हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अर्थ

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

सुजलको पाउडर दूध
लक्ष्मी समूहको सुजल डेरीले आधुनिक प्रविधिबाट उत्पादित अल्पाइन डेरी हृवाइटनर धूलो -पाउडर) दूध बजारमा ल्याएको छ । सुजल डेरीले गाउँका किसानहरूलाई लक्षित गर्दै दूध उत्पादन, समृद्धिको लागि कार्यक्रम सञ्चालन गरेको छ । यसबाट मिल्क होलिडे को समस्या समाधान हुने विश्वास कम्पनीको छ । ९०० र ४५० ग्रामको प्याकमा उपलब्ध अल्पाइन डेरी हृवाइटनर को उपभोक्ता मूल्य क्रमशः रु.३२० र रु.१७० रहेको छ ।

तुफानडाँडामा बि'के
बैंक अफ काठमाण्डूले सुदूरपश्चिमको डडेलधुरा, तुफानडाँडामा ३१औं शाखा सञ्चालन गरेको छ । यस शाखाबाट स्थानीय जनताको निक्षेप, कर्जा, एलसी कारोबार, रेमिट्यान्सलगायतका ब्याङ्कङि सेवाहरूमा पहुँच हुने ब्याङ्कले जनाएको छ ।

वर्ल्डलिङ्कको सस्तो फोन
वर्ल्डलिङ्क कम्युनिकेशनले इण्डिया कल कार्ड बजारमा ल्याएको छ । रु.२५० मूल्यको कार्डबाट इन्टरनेटमार्फ प्रतिमिनेट रु.२ मा भारतमा फोन गर्न सकिन्छ । त्यसैगरी वर्ल्डलिङ्कले इन्टरनेटमार्फ फोन गर्न सकिने वर्ल्ड कल कार्ड र एसआइपी डिभाइस प्रयोग गरी फोन गर्न मिल्ने रु.५ सय र रु.१ हजारको एसआइपी रिचार्ज कार्ड समेत बजारमा ल्याएको छ ।

यसलाई भन्छन् दशैं आको
चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले ग्राहकहरूलाई लक्षित गर्दै यसलाई भन्छन् दशैं आको उपहार कार्यक्रम शुरु गरेको छ । यसअर्न्तर्गत सिजी ब्राण्डका कुनै पनि घरायसी उपकरण खरिद गर्दा पाँच जोडीलाई ब्याङ्कक टुर तथा टिभी, प्रिmज, एसी तथा माइक्रोवेभ 'भन आदिको खरिदमा अर्को उत्पादन सित्तैँमा दिने कम्पनीले जनाएको छ । चौधरी समूहकै एलजी इलेक्ट्रोनिक्सले ल्याएको कोर्याे कि सोर्याे योजनाअर्न्तर्गत एलजी मोबाइलको खरिदमा रु.१०० देखि रु.१ लाखसम्मका नगद उपहार राखेको छ ।

यमयम बजारमा
थाइल्याण्डको वान थाई फूड इण्डष्ट्रिजको प्राविधिक सहकार्यमा स्मार्ट फूड एण्ड स्न्याक्स् प्रालिले यमयम चाउचाउ बजारमा ल्याएको छ । आइरन, भिटामिन र आयोडिनलगायतका पौष्टिक तत्वहरूका कारण गुणस्तरीय र पौष्टिक रहेको दाबी गरिएको मेटालिक प्याकेटमा उपलब्ध ७५ ग्रामको यमयम को उपभोक्ता मूल्य रु.१५ तोकिएको छ ।

एलइडी सामसुङ
गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले आकर्ष र स्तरीय दृश्य देखिने हाइ डेफिनिसन एल.इ.डी -लाइट एमिटिङ डायोड) टेलिभिजन बजारमा ल्याएको छ । कम ऊर्जा खपत गर्ने निकै पातलो एलइडी टिभीले घरको सजावटलाई आकर्ष बनाउने कम्पनीको विश्वास छ ।

हर्के हास्यो, पैसा झर्‍यो
डाबर नेपालले हाजमोला खाऔं, हँसाऔं हर्केलाई नामक कार्यक्रम प्रस्तुत गरेको छ । हाजमोला क्याण्डी र हाजमोला ट्याब्लेटको खाली खोलका साथ सहभागीले पठाउने हाँसउठ्दो कथा, कविता, चुट्किला वा तस्बिरमध्येबाट प्रत्येक १५ दिनमा पाँच जना उत्कृष्टलाई पाँचतारे होटलमा डिनरका लागि लगिनेछ । त्यस्तै पाक्षिक विजेताहरूमध्येबाट तीन जनाले रु.१,११,१११ रु.५५,५५५ र रु.३३,३३३ क्रमशः पहिलो, दोस्रो र तेस्रो बम्पर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साङ्ग्रिलाको विस्तार
पोखरास्थित साङ्ग्रिला विकास ब्याङ्क लि.ले पोखराको जिरो किमीमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । शाखामार्फ पोखरा उपमहानगरपालिकाका साथै जिरो किमी आसपासका केही गाविसका बासिन्दाहरू समेत लाभान्वित हुने ब्याङ्कले जनाएको छ । उक्त शाखाबाट एनी ब्राञ्च ब्याङ्कङि र्सर्भिस -एबीबीएस), रेमिट्यान्स, एटीएमलगायतका सेवाहरू उपलब्ध हुने जनाइएको छ ।

मोटरसाइकलमा हिरामोती
बजाज मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं र तिहारको अवसर पारेर सुन, चाँदी, हीरा, मोती उपहार योजना पस्केको छ । योजनाअर्न्तर्गत बजाज मोटरसाइकल खरिद गर्दा ५ ग्राम सुन, १०० ग्राम चाँदी तथा हीरा वा मोतीलगायतका उपहार जित्न सकिन्छ ।

मारुतीको सिमेन्ट
मारुती सिमेन्ट कम्पनीले ठूलाठूला संरचनाका लागि ५३ ग्रेड 'पीसी मारुती सिमेन्ट बजारमा ल्याएको छ । नेपालमै इएसपी -इलेक्ट्रोस्टाटियो प्रेसिपिटेटर) प्रविधि जडित कारखानाबाट उत्पादित मारुती सिमेन्ट अन्य सिमेन्टको तुलनामा सस्तो हुनुका साथै यसबाट भवन, सडक र ठूला संरचनाको निर्माण पनि बलियो हुने दाबी कम्पनीको छ ।

सिटीसेन्टरमा क्यानन
क्यानन डिजिटल क्यामराको नेपालस्थित अधिकृत बिक्रेता प्राइमेक्स इन्टरनेशनलले राजधानीको कमलपोखरीस्थित सिटीसेन्टरमा क्यानन लिङ्क नामक शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुममा पावर शट सिरिजका जी ११, एस ९, एसएक्स २० आइएस, एसएक्स १२० आइएस, इक्सस २०० आइएस, इक्सस १२० आइएस, सेल्फी इस ४० र डिएसएलआर सिरिजअर्न्तर्गत इ'स ४५० डी, इ'स ५०० डी, इ'स ७ डीलगायतका डिजिटल क्यामरा, लेन्स र मेमोरी कार्डहरू उपलब्ध छन् । शोरुममा मर्मत सेवा समेत हुने कम्पनीले जनाएको छ ।

आयो मिहो
शङ्कर गु्रपअर्न्तर्गतको जगदम्बा फुड्सले मिहो चाउचाउ ल्याएकोे छ । विश्वकै पछिल्लो प्रविधिको जापानी मेसिनबाट उत्पादित तथा मेटालिक प्याकमा उपलब्ध मिहो चिकेन र शाकाहारीको स्वादमा रु.१५ मा बजारमा उपलब्ध छ । मिहो मा रहेको क्याल्सियम, आइरन तथा विभिन्न भिटामिनयुक्त तत्वहरूले यसलाई स्वास्थ्यवर्द्धक बनाएको दाबी कम्पनीको छ । ल सुजलको पाउडर दूध लक्ष्मी समूहको सुजल डेरीले आधुनिक प्रविधिबाट उत्पादित अल्पाइन डेरी हृवाइटनर धूलो -पाउडर) दूध बजारमा ल्याएको छ । सुजल डेरीले गाउँका किसानहरूलाई लक्षित गर्दै दूध उत्पादन, समृद्धिको लागि कार्यक्रम सञ्चालन गरेको छ । यसबाट मिल्क होलिडे को समस्या समाधान हुने विश्वास कम्पनीको छ । ९०० र ४५० ग्रामको प्याकमा उपलब्ध अल्पाइन डेरी हृवाइटनर को उपभोक्ता मूल्य क्रमशः रु.३२० र रु.१७० रहेको छ ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क