हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
स्थलगत
बिजुलीले गर्‍यो कायापलट
एउटा जलविद्युत् आयोजनाले डेढ दशकअघिसम्म गरिबी, अशिक्षा र दर्ुगम अवस्थामा रहेका दोलखा-रामेछापका एक दर्जन गाविसको कायापलट गरेको छ । डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट
डम्बरकृष्ण श्रेष्ठ

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

परिवर्तनः आयोजना शुरु हुनुअघि २०४८ मा किर्नेटार -माथि) । २१ साउन २०६६ मा हेलिकप्टरबाट खिचिएको किर्नेटार र देवीटार बजार -तल) ।

कुनै विकट ठाउँमा आएको विकास आयोजनाले कस्तो प्रभाव पार्छ भन्ने कुरा खिम्ती-१ जलविद्युत् आयोजनाले दोलखा र रामेछापका केही गाउँमा ल्याएको परिवर्तनले देखाउँछ । २०५० सालअघिसम्म एउटा सुनसान गाउँ देखिने खिम्ती आयोजनास्थल किर्ने अहिले सिंचाई, विद्युत् र सडकसँगै टेलिफोन, टेलिभिजन, इन्टरनेट, विद्यालय, स्वास्थ्य केन्द्र र खानेपानीसहितको सुविधासम्पन्न बजार बनेको छ । आसपासका एक दर्जन गाउँमा पनि यस्तै परिवर्तन आएको छ ।

दोलखा, शहरे गाविसका पर्ूव अध्यक्ष नारायणध्वज खड्का खिम्ती आयोजनाले यो ठाउँको कायापलट गरेको बताउँछन् । आयोजना निर्माण हुँदैदेखि गाउँका ६ हजार मानिसले मासिक रु.६ हजारदेखि ३० हजारको रोजगारी पाएका र खरका छाना भएका घरमा टायल, जस्तापाता देखिन थालेका थिए । लामोसाँघु-जिरी राजमार्गको नयाँपुलबाट खिम्तीसम्म २२ किलोमिटरको सडक जोडियो । खड्का भन्छन्, "बाटो र बिजुलीसँग त संसारै आयो । आम्दानी, शिक्षा र चेतना बढ्दै गयो ।"

२०५७ सालदेखि ६० मेगावाट विद्युत् उत्पादन शुरु गरेको खिम्ती आयोजनाले राष्ट्रिय प्रसारणमा योगदान गरेको त छँदैछ, स्थानीय उपभोगका लागि गाउँमा अलग्गै विद्युत् उत्पादन समेत गरिदिएको छ । झाक्रे ग्रामीण विद्युतीकरण तथा विकास योजनाअर्न्तर्गत निर्मित झाक्रे लघु जलविद्युत् योजना स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने अन्तिम तयारी भइरहेको खिम्ती जलविद्युत् आयोजनाको सञ्चालक हिमाल पावर लिमिटेडका साइट म्यानेजर्रर् इश्वरमान देशार बताउँछन् ।
झाक्रेको ६३० किलोवाट विद्युत् १० गाविसका ४६०० घरधुरीले राष्ट्रिय प्रसारणको बिजुलीभन्दा सस्तो महसुल -प्रतियुनिट घरायसी रु.३.५० र औद्योगिक रु.५) तिरेर उपयोग गर्छन् । प्रत्येक वडामा एक गरिब परिवारका दरले ६१ परिवारलाई निःशुल्क समेत दिइएको छ । यो बिजुली बाल्नेहरूले लोडसेडिङ व्यहोर्नुपर्दैन ।

झाक्रेको विद्युत्ले आयोजना क्षेत्र वरपरका गाविसका सबै वडालाई नपुगेकोले खिम्ती छिमेक विकास आयोजनाअर्न्तर्गत थप ४०० किलोवाट क्षमताको हलुवाखोला लघु जलविद्युत् योजना निर्माण शुरु गरिएको छ । हलुवाखोलाको विद्युत् वितरणका लागि सडक निर्माण, तार र खम्बा जडान गर्ने काम भइरहेको छ । २०६७ सालभित्र पूरा हुने यस योजनाबाट उत्पादित विद्युत् ३७५० घरधुरीले उपयोग गर्नेछन् ।

र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडीपी) र नेपाल सरकारसँगको सहकार्यमा सञ्चालित खिम्ती छिमेक विकास आयोजना सामाजिक पर्ूवाधार र लघुउद्यम विकाससँगै खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थालाई सुदृढ गर्ने काम गरिरहेको आयोजनाका टीम लिडर रुपनारायण यादव बताउँछन् । झाक्रे र हलुवाखोला दुवै योजनाको विद्युत् व्यवस्थापन गर्न उपभोक्ताबाटै स्थापित यो सहकारी संस्थाले झाक्रे खोलाको विद्युत् महसुलबाट मासिक रु.४ लाख ५० हजार सङ्कलन गरिरहेको र करिब रु.१ करोड ५० लाखको पूँजी बनाइसकेको छ । यो रकमबाट सहकारीले विद्युत्गृह र लाइन मर्मतसम्भार तथा विस्तारका साथै माथिल्लो तामाकोशी आयोजनामा रु.५० लाखको शेयर लगानी गर्ने तयारी गरिरहेको सहकारीका अध्यक्ष नारायणध्वज खड्का बताउँछन् ।

शिक्षा र स्वास्थ्य ः दोलखा जिल्लाकै नमुना बनेको खिम्ती प्रोजेक्ट स्कूल ।
बिजुली बल्न थालेदेखि सडकछेउका वस्तीहरूले बजारको रुप लिएको र त्यहाँ लघुउद्योगहरू खुलेका छन् । खिम्ती, तिल्कु, फर्पु, गेलु, फुलासी गाविसका दुग्ध उत्पादक किसानले ३००० लिटर क्षमताको दूध चिस्यान केन्द्र स्थापना गरेका छन् । खिम्तीमै स्थापित जनहित कोष बचत तथा ऋण सहकारी संस्थाले वाषिर्क रु.२ करोडको कारोबार गर्न थालेको छ । दूध चिस्यान केन्द्र र सहकारी संस्थाका शेयर सदस्य कुमारप्रसाद दाहाल भन्छन्, "खिम्ती आयोजना नआएको भए हाम्रा घरगाउँमा न बाटो आइपुग्थ्यो न बिजुली बल्थ्यो । यी दुवैको उपयोगले गाउँलेहरू सम्पन्न बन्दै गइरहेका छन् ।"

दोलखाको च्यामा, हावा, ठूलोपातल, शहरे र जिरी, सिउरिनी तथा रामेछापको नमाडी, रसनालु, फर्पु, गेलु, बैताली, खिम्ती र फुलासीमा खिम्ती छिमेक विकास आयोजनाअर्न्तर्गत पाँच विद्यालय भवन, पाँच साना सिंचाई योजना, ११ खानेपानी योजना र एकहजारभन्दा बढी शौचालय निर्माण भएका छन् । खिम्तीले छिमेक विकास आयोजना शुरु गर्नुअघि पनि यस क्षेत्रका ११ विद्यालयलाई भौतिक संरचना निर्माणमा सहयोग गर्नुका साथै शिक्षक, शैक्षिक सामग्री र आर्थिक सहायता उपलब्ध गराएको थियो ।

छोरी सानु कोइरालालाई स्वास्थ्य केन्द्रमा जँचाएपछि गंगाबहादुर थापा -दायाँ) ।

आयोजनाका मजदुर र कर्मचारीका छोरा-छोरी पढाउन खोलिएको खिम्ती प्रोजेक्ट स्कूल अहिले जिल्लाकै नमुना विद्यालय बनेको छ । यसपालिको एसएलसीमा दोलखामा पहिलो र दोस्रो स्थान हासिल गर्ने किरण घिमिरे -८८.६३ प्रतिशत) र राजन अधिकारी -८७.७५ प्रतिशत) यसै विद्यालयका उत्पादन हुन् । प्रधानाध्यापक बालकृष्ण शर्मा विद्यालयमा हाल अध्ययनरत् ४७८ विद्यार्थीमध्ये २५ प्रतिशत मात्रै आयोजनाका कर्मचारीका छोराछोरी र अरू सबै स्थानीय बालबालिका भएको बताउँछन् । विद्यालय सञ्चालनमा खिम्ती आयोजनाले मात्रै वाषिर्क रु.४० लाख खर्च गर्दै आएको साइट म्यानेजर देशार बताउँछन् ।

आयोजना हातामा सञ्चालित स्वास्थ्य केन्द्रले टाढा-टाढाका बासिन्दालाई सेवा पुर्‍याएको छ । २० साउनमा छोरीलाई जँचाउन आठ घण्टा हिँडेर ध्याङ-४, सुकाथोकरबाट आएका गङ्गाबहादुर थापाले भने, "हामी जस्ता गरिबका लागि यो स्वास्थ्य केन्द्र उपहार नै भएको छ । स्वास्थ्य जाँचमा र औषधिको लागि रु.२५ मात्रै खर्च भयो । चरिकोट जानुपरेको भए एक हजारले पुग्दैनथ्यो ।" ठूला शल्यक्रिया बाहेक सबै उपचार हुने केन्द्रमा दैनिक ५०-६० जनाको स्वास्थ्य परीक्षण गर्ने गरेको र आफूकहाँ उपचार नहुने बिरामीलाई अन्यत्र लैजान एम्बुलेन्स सेवा उपलब्ध गराएको स्टाफ नर्स सविता गुरुङले बताइन् ।

आयोजनाले खिम्तीबेसीको सिंचाईको मुहान फर्पु फेदी, शहरे र च्यामामा स-साना कुलो निर्माणसँगै शहरे-१, गोगनटारमा दर्ुइ किलोमिटर टाढाको हलुवाखोलाबाट पाइप बिछ्याएर पानी ल्याई ५०० रोपनी जग्गामा सिंचाई पुर्‍याएको छ । गोगनटारका केशवबहादुर केसीले भने, "पहिले मकै र कोदो मात्र हुने जग्गामा धान फल्न थालेको छ भने पाँच मुरी धान फल्ने खेतमा १५ मुरी पुगेको छ ।" गाउँकै नवराज न्यौपाने भने खिम्ती आयोजनाकै कारण गोगनटारमा पानी अपुग भएकोले हलुवाखोलाबाट ल्याएर क्षतिपर्ूर्ति गरिएको बताउँछन् ।

खिम्ती आयोजनाले गाउँमा बिजुली, सडक ल्याएपनि माछा मारेर जीविका चलाउने करिब ५० परिवारको रोजगारी खोसेको न्यौपाने बताउँछन् । उनले भने, "आयोजनाबाट धेरै फाइदा भए पनि रोजीरोटी नै खोसिएका परिवारका लागि समस्या थपिएको छ ।" आयोजनाका फिस बायोलोजिष्ट राकेशकुमार यादव भने माछाको सङ्ख्या घट्नुमा आयोजनाले पारेको प्रभावभन्दा बढी विषादि प्रयोग गरेर मार्ने चलनलाई जिम्मेवार ठहर्‍याउँछन् ।


के हो खिम्ती-१

खिम्ती-१ निर्माण, सञ्चालन तथा स्वामित्व हस्तान्तरण -बूट) प्रणालीअर्न्तर्गत निर्मित नेपालको पहिलो जलविद्युत् आयोजना हो । १७ चैत २०५० मा नेपाल सरकारसँग जलविद्युत् निर्माण सम्झौता गरेर करिब १४ करोड २० लाख अमेरिकी डलर -हालको मूल्यमा रु.१० अर्ब) को लागतमा निर्माण सम्पन्न गरी २७ असार २०५७ देखि ६० मेगावाट विद्युत् उत्पादन शुरु गरेको यो आयोजना बुटवल पावर कम्पनी तथा नर्वेली कम्पनीहरू स्टाट क्राफ्ट एसएफ, एबीबी क्राफ्ट र जिई हाइड्रोको संयुक्त लगानीमा हिमाल पावर लिमिटेडले सञ्चालन गर्दै आएको छ । आयोजनाको लागतमध्ये २५ प्रतिशत साझेदारहरूको शेयर लगानी र ७५ प्रतिशत एसियाली विकास ब्याङ्क, एक्सफोर्ट फाइनान्स नर्वे, अन्तर्रर्ााट्रय वित्त निगम, नर्वेली अन्तर्रर्ााट्रय वित्त संस्था आदिको ऋण लगानी छ ।

खिम्ती सम्झौतामा आयोजनाबाट उत्पादित विद्युत् २० वर्षा लागि नेपाल सरकारले खरिद गर्ने र त्यसपछि हिमाल पावरले ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रावधानहरू छन् । तर, खिम्तीको विद्युत् अमेरिकी डलरको मूल्यमा खरिद गर्नुपर्ने हुनाले अहिले प्राधिकरणले महँगो दरमा किनेर नोक्सानी व्यहोरिरहेको छ ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क