मीनरत्न बज्राचार्य |
१५ दिनभित्र काम पूरा गर्ने म्याण्डेटसहित मावादी नेतृत्वको सरकारले १८ मङ्सिर २०६५ मा गठन गरेको आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि पटक पटक म्याद थप्दै एघार महिनामा करिब रु.३१ लाख खर्चेर प्रतिवेदन तयार पारेको तथ्य १-१६ माघको हिमाल मा सार्वजनिक भएको थियो। हिमाल मा रिपोर्ट छापिएपछि नेपाल पत्रकार महासंघले सरोकार राखेको थियो भने सुदूरपश्चिमका पत्रकारहरू प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई राहत दिनुपर्ने, आयोगका नाममा भएको खर्चको छानबिन गर्नुपर्नेलगायतका मागहरू राखी आन्दोलित भएका थिए।
| आयोगको खर्च विवरण (रु. मा) | |||
| शीर्षक | हालसम्मको खर्च | हालसम्मको निकासा बजेट | बाँकी |
| भत्ता | नवीन श्रेष्ठ | इटहरी सुनसरी | महमद हनिफ |
| ४६९६०९३२ | १२३२६४०.९८ | १३००५६५.०० | ६७९२४.०२ |
| कार्यक्रम भ्रमण | २०४५०४.०० | २०७४२५.०० | २९२१.०० |
| गाडी भाडा | २८६११७.५० | ३०९०६०.०० | २२९४२.५० |
| इन्धन | ६०६८१५.०० ू | ६०६८१५.०० | ०.०० |
| कार्यालयसम्बन्धी | २७०४३२.०९ | २७५५३६.०० | ५१०३.९१ |
| सञ्चार महसुल | ४५३५२.०० | ८०१००.०० | ३४७४८.०० |
| विविध | २९६२५२.०० | ३००७००.०० | ४४४८.०० |
| परामर्श तथा अन्य सेवा | १००००.०० | १५०००.०० | ५०००.०० |
| मर्मत तथा सम्भार | १४००.०० | १४००.०० | ०.०० |
| स्रोतः गृह मन्त्रालय | |||
यसैबीच १३ माघको मन्त्रिपरिषद् बैठकले पत्रकार जोशीको परिवारलाई रु.१० लाख राहत दिने निर्णय गरे पनि प्रतिवेदन अझ्ै सार्वजनिक गरेको छैन। त्यसअघि १० माघमा पत्रकार महासंघका प्रतिनिधिसँगको भेटमा गृहमन्त्री भीम रावलले प्रतिवेदन तत्काल सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुका साथै आयोगका नाममा भएको खर्चको बारेमा समेत छानबिन गरिने आश्वासन समेत दिएका थिए। ११ महिना लगाएर तयार पारेको प्रतिवेदन आयोगले १५ कात्तिकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई सिंहदरबारमा सुटुक्क बुझ्ाइएको थियो।
पूर्ववर्ती मावादी नेतृत्वको सरकारले १५ दिनभित्र काम पूरा गर्ने गरी अधिवक्ता उमेशप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ् आयोग गठन गरेको थियो। आयोगमा अधिवक्ता शालिकराम सापकोटा र पत्रकार महेन्द्र बिष्ट सदस्य थिएभने पछि एसएसपी राजबहादुर बिष्टलाई सदस्यमा नियुक्त गरिएको थियो।
पत्रकार जोशीको हत्यापछि आयोगका सदस्यहरू कैलाली पुगेर घटनाबारे अध्ययन अनुसन्धान गरेका थिए। आयोगका सदस्यहरूले दुई साता बसेर घटनास्थलको अवलोकन तथा राजनीतिक दल, प्रहरी, प्रशासन, सञ्चारकर्मी, मानवअधिकारवादी र नागरिक समाजसँग घटनाबारे जानकारी लिएका थिए। आयोगले घटनास्थलमा दुई पटक गएर अनुसन्धान गरेको बताए पनि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष दीर्घराज उपाध्यायका अनुसार आयोगको टोली एक पटक मात्र कैलाली पुगेको थियो। एक पटक मात्र पनि यस कार्यका लागि आयोगले भ्रमण खर्च शीर्षकमा रु.२ लाख ७ हजार ४२५ खर्च गरेको छ।
पत्रकार जोशी क्रान्तिकारी पत्रकार संघ कैलालीका अध्यक्ष तथा पार्टीको जिल्ला कमिटी सदस्य समेत थिए। २२ असोज २०६५ देखि कैलालीको अत्तरियाबाट बेपत्ता पारिएका जोशीको शव १३ मङ्सिर २०६५ मा कैलालीको मालाखेती गाविसको चौकीडाँडा महिला सामुदायिक वनको गोदावरी नदीकिनारमा फेला परेको थियो।
रामजी
विकास अनियमितताः अख्तियारको अनुसन्धानमा
एकल सिलवाल |
अख्तियारले हिमाल मा छापिएको रिपोर्टको प्रतिलिपि र सतर्कता केन्द्रको प्रतिवेदनको सारांशसहित जिविसलाई माघको पहिलो साता पत्र पठाएर जवाफका लागि बोलाएको हो। जिविसले स्थानीय विकास अधिकारी (एलडि)कुमारबहादुर खड्कामार्फत १० माघमा आयोगलाई लिखित जवाफ पेश गरेको छ। सोही दिन एनेकपा मावादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माले र राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधिहरू पनि आयोगमा उपस्थित भई अनियमितताको बचाउ गर्दै अधिकारीहरूसामु मुद्दा नचलाउन आग्रह गरेका थिए।
जिविस संयन्त्रमा बसेका प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधिहरूले आफू जमानी बसेर कामै नभएका आयोजनाहरूलाई प्रक्रिया विपरीत बजेट भुक्तानी दिन कर्मचारीहरूलाई दबाब दिएका थिए। एलडिलाई पछि कुनै अप्ठेरो नपर्ने आश्वासनसहित रकम बाँड्न दबाब दिएकाले कार्यालयको बचाउ गर्न दलका प्रतिनिधिहरू सामूहिक रूपमा अख्तियार गएका हुन्। नेकपा एमालेका तर्फबाट जिविस संयन्त्रमा बसेका लीलाधर आचार्य रकम निकासाका लागि एलडिलाई दबाब दिएको स्वीकार्दै भन्छन्, “रकम आर्थिक वर्षको अन्तिममा आयो। काम सकेर खर्च गर्ने समय थिएन। सर्वदलीय सहमतिमा चार दिनमा काम सकियो भनेर लेख्न लगाएको मैले नै हो।” गल्ती आफूहरूबाट भएकाले एलडिलगायतका कर्मचारीलाई कारबाही गर्न नहुने जिकिर दलका प्रतिनिधिहरूको छ। तर कानुनी रूपमा कर्मचारीहरू नै जवाफदेही हुनुपर्छ।
|
गैरकानुनी खर्चको अनुसन्धान अख्तियारसम्म पुग्दा पनि सात महिनाअघि सकियो भनेर गत असार मसान्तमै बजेट निकासा गरिएका कतिपय काम अझ्ै सम्पन्न भएका छैनन्। सामान खरिदको बिल पेश गरेर असारमै रु.३५ लाख भुक्तानी लिएको खैरहनी गाविसको उपभोक्ता समितिले अझ्ै सडक कालोपत्रे गरेको छैन। उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाले ११ माघको साँझ् भोलि नै पिचको काम शुरु गर्छाैं भन्ने जवाफ दिए। पिप्ले गाविसमा राप्ती ड्याक संरक्षण, सडक ग्राभेल र तटबन्ध निर्माण गरी रु.४८ लाख बराबरको तीन वटा आयोजना असार मसान्तमै सकिएको कागज बनाएर उपभोक्ता समितिहरूले रकम भुक्तानी लिएका थिए। ती कामहरू सकिन अझ्ै केही महिना लाग्ने गाविस सचिव प्रदीप थापा बताउँछन्।
जिविसको अभिलेखमा रु.५० हजारदेखि रु.३५ लाखसम्म खर्च भएका सडक, तटबन्ध, भवन, कल्भर्टलगायतका पक्की संरचना निर्माणको काम समेत पर्ने २४ वटा योजनाहरू शुरु भएको एक सातामै सकिएको तथा रु.१६ लाखका यस्तै खाले तीन योजनाहरू अघिल्लो दिन शुरु भएर भोलिपल्टै सकिएको देखाइएको थियो। एमाले कार्यकर्ताहरूले चलाएको जनसेवा अभियान नामक एक गैरसरकारी संस्थाले सडक बालबालिकाहरूको संरक्षण कार्य नामक किर्ते कार्यक्रमको परियोजना बनाएर नक्कली बिल भर्पाई पेश गरी रु.७ लाख लिएको थियो। यो संस्थाका कार्यकारी निर्देशक कृष्णभक्त पोखरेल जिविसका कानुनी सल्लाहकार हुन्।
एकल





