|
|
||||||||
|
साहित्य
कम्युनिष्ट
आन्विका गिरी
कथा
म कम्युनिष्ट बनूँ, उसको चाहना यत्ति थियो! मैले कस्तो लुगा लाए सुहाउँछ, कस्तो कपाल काट्नुपर्छ, दाह्री राख्न हुन्छ/हुन्न, कुन स्याम्पू लगाउनुपर्छ― यस्ता कुरा कहिल्यै भनिन। उसले मलाई सारै आग्रह गरेर एउटै कुरा भनी, “तपाईं कम्युनिष्ट बन्नुस् न है!” मैले पनि कहिल्यै उसलाई म तपाईंलाई प्रेम गर्छु भनिनँ। मैले भनेको यत्ति हो, “तपाईं मलाई राम्री लाग्छ।” मलाई एउटी महिला मा'वादीको बारेमा विस्तृत रिपोर्ट गर्नुथियो। केन्द्रबाट उसकै नाम सिफारिस गरियो र म उसलाई भेट्न खोटाङको चुइचुम्बा पुगें। ऊ त्यति राम्री थिइन― थेप्चो नाक, स-साना आँखा, ढ्याब्रे 'ठ! जिङरिङ्ग कपाल! काली हुन्थी भने डरलाग्दी हुन्थी, गोरी भएकीले तर्साउली जस्ती चाहिँ थिइन। मेरो पनि नाकनक्सा खास मिलेको त होइन, तैपनि नाक उसको भन्दा अलि उठेको थियो, आँखाहरू अलि ठूला थिए र 'ठहरू अस्वाभाविक देखिने गरी ढ्याब्रे थिएनन्। छालाको रङ पनि उसकै झ्ैँ थियो, सेतो भने हुने। म सफाचट थिएँ। उसले पढेकी थिई, बीएसम्म! त्यसैले पनि पार्टीले उसको नाम सिफारिस गरेको होला। पहिलो भेटमा उसले दह्रो गरी हात समाई, मैले अप्ठेरो मानें। कम्युनिष्ट हात मिलाई मलाई निको लाग्दैनथ्यो! ऊ पनि मुस्कुराई र दोहोर्याई, “हल्का!” कमरेड लालसँग उसको भेट दुई वर्ष अगाडि भएको थियो। लाल कैलालीका थिए। उनीहरूबीच प्रेम थियो। “कसले राख्यो प्रस्ताव?” “खोई थाहा भएन” मतिर हेर्दै भनी, “कमरेड लाल दुई महिनाका लागि इलाम जानुभएको थियो, पत्रमा उहाँले हाम्रो प्रेम अमर छ भनेर लेख्नुभयो।” “त्यसरी नि प्रेम हुन्छ?” म उसको शब्दमा पूँजीपति वर्गमा पर्थें। केही समयको लागि गएको हुनाले मैले ऊसँग खास वादविवाद गरिनँ। जति तर्क गरे पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, मा' उसका लागि महान् थिए भने मेरा लागि हत्यारा मात्र। “जुन दिन तपार्इंले वर्गका कुरा बुझनुहुनेछ, अनि यी सबै तपाईंलाई हिरो लाग्नेछन्। बुझनु भो!” उसले भनी। “कमरेड लाल देश र जनताको लागि मर्नुभयो। मलाई उहाँप्रति गर्व छ। तर तपाईं, न कसैका लागि बाँच्नुभयो न मर्नुहुनेछ। तपाईंको जीवन बेकारमा खेर गएकोमा मलाई दुःख लाग्नेछ”, उसले पर हेर्दै भनी। त्यसपछि उसले फोन गरिन। चाहेमा गर्न सक्थी, तर नगरेपछि मैले नै उसलाई चिठी लेखेँ। उसले कुनै एक व्यक्तिको ठेगाना दिएकी थिई, जसले केही समय लाग्ने भए पनि चिठी पुर्याइदिन्थे। मेरा चिठीहरूमा शहरका अपडेटहरू हुन्थे, तर उसले कुनैको जवाफ पठाइन। मैले अन्तिम पत्रमा लेखंे, “तपाईंको मप्रति केही आग्रह भए भन्नुस् है!” दोस्रो वार्ता चलिरहेको बेला उसको एउटा पत्र आयो। “कमरेड, तपाईंका कुनै पत्रको मैले जवाफ पठाइनँ। यो पत्र पनि लेख्दिनथें, तपाईंप्रतिको मेरो आग्रहको प्रश्न नगर्नुभएको भए! मेरो एउटै आग्रह छ तपाईंसँग, कम्युनिष्ट बन्नुस् है! हामीले हाम्रो राष्ट्रलाई सामन्ति राजतन्त्रबाट र भारतीय विस्तारवाद तथा समग्र साम्राज्यवादबाट मुक्त पार्नै पर्छ। यत्ति हो, अरू मेरो कुनै आग्रह छैन”, उसले लेखेर पठाएकी यत्ति हो। चिठीको मुन्तिर, रातो सलाम पनि लेखेकी थिई। म त्यसपछि मार्क्सवाद पढ्न थालें, लेनिन पढें, स्टालिन र मा'हरू पढें। गोर्की पढें, युवाका गीतहरू पढें। उसका शब्दहरू सम्झ्िएँ, तर लाग्यो कम्युनिष्ट बन्न सक्दिनँ। उसले फेरि फोन गरेर ढाडमा समस्या भएकाले उपचार गराउन काठमाडौं आउने कुरा सुनाई। हामीले पुतलीसडक चोकको एउटा सानो चियापसलमा भेट्यौं। ऊ अलि दुब्लाएकी थिई। नजिकका केही साथीहरूलाई भनेको थिएँ, तर ऊ फेरि पत्रिकामा आउन चाहन्नथी। भनी, “पार्टीलाई सोध्नुपर्छ।” धेरै कुरा भएनन्। मैले “अब के होला?” भनेर सोधेँ। उसले सूचना त तपाईंहरूसँग पो हुन्छ भनेर जवाफ फर्काई। छुट्टिनेबेलामा उसले एउटा प्लाष्टिकको पोको दिई, “तपाईंको लागि, मैले काठमाडौंमा यही नै एउटा उपहार भेटें!” दोस्रो वार्ता भङ्ग भयो। संविधानसभामा कुरा मिलेन भनेर बाहिर प्रचार भयो, भित्र के भएको थियो थाहा भएन। केही दिनपछि साथीलाई भनें, “यार मलाई त्यो केटीसँग प्रेम भयो!” “त्यो केटीले तँलाई मन पराउँछे क्या!” साथीले फेरि भन्यो। उसले फोन गरेकी थिई, चिठीको पनि जवाफ दिएकी थिई। मैले “तपाईं मलाई राम्री लाग्छ” भनेर लेखेको थिएँ, जवाफको आशा पनि गरेको थिइनँ। मनमा कुरा गुम्स्याएर नराख्न उसैले भनेकी थिई, “हाम्रो मृत्युको ठेगान हुन्न, कतिबेला मरिने हो!” बिदाको दिन थियो, घरमा लाइन थिएन। म लेनिनको राज्य र क्रान्ति पढ्दै थिएँ। साथी आएर ढोकामा उभियो। “किन शिर झ्ुकाएर भनिस्, शिर उठाएर भन् न― ऊ शहीद भइछ”, मैले कडा स्वरमा भनें। “तँ कम्युनिष्ट भइछस् यार!” उसले मेरो काँधमा धाप मार्दै भन्यो। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |