हिमालखबर.कम BETA  

 

 

 

रमझम
नेपाल चिनायौँ
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नयाँ चिनारी दिन पाएकोमा सुन्दरीहरू दङ्ग छन्।

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

जेनिशा

मा'वादी भ्रातृ सङ्गठनहरूको चर्को विरोधका कारण एक वर्षअघि स्थगित मिस नेपाल २००९ प्रतियोगिता गएको दशैं सम्पन्न भएको थियो। प्रतियोगितालगत्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउँदै फर्केका सुन्दरीहरू जेनिशा मोक्तान र ऋचा थापामगर आ-आफ्नो प्रतिभा देखाउँदै देश चिनाएर फर्केकोमा गर्व गर्छन्।

विश्व सुन्दरी प्रतियोगितामा सहभागी हुन २० कात्तिकमा साउथ अफ्रिका पुगेकी मिस नेपाल २००९ जेनिशाले एकसय १२ देशका प्रतियोगीहरूसँगको प्रतिस्पर्धामा स्पोर्टस्, क्याट्वाक्, ट्यालेन्ट विधामा सहभागिता जनाएकी थिइन्। नेशनल कस्टुम राउण्डमा बख्खु ड्रेसमा सजिएर र्‍याम्पमा निस्किएकी उनले सबैको वाह-वाही पाउन सफल भए पनि नेपाललाई धेरै पछाडि पाइन्। उनी भन्छिन्, “अरू देशका सहभागीहरूलाई हौसला बढाउन मन्त्रीलगायत राज्यका उच्च पदाधिकारीहरू कार्यक्रममा आएका थिए तर म एक्लै नेपालको प्रतिनिधित्व गरिरहेकी थिएँ।” नौ साता साउथ अफ्रिकामा बिताएर फर्किएकी जेनिशा विश्वका विभिन्न भाषा, संस्कृति, फेशन र रहनसहनसँग घुलमिल भएर धेरै कुरा सिक्न पाएको बताउँछिन्। अरू देशका सहभागी भन्दा आफूमा केही कमी नपाए पनि कार्यक्रममा सरकारी र अन्य सम्बन्धित निकायको सहयोगको अभाव खट्किएकोमा उनको गुनासो छ।

भर्खरै मिस अर्थ प्रतियोगितामा सहभागी जनाएर फिलिपिन्सबाट फर्किएकी मिस नेपाल २००९ फस्ट रनर अप ऋचा थापामगर पनि जेनिशाको भनाइमा सहमत छिन्। १२ असोजमा सहभागी हुन फिलिपिन्स पुगेकी थापाले मिस ट्यालेन्टको फस्ट रनर अप उपाधि जितेर आइन्। त्यहाँ उनले मिस ट्यालेन्ट विधामा प्रोटेक्सन अफ मदर अर्थको थिममा क्लासिकल नृत्य प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुति अरूभन्दा फरक भएकाले धेरैले मन पराएका थिए। ८० देशका सुन्दरीहरूको सहभागिता रहेको प्रतियोगितामा उनले सहभागीमाझ् बुद्ध र सगरमाथाको देश भनेर नेपाललाई चिनाएकी थिइन्।

ऋचा
कार्यक्रममा सहभागी हुने क्रममा नेपाललाई विदेशीहरूले सांस्कृतिक विविधताले धनी देश भनेर चिने पनि धेरैजसोले अहिले नेपाललाई द्वन्द्व भइरहेको देश भनेर बुझ्ेको उनले बताइन्। प्रतियोगितामा उनले लगेको स्वयम्भू स्तूपा, नेपालको नक्सासँगै क्रस खुकुरी अङ्कित काष्ठकला सबैले मन पराएका थिए।

मिस नेपाल प्रतियोगिताको लागि लिइएको तालिमलाई नै आधार बनाएर मिस अर्थमा सहभागी हुन पुगेकी ऋचाले विश्वका विकसित देशहरूको तुलनामा नेपालीहरूमा व्यक्तित्व र सामूहिक विकासको अभाव महसुस गरिन्। बेहुली पहिरनमा र्‍याम्पमा निस्किएकी ऋचाले हातमा लिएको नेपालको राष्ट्रिय झ्न्डा सबैले मन पराए।

फिलिपिन्सबाट २४ दिनमा फर्किएकी उनी कार्यक्रम अवधिभर धेरै कुरा सिक्न पाएकोमा खुसी छिन्। भन्छिन्, “धेरै देशका अनुभव साटासाट गर्ने मौका पाइयो।”

सुमित्रा राई

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।


 प्रतिलिपि अधिकार © 2009 HIMALMEDIA PRIVATE LIMITED सर्वाधिकार सुरक्षित    अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि