकाले 'प्लान–बी' मा जानुपर्छ, त्यो भनेको प्रतिनिधिसभा निर्वाचन नै हो।”
हाइटीमा हैजा: गल्ती कसको?
हाइटीमा हैजा: गल्ती कसको? क्यारेबियन मुलुक हाइटीमा शान्ति सैनिक छाउनीबाट फैलिएको हैजाले करीब १० हजारको ज्यान लिएको ६ वर्षपछि 'नैतिक जिम्मेवारी' लिंदै माफी मागेको राष्ट्रसंघले थुप्रै प्रश्न अनुत्तरित छाडेको छ।मिराबलैबाट करीब १५० किलोमिटर उत्तरको क्यापहाइसन क्षेत्रमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको नेपाल प्रहरीको 'फर्म्ड पुलिस युनिट' (एफपीयू) छ। नेपाल प्रहरीको पहिलो डफ्फा त्यहाँ बस्दादेखि नै स्थानीय एक टुहुरो बालकलाई आफैंसँग राखेर हुर्काएको थियो।१८ वर्ष पुगेका ती युवकले हैजा फैलिनुभन्दा केही समय अघि एफपीयूभित्रै झुण्डिएर आत्महत्या गरे। राष्ट्रसंघ विरोधी दलहरूले त्यो घटनालाई मुद्दा बनाएर आन्दोलन शुरू गरे। 'यौनशोषण पछि हत्या गरेको' भन्ने आरोप लगाउँदै राष्ट्रसंघीय कार्यालय घेराउ र तोडफोड प्रयास भयो।
दक्षिणपन्थको पुनरोदय !
दक्षिणपन्थको पुनरोदय ! मुलुकको राजनीतिको बाटो बदल्ने जोडघटाउका साथ भएको पूर्वपञ्चहरूको एकताको परिणाम उनीहरूले चाल्ने कदम र प्रमुख दलहरूले लिने अबका निर्णयमा निर्भर हुनेछ।
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं नाकाबन्दीले बिगारेको नेपाल–भारत सम्बन्ध सुधारका निम्ति 'कोसेढुंगा' सावित हुने अपेक्षा गरिएको भारतीय राष्ट्रपतिको भ्रमणले शिष्टाचारको उच्चतम सन्देश दिए पनि सम्बन्ध सामान्यावस्थामा फर्कने संकेत भने गरेन।“जुन विषयमा भारत नाखुस भयो भनिएको हो त्यो त यथावत् नै छ”, भारतका लागि नेपाली राजदूत रहिसकेका प्राध्यापक लोकराज बराल भन्छन्, “वातावरण केही फेरियो होला, भाषा–शैली बद्लियो होला, तर सम्बन्धमा तात्विक फरक आएको देखिंदैन।”“राष्ट्रपतिको भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सुधार प्रक्रियामा एउटा आयाम थपेको छ”, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, “तर, द्विपक्षीय सम्बन्धमा देखिएका समस्या भने यथावत् नै देखिन्छन्।”
नेपाली सेना : 'सेना जस्तै बनाऊ'
नेपाली सेना : 'सेना जस्तै बनाऊ' अब सेनालाई साधारण सुरक्षा निकायले गर्न सक्ने जिम्मेवारी दिनु उपयुक्त हुन्छ वा हुँदैन भनेर बहस गर्ने बेला आएको छ। त्यसो नगर्ने हो भने राज्यको सेना अनावश्यक रूपमा ठूलो एवम् खर्चिलो हुँदै जाने र परेको बेलामा आफ्नो मूल जिम्मेवारी वहन गर्न नसक्ने हुनसक्छ।'सेनाको संरचना अहिले विकास क्षेत्र, अञ्चल र जिल्लामा आधारित छ। क्षेत्रीय तहमा पृतना, अञ्चल तहमा वाहिनी र जिल्लामा गणहरू छन्। देशको राजनीतिक तथा प्रशासनिक विभाजन अनुसार बनाइएको यसखाले सैनिक संरचनालाई निरन्तरता दिनु उपयुक्त नहुने कार्यदलको सुझाव छ। त्यसको अर्थ, संघीय प्रणाली अनुसारका सैनिक संरचना बनाउनुपर्छ भन्ने हो त? “होइन”, कार्यदलका संयोजक न्यौपाने भन्छन्, “सेना सेना जस्तो हुनुपर्‍यो, प्रहरी जस्तो हुनुभएन भन्ने हो।”
राजनीतिका नयाँ तुरुप: विमलेन्द्र निधि
राजनीतिका नयाँ तुरुप: विमलेन्द्र निधि एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–कांग्रेस सहकार्य सम्भव पार्ने कांग्रेस नेता विमलेन्द्र निधि नेपाली राजनीतिका 'गेम चेञ्जर' का रुपमा देखिएका छन्। चरम अविश्वासको तहमा झरेको कांग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी हुन्– कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि।विमलेन्द्र कार्यकर्तामाझ् 'विमल दाइ' का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुनथालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् या थप जातिवादी भएर निस्कन्छन्, अब उनले लिने निर्णय र खेल्ने भूमिकामै निर्भर हुनेछ।