|
|
||||||||
|
रमझम
अहिंसाको पक्षमा
लामो हिंसात्मक द्वन्द्वपछि गणतन्त्र आइसक्दा पनि देशमा हिंसाको शृङ्खला रोकिएको छैन। अस्पतालमा डक्टर कुटिने, कलेजमा प्राध्यापकलाई कालोमोसो दलिने, चर्चमा बम पड्किने र मन्दिरका पुजारीमाथि हातपातका घटना भइरहेका छन्। दिनहुँजसो माग र विरोधका नाममा बन्द-हड्ताल, तोडफोडका शृङ्खला जारी छन्। यही बेला आ-आफ्नो क्षेत्रमा ख्याति आर्जन गरेका सात जना चर्चित व्यक्तित्व हिंसा अन्त्यका लागि अघि सरेका छन्। हिंसा अन्त्य अभियानको आयोजनामा ३० भदौमा राजधानीमा अभियानको सुरुआत गर्दै संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, कलाकार मदनकृष्ण श्रेष्ठ-हरिवंश आचार्य (मह), अभिनेता राजेश हमाल, लेखक सीके लाल, गायक अमृत गुरुङ र गायिका आनी छोइङ डोल्मा (हे.तस्बिर) अभियानको अगुवाका रूपमा प्रस्तुत भए। विभिन्न प्रकृतिका हिंसाको मारमा निर्दोष र निरपराध नागरिक परिरहेको बताउँदै कुलचन्द्र गौतमले सबैले आ-आफ्नो ठाउँबाट आवाज उठाउन ढिला भइसकेको बताए। उनले भने “ठूला नेताले नै सबै जनतालाई हतियार दिनुपर्ने भाषण गर्दै हिँड्नु दुर्भाग्यपुर्ण हो।” सीके लालका भनाइमा नेपाली समाजमा असहिष्णुता बेपत्ताले बढेको छ, ठूलै क्षति गरिसकेको यसबाट अझ्ै खतरा छ। हिंसा नरोकिनु पीडित होइन, पीडकका लागि घातक हुन्छ। अभिनेता राजेश हमाल अन्याय सहन नहुने तर आन्दोलनका नाममा हिंसाको बाटो ठीक नहुने बताउँछन्। अहिंसात्मक आन्दोलनमा हुने जति तागत हिंसामा हँुदैन। तर अहिंसाको बाटोमा हिँड्न भरपुर शक्ति र मनोबल चाहिन्छ। विश्वसामु नेपाली एकता देखाउँदै शान्तिको सन्देश दिन जरुरी भएको हमालले बताए। कार्यक्रममा मह ले छोटो प्रहसन, आनी र अमृतले आफ्ना गीतमार्फत हिंसा त्यागेर अहिंसाको पक्षमा लाग्न आह्वान गरे। मह को भनाइ थियो, “आफ्ना आमाबुबा, छोराछोरीको जति माया हुन्छ, त्यतिकै अरूका मर्ने/मारिने छोराछोरीको पनि माया हुने सबैले बुझनुपर्छ।” हिंसा विरोध, शान्ति अठोटमा जुटेको एक नागरिक समूहको सक्रियतामा यो अभियान शुरु गरिएको हो। अभियानका सदस्यमध्येका एक सुशील प्याकुरेल भन्छन्, “राजनीतिक दल र नेताहरूमा समेत राज्यशक्तिको स्रोत जनता होइन, हिंसा हो भन्ने सोच बढेकाले अभियानको आवश्यकता महसूस गर्यौं।” कपिलवस्तु, धनगढी, जनकपुर र इलाममा जनतामाझ् पुगेर हिंसा अन्त्यका लागि सन्देश फैलाउने कार्यक्रम रहेको उनले बताए। डम्बरकृष्ण प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |