HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास संशाेधनकाे २१ वर्ष बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य
नयराज गुरुकुलका ज्येष्ठ र सम्भवतः सबैभन्दा अब्बल शिष्य थिए– धनवज्र। तर, जसरी उनी उपचार अभावमा अल्पायुमै बिते, जनमानसमा उनको सम्झना पनि विलुप्त हुँदैछ। 
संशाेधन मण्डलकाे ६९ वर्ष संशोधन मण्डलको सामर्थ्य र सीमा
हरेक वर्ष बजेट बनाउँदा प्रभावशाली र निकट व्यक्तिका संघसंस्थालाई छानीछानी पैसा छर्ने तर ज्ञान उत्पादनमा लगानी गर्न पटक्कै आवश्यक नठान्ने नेपाली राज्य–चरित्र रहुञ्जेलसम्म संशोधन मण्डल जस्ता संस्था मृत्युशय्या पुग्नुलाई असामान्य मान्न सकिन्न । 
सन्दर्भः अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) खै कहाँ छ शान्ति ?
हो, हामीकहाँ दशक लामो सशस्त्र हिंसा अन्त्य भएको छ । तर, असमान शक्ति सम्बन्धका आधारमा निर्मित अनेक यस्ता हिंसा छन्, जो भविष्यमा अर्को हिंसा जन्माउन कारक बन्न सक्छन् । 
संशाेधन मण्डलकाे ६९ वर्ष ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ 
हामीहरूको प्राचीनतम ग्रन्थ वेद हो। वेदको एक भाग बाह्मण हो। जो मानिस दिनका दिन इतिहास पढ्छ त्यसले देवतालाई दूधभात र मासुभात चढाएको फल पाउँछ भनी शतपथब्राह्मणमा लेखिएको छ। राजकुमारहरूको शिक्षाको विषयमा कौटल्यले उनीहरूलाई दिनको पहिलो भागमा हात्ती, घोडा रथ चढ्ने, हतियार चलाउने शिक्षा दिनुपर्छ, दिनको पछिल्लो भागमा चाहिं इतिहास पढाउनुपर्छ भनी लेखेका छन् ।  
आउँदो ७ कात्तिकभित्र क्लिन फिड लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन संसदीय समितिले आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको हो।
राजनीति
सुशासन
नेपालका ब्यांक र कम्पनीमार्फत रू‍. ३५ अर्बको शंकास्पद धन ओसारपसार 
अमेरिकी सरकारको वित्तीय निगरानी संयन्त्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातबाट देखियो — नेपालका ९ वटा ब्यांक र १० वटा व्यापारिक कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन विभिन्न मुलुकमा ओसारपसार भएको छ ।
प्रदेश खबर
संघीयता यात्रा
विचार
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव २०६२/६३ को आन्दोलनको बलमा स्थापना भएको संविधानसभाको पहिलो निर्वाचनदेखि २०७२ सालमा संविधान जारी भएको अवधिका सर्वाधिक महत्वको स्थानमा रहेका व्यक्ति हुन्। आज नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा हिमालखबरसँगको कुराकानीमा डा. यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे खुलेर कुरा गरे। प्रस्तुत छ, किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
सम्पादकको सिफारिस
हिमालखबर जनमत
अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको अढाई वर्षे कार्यकाललाई तपाईं कसरी मूल्याङ्कन गर्नु हुन्छ?
हिमालखबर क्वीज
वन्यजन्तु
मलाहा हुचिल (लाटोकोसेरो) को अग्रेजीमा के भनिन्छ ?
नेपालमा गोठे लाटोकोसेरो रहेको पत्ता लगाउने पहिलो व्यक्ति को हुन् ?
काठमाडौं पाइने गोठे लाटोकोसेरोको प्रमुख आहारा के हो ?
सहभागी हुनुहोस्
अर्थ
खेल
समाज
कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
संस्कृति
अन्तर्वार्ता
ब्लग
लेन्स
महामारीमा लामो यात्राको तयारी: बसहरु सरसफाइ र निस्संक्रमित गरिंदै (तस्वीरहरु) सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएसँगै बस व्यवसायीहरु महीनौं थन्क्याएर राखिएका बसको सरसफाइ गरी स्वास्थ्य सुरक्षाका लागि निस्संक्रमित पार्दैछन्।