हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अन्तिम पाना
शब्द एक-अर्थ अनेक
शिव गौतम

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

शुरु-शुरुमा एउटा शब्दले कुनै मूर्त वस्तु वा वस्तु-समूहलाई मात्र जनाउँथ्यो होला। अमूर्त वस्तु, सोचाइ र चिन्तनको अभावमा तिनलाई जनाउने शब्दको आवश्यकता पनि भएन। त्योभन्दा पहिले बाँदरको जस्तै आवाज निकालेर औंलाले देखाउँदै आ-आ ऊ-ऊ गर्नुपर्थ्यो होला। अझ्ै पनि हामी आफूले नचिनेको कुनै चिज कतै देख्यौं भने ऊ त्यो भनेर देखाउँछौं।

नेपाली भाषालाई ऊ भन्ने यो एक अक्षरे शब्दले जति शायदै कुनै अर्को शब्दले गुन लगाएको होला। जस्तोसुकै नयाँ कुरा किन नहोस्, कुनै चिजको नाम नआ'स् वा बिर्सियोस्, हाम्रो बचाउको लागि ऊ सदा तत्पर रहन्छ। नेपालीमा ऊ भनेपछि जे पनि हुनसक्छ। कसैले ऊ भनेर भनिएको कुनै कुरा बुझन सकेन भने त्यो लाटो मानिन्छ। यसको बारेमा एउटा उखानै छ― ऊले भन्दा कुन्नि के ल्याउने जस्तो!

ऊ जस्तै जेलाई पनि मिल्ने शब्द अरू नभए पनि एक भन्दा बढी अर्थ लाग्ने शब्द धेरै छन्― तर, भिनाजु, कोइराला, आदि। एउटै शब्दबाट धेरै कुरा अथवा धेरै शब्दबाट एउटै कुरा जनाइनु वास्तविकता हो वा भाषाले सिर्जेको कृत्रिमता, कहिलेकाहीं ठम्याउन समेत अप्ठेरो पर्नसक्छ। जस्तो अङ्ग्रेजीका तीन शब्द क्भभ, ीययप र ध्बतअज को सट्टा हिन्दीमा एउटा शब्द देखना नै पर्याप्त छ, नेपालीमा दुई शब्द हेर्नु र देख्नु छन्। यी शब्दले इङ्गित गर्न खोजेका कुरा तीन वटा हुन्, दुई वटा हुन् वा एउटै मात्र हो? हिन्दीभाषीहरू एउटा कुरो भन्न किन अङ्ग्रेजीभाषीलाई तीन-तीन वटा शब्द चाहियो भन्ने ठान्छन् होला। अङ्ग्रेजीभाषीहरूलाई चैं तीन वटा बेग्ला-बेग्लै कुरालाई कसरी हिन्दीभाषीहरू एउटै ठान्छन् जस्तो लाग्दो होला। अर्कोतिर अङ्ग्रेजीभाषी पनि तातो र पिरो छुट्याउन नसकेर त होला, दुवैलाई ज्यत भन्छन्। अरूलाई चिया र खुर्सानी दुवैले पोल्छ, हामी नेपालीलाई जिब्रोको स्वादले चिया तातो र खुर्सानी पिरो हुन्छ।

यस्तो खोतल्दै जाँदा थुप्रै अरू कुरा पनि निस्किन्छन्। जस्तै, अरूले जापानीहरूलाई किन एउटै आवाज र का लागि दुइटा अक्षर र र ल चाहिएको होला भन्ठान्छन् होला। नेपालीभाषीलाई पनि एउटा आवाज स का लागि तीन-तीन वटा अक्षर स, ष र श चाहियो जस्तो लाग्न सक्छ। यी सबको विश्लेषण र संश्लेषण भाषाशास्त्र र विशेषज्ञका लागि उपयुक्त होला। यो त खाली एउटै शब्दले कसरी विभिन्न कुरा व्यक्त गर्न सक्दा रहेछन् भनेर छक्क पर्दै गरिएको एउटा साधारण र जिज्ञासु टिपोट मात्र हो।

यस्तै शब्दको थप एउटा रोचक उदाहरण खानु पनि हो। नेपालीमा भात (ठोस), पानी (तरल) र चुरोट
(धुवाँ) सबैलाई खानु भनिन्छ, तर अङ्ग्रेजीमा यी कुरा भन्न तीन बेग्ला-बेग्लै शब्द भ्बत, म्चष्लप र क््कयपभ चाहिन्छ भने हिन्दीमा दुइटा खाना र पिना भने पुग्छ। खानु कै कुरा गर्दा नेपालीमा ठोस, तरल र धुवाँ मात्र होइन अरू धेरै कुरा पनि खाइँदोरहेछ। सम्झ्ेका केही खाने कुरा तल पस्केको छु।

चुटाइ (पिटाइ, कुटाइ) खानु, काम खानु, घर खानु, कुरा खानु, गम खानु, सिल्टिम्मुर खानु, गरिखानु, रिन खानु, जागिर खानु, कर्म खानु, बल्ड्याङ खानु, दिन (उमेर) खानु, घुस खानु, म्वाइँ खानु, धन (सम्पत्ति, पैसा) खानु, धोका खानु, गोता खानु, गाली खानु, शपथ (किरिया) खानु, चक्कर खानु, ठक्कर खानु, हण्डर खानु, लोप्पा खानु, हावा खानु (स्वच्छ, चिसो हावाका लागि डुल्न निस्कनु), हावा खानु (असफल हुनु), मनले खानु, कमाई खानु, कपाल (टाउको) खानु, कान खानु, आँखा खानु, नुन खानु, मासु खानु, हरेस खानु, हप्की खानु, जोल्टिङ खानु, सातो खानु, फल (फलफूल वा कुनै प्रयत्नको फल) खानु, अपुताली खानु, कावा खानु (चरा/चङ्गा)।

खानु जस्तै अरू शब्द पनि छन्। जस्तै― काट्नु। रूख (घाँस) काट्नु, बाटो काट्नु (बाटो पार गर्नु), बाटो काट्नु (गन्तव्यमा पुग्ने बाटो छोट्याउनु), बाटो काट्नु (नभेटी जानु), डाँडो काट्नु, कुरा काट्नु, नाम काट्नु, पुर्जी काट्नु, टिकट काट्नु।

भाषाप्रति चासो र चाख राख्नेहरूले यस्ता र यस्तै अन्य विशेषताहरूको खोजी गरी सङ्कलन गर्न सके राम्रै हुन्छ होला।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क