युवराज नँयाघरे |
साहित्यकार युवराज नयाँघरे र सङ्गीत अन्वेषक रामशरण दर्नाल २०६६ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत भएका छन्। मदन पुरस्कार गुठीले यी दुई पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ। नयाँघरेको निबन्ध सङ्ग्रह एक हातको ताली र दर्नाललाई नेपाली सङ्गीत, बाजागाजा संरक्षण र सम्वर्द्धनका साथै अन्वेषणमार्फत पुर्याएको योगदानको कदरस्वरुप पुरस्कारका लागि छनोट गरिएको हो।
रामशरण दर्नाल |
पुरस्कारको घोषणापछि दर्नालले भने “मेरो कामको सही मूल्याङ्कन भएकोमा खुसी छु।” आगामी दिनमा सङ्गीतका सबै कोर्ष लेख्ने उनको योजना छ। पाँच वर्ष लगाएर प्रकाशित नयाँघरेको एक हातको ताली ४० वर्षपछि मदन पुरस्कारका लागि निबन्ध विधाबाट छानिन सफल भएको छ। नेपाली साहित्यमा निबन्ध विधा पनि अरू विधासरह फड्को मार्ने उनले बताए। पुरस्कारको रकमबाट अमेरिका भ्रमण र द्वन्द्वसम्बन्धी नियात्रा प्रकाशन गर्ने उनको योजना छ। दुई-दुई लाख रुपैयाँ राशिको उक्त पुरस्कार ६ असोजमा प्रदान गरिनेछ।