हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
साहित्य
गजलको चुलिँदो लगाव
प्रकाश साय्मि

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

दक्षिण एसियाली मुलुकहरूको तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा कार्यक्रमको थालनीमा दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजीर भुट्टो, वीरेन्द्र शाह, रणसिंघे प्रेमदासा,जिग्मेसिंगे वाङचुक, मोहम्मद अब्दुल गच्चयुम आदि थिए र, गजल वाचक कुनै गायक वा कवि नभएर भारतका प्रधानमन्त्री राजीव गान्धी थिए। उनलेपाकिस्तानका शायर इकवालको गजलसँगै आफ्नो मन्तव्य दिएका थिए।

गान्धीले गजल वाचन गरेको आठ दशकअघि नै नेपालमा गजलको जन्म भइसकेको थियो भने करिब एक दशकअघि कविज्ञानुवाकर पौडेलको सक्रियतामा गजलको पुनर्जागरण भएको थियो। आज नेपालमा गजल लेख्न र गाउन थालिएको एक शताब्दीभन्दा बढी भइसकेको छ।

नेपाली जातिका प्रथम गायक सेतुराम श्रेष्ठले आफ्नै सङ्गीतमा गाएको मोतीराम भट्टको मेरा नजरमा राम प्यारा छन् लाई पहिलो नेपाली गजल मानिन्छ। यो गजल रेकर्ड भएकोे धेरै पछि मात्र अम्बर गुरुङ र भक्तराज आचार्यले आफ्नै सङ्गीतमा एक-एक वटा गजल रेकर्ड गरेको प्रामाणिक इतिहास छ। यसबाहेक नेपाली गजलको रेकर्डिङ गर्ने कर्ममा सशक्त भूमिका निर्वाह गर्ने सङ्गीतकारमा मुरलीधर, काजी सिंह, शक्तिवल्लभ र प्रवीण बराइलीको नाम अग्रस्थानमा आउँछ।

अरबी मुलुकबाट हिन्दुस्तानी भूमि हुँदै नेपाल प्रवेश गरेको गजल आजको दिनमा यहाँका युवाहरूको 'ठ-'ठमा भिजेर बसेको छ। गजलमा सबभन्दा बढी आत्मीयता नारायणगढ, नवलपरासी, भैरहवा, पोखरा, दमक, कैलाली, धनगढी, नेपालगञ्ज, जनकपुरलगायतका मोफसलका शहरमा देखिन्छ। यी सबैले आफूलाई गजलको राजधानी दाबी गर्न थालेका छन्।

राजधानीमा कठिनपूर्वक महिनामा एउटा हुने कविता गोष्ठीको तुलनामा चितवनमा महिनामा सहजै दुइटा गजल वाचन कार्यक्रम भइरहेका हुन्छन्। गत वर्षको १९ पुसमा गजलको राष्ट्रिय भेला नै सम्पन्न गरेको चितवनले गएको ३१ साउनमा अग्रगामी नेपाल र हाम्रो मझ्ेरी प्रतिष्ठानको संयुक्त आयोजनामा भव्य गजल गोष्ठी सम्पन्न गर्‍यो। जसलाई गजलगाहीहरू गजलको महाकुम्भ भन्न थालेका छन्। बिना सरकारी लगानी, बिना राजनीतिक दबाब र बिना प्रशिक्षण गजल लेखन र गायनमा राजधानी बाहिर देखिएको सक्रियताले गजलमा अदृश्य क्रान्ति ल्याएको मान्न सकिन्छ। सामान्य उत्साहको भरमा युवा शक्ति गजल विधामा आकर्षित भएकोलाई अद्वितीय नै मान्नुपर्छ।

दक्षिण एसियाली भूखण्डमा भारत, पाकिस्तान र बङ्गलादेशमा सबभन्दा बढी गजल लेखिने र गाइने भएपनि त्यहाँ महिला गजलकारको भूमिका नेपालको तुलनामा शून्य बराबर नै छ, पुस्तक प्रकाशन र सहभागिताको दृष्टिले। तर, नेपालमा महिला गजलकारमा श्रेष्ठ प्रिया पत्थर, देवकी निरौला, शीतल कादम्बिनी, मिथिला प्याकुर्‍याल, भावना तेजस्विनी, सरला जोशी, काली सरुको सक्रियता प्रशंसनीय छ।

र, परिवर्तनको यो घडीमा अरू विधामा ख्याति कमाएर राष्ट्रिय व्यक्तित्व भइसकेका स्रष्टा समेत गजलमा पुनः सक्रिय हुन थालेको उदाहरण प्रेमविनोद नन्दन, भीम विराग, भूपीन व्याकुल, सरुभक्तमा पाउन सकिन्छ। त्यस्तै, गजलमै समर्पित भएर राजधानी बाहिर गजलको राजधानी बनाउन बूँद राना, घनश्याम न्यौपाने परिश्रमी, किसान प्रेमी, पुष्प अधिकारी, गोविन्दराज विनोदी, केशवराज आमोदी, धनराज गिरी, प्रकट पगेनी, केशव आचार्य, प्रकाश आङदम्बे, धीरज त्रिवेणीलगायतका स्रष्टाहरू सतत क्रियाशील छन्। गजलका नाममा हरेक शहरमा तीन चारवटा साहित्यिक संस्था स्थापित भएका छन्। तिनमा सबभन्दा बढी युवाहरूको सहभागिता नै देखिन्छ।

गजलले लिएको यो छलाङमा स्थानीय एफएमको महत्वपूर्ण भूमिका छ। मोफसलका प्रायः सबै एफएममा गजलकेन्द्रित कार्यक्रमले व्यापकता पाएको छ। यति हुँदाहुँदै पनि विषादको कुरा के छ भने राजधानीबाट प्रकाशित हुने साहित्यिक पत्रिका तथा राष्ट्रिय सञ्चारमाध्यमहरूले गजललाई उतिसारो महत्व दिनसकेका छैनन्। आयातीत विधा भनिए पनि मुलुकभरि गजलले पाएको ख्याति र प्रशस्तिले सरकार र प्रज्ञा-प्रतिष्ठानलाई मात्र होइन, आफूकहाँ ठाउँ नदिने ठूला सञ्चारमाध्यमहरूलाई पनि चुनौती दिएका छन्।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क