|
|
||||||||
|
साहित्य
रिटर्न टिकट
राजव
कथा
“घमाइलो दिन भर्खर हो शुरु हुन थालेको”, छोरोले भन्यो। “हैन बुबा, त्यस्तो आत्तिनुपर्दैन। अब जाडो हुँदैन। अप्रिल लागेपछि त चिसो घट्न थालिहाल्यो नि।” “काठमाडांैमा पनि चैत-वैशाखदेखिकै मौसम प्यारो लाग्छ। कात्तिक कटेपछिका चिसा दिन मलाई कहिल्यै मनपरेन।” “जूनदेखि त चारैतिर हरियोपरियो र फूलैफूल देखिनेछ बुबा”, यसरी भावी मौसमबारे मलाई आश्वस्त पार्न खोज्दै छोरोले भन्यो। त्यस बिहान हामी चाँडै बिउँझ्िएर सडकमा 'र्लियौँ। सूर्य शहरका गगनोन्मुखी दैत्यभवनभन्दा अझ्ै तलै देखिन्थ्यो। घामका कलिला किरणले ती भवनका शिशाहरू आल्हादक रूपमा टल्किरहेका थिए। हामी फूटपाथमा अनौठो पाइला चाल्दै थियौँ। सडकमा बाहनका गतिहरूको अटुट 'इरो लाग्न थालेको थियो। म भित्रभित्रै पुलकित भइरहेको थिएँ। तर, मेरी श्रीमती मजत्तिको रमाउन सकिरहेकी थिइन। उसलाई अझ्ै छोरोको कुरोको ह्याङ्ग'भरले छोडेको थिएन। नेपालमै भन्दै थिईः “जानुस् तपाईं मात्रै।” वास्तवमा मेरै करबल र सम्झ्ाइबुझ्ाइले ऊ आउन राजी भएकी हो। उसको हिसाबले त एक, दुई, तीन नआउनेमा थिई। उसले मलाई रन्केर र सन्केर भनेकी थिईः “म एक जान्न, दुई जान्न, तीन जान्न ...।” ६ वर्षअगाडि छोरो पढ्न अमेरिका उडेको थियो। ऊ पीएचडी गर्न यता आएको थियो।जुन विश्वविद्यालयमा फेलो थियो, त्यहीँ प्रोफेसर पनि भयो। बिहे पनि यतै गर्यो। ऊ नेपाल फर्किएला र उसको बिहे गरिदिउँला भन्ठानेको थिएँ। मेरी श्रीमतीले त केटी खोजी, रोजी पनि गरिसकेकी थिई। तर, हामी दुवैको योजना र सोच विपरितको कुरो उसले एकदिन फोनमा पोख्यो। त्यस दिनदेखि रन्थनिएकी मेरी श्रीमती शान्त हुनसकेकी थिइन। उग्र असन्तुष्टि र दुःखी मन बोकेरै ऊ मसँग अमेरिका उडी। त्यसकारण त्यस बिहान पहिलो पटक देखिएको अधुनातन अमेरिकी नगरको वैभवपूर्ण स्वरुपले पनि उसको अनुहार रमाएन। छोरोको बिहे नेपालमा धुमधामसँग गरौँला भन्ने थियो उसलाई। उसले आफ्नै रुचि र विचारकी केटी छानेकी थिई। मैले पनि सहमति दिएको थिएँ। त्यो सहमतिमा ल्याप्चे लाउन हामी छोरो अमेरिकाबाट फर्किने दिन कुरिरहेका थियौँ। तर, छोरोले दुई महिनागाडि फोन गरेर हाम्रो आशमा धक्का दिँदै भन्योः “यस पटक पनि नेपाल आउन सक्दिनँ, विश्वविद्यालयमा भर्खर जागिर लागेको छ।” “अनि कहिले आउँछस् त?” हामीले सोधेका थियौँ। तर, उसले लटरपटर जवाफ दिँदै भन्यो, “अर्को साल हेरौँला।” तर उसले केटी त अमेरिकामै ठीक पारेको रेछ। त्यो भेद खुलस्त हुनुअगाडिको एउटा फोनमा उसले भनेको थियोः “बुबा तपाईंहरूलाई अमेरिका आउन भिसाको लागि म चिठी पठाउँदैछु, हुन्न?” उसले हामीलाई अमेरिका डाकिदिए र घुमाइदिए हुन्थ्यो भन्ने आश त हामीले पनि पालिरहेका थियौँ, मुख फोर्न मात्र सकेका थिएनौँ। तर, त्यस दिन उसैले एकाएक त्यसो भनेपछि हामी बूढाबूढी पुलकित नहुने कुरै थिएन। हामीले भनिहाल्यौँः “हुन्छ, कहिले पठाउँदै छस्?” “पर्सि त्यता आउने मान्छे भेटेको छु, उसैको हात पठाइदिन्छु।” हाम्रो लागि त्यस्तो विशेष के कार्यक्रम राखेछ भन्ने जिज्ञासाले मैले हत्तपत्त सोधेको थिएँः “के कार्यक्रम बाबु?” त्यसपछि उसले तीन-चार दिन फोन गरेन। उसको कन्थो सबै उसको भाइले सुनायो। कान्छो छोरोबाट ठूलोको सारा वृत्तान्त सुन्नेवित्तिकै उसकी आमा आगो भइहाली। उसलाई निभाउन मलाई हम्मे पर्यो। मैले उसलाई भनेको थिएँः “छोराछोरीमाथि जबर्जस्ती गर्ने जमाना छैन। आफ्नो खुशी र भविष्यको हिफाजत गर्ने काम उनीहरूकै हो। मनपराएकी केटी बिहे गर्छ भने गरोस्। नगर भने पनि गर्छ, बरु भनेर हाम्रो इज्जत राखिदियो। त्यसकारण चुप लाग्नु नै बेस।” वास्तवमा उसको रुने, रिसाउने र घुर्क्याउने क्रम जारी थियो। म यात्राको लागि गर्नुपर्ने काम गर्दै, दैनिक उसलाई सम्झ्ाउँदै पनि थिएँ। उसले आफ्नै विश्वविद्यालयमा पढेकी केटी रोजेको रेछ। केटी एमबीए गर्दै रेछे। भेटघाट, चिनापर्ची, आवतजावत, प्रेमजस्ता शब्दहरूसँग उनीहरू जोडिएछन्। र, बिहे पनि गर्ने भएपछि हामीलाई खबर गरेछन्। मन्दिरमा पुगेपछि हामीले दुलही पक्षकालाई अढाइ घण्टा कुर्नु पर्यो। दुलहीसहित उनीहरू त्यही बिहान शिकागोबाट युनाइटेड एअरलाइन्सको प्लेनमा आउँदैथिए। एअरपोर्टमा 'र्लिएपछि उनीहरूले हामीलाई फोन गरेर अब एक घण्टामा आइपुग्नेछौँ भनेका थिए। तर, त्यसो भनेको डेढ घण्टापछि मात्र आइपुगे। कुराइको त्यो लम्बाइले मेरी श्रीमती भित्रभित्रै झ्न् चिढिएकी थिई, तर भन्न केही सकिरहेकी थिइन। एक घण्टा त उसले मन्दिरमा भएका १२-१३ देउता घुम्दै र नमस्कार गर्दै बिताई। त्यसपछिको बाँकी समय ऊ बर्बराई नै रही। मैले उसलाई त्यसरी धेरै नफतफताउन सम्झ्ाई नै रहेँ। उसको फतफत छोरोका साथीले सुन्लान् भनेर मैले उसलाई पटक, पटक मन्दिरको बगैँचातिर लगेको थिएँ। हामीलाई त्यसरी कुराएर दुलहीसहितको १० जनाको जत्था साढेबाह्र बजे आइपुग्यो। उनीहरूमध्ये कसैले मेरो छोरोलाई नमस्कार गर्दै भनेको थियोः “एअरपोर्टबाट सीधै हान्निएका हौँ, तर जामले गर्दा एकनासको स्पिडमा आउन सकेनौँ। बीच-बीचमा फँस्दै आउन पर्यो।” ढिला हुनुको कारण भन्ने र कुराएकोमा क्षमा माग्ने काम सकिएपछि परिचयको कार्यक्रम शुरु भएको थियो। सबभन्दा पहिले दुलहीलाई अघि सार्दै मामा पर्नेले भन्योः “यी बेहुली मेरी भान्जी।” त्यसपछि अलि लाज मान्दै मेरो छोरोले हामी बूढाबूढीलाई देखाउँदै बेहुलीलाई भन्योः “ड्याडी, मम्मी ...।” छोरोले पनि दुलहीबाहेक अरूलाई चिनेको रहेनछ। त्यसकारण सबैसँग क्रमशः परिचयको सिलसिला चल्यो। केटीका बाबुआमा केही कारणले आउन पाएनछन्। त्यसकारण गार्जियनसमेतको जिम्मेवारी त्यही मामा पर्ने शिवप्रसाद जटायुले लिएको रहेछ। केटीको तर्फबाट आएकामध्ये तीन आईमाई र सात पुरुष थिए। परिचयको कार्यक्रम सकिएपछि हामी सब मन्दिरभित्र पस्यौँ। आईमाईको ग्रुप चाहिँ दुलही लिएर मन्दिरभित्रको अर्को कोठाभित्र गयो। हामी पुरुषहरू चाहिँ मन्दिरको विशाल भूतल कक्षमा 'र्लियौँ। त्यहाँ रेडिमेड विवाहमण्डप रहेछ। दुलाहादुलही पक्षका सब त्यही मण्डप वरिपरि राखिएका कुर्सीमा बस्यौँ र कल्याङमल्याङ गर्न थाल्यौँ। लगभग ३५ मिनेटपछि बनारसी सारी, चोलो, घुम्टो र गहनाहरूमा सिँगारिएकी दुलहीलाई लिएर महिलाहरू पनि 'र्लिए र दुलहीलाई मण्डपको चकटीमा लगेर बसाए। मण्डपमा भारतीय बाहुन विधिविधान पूरा गरेर मन्त्र जप्दै थियो। दुलही प्रकट भएपछि उसले दुलाहालाई पनि डाक्यो। दुवै दुलाहादुलही मण्डपमा बसेपछि हामी पनि कुर्सी सार्दै घेर्न पुग्यौँ। दुलाहादुलही जग्गे (मण्डप) मा बसेको लगभग २० मिनेटभित्र बिहे सम्पन्न भयो। बाहुनलाई त्यही समयभित्र सक्न भनिएको थियो। त्यसकारण उसले व्यावसायिक चातुर्यका साथ द्रूतगतिमा विवाहविधान पूरा गरिदियो। मेरी श्रीमती यो सब गतिविधि जिल परेर हेरिरहेकी थिई। जग्गेबाट उठेपछि बुहारीले आएर खुट्टामा ढोग्न टाउको निहुराउन खोजेझ्ैँ गरेकी थिई, तर उसले भैगो भन्दै आशीर्वाद मात्र दिई। बिहेको विधान सकिएपछि हामी भूतल कक्षकै डाइनिङ्ग हलभित्र पस्यौँ। त्यहाँ तोस्कन नामक इटालियन रेस्टुरेन्टको क्याटरिङ्ग सर्भिसबाट राखिएका १५-१६ परिकार थिए। हामी तिनै परिकार प्लेटमा टिप्दै खान थाल्यौँ। खाउन्जेल मेरी श्रीमती बुहारीसँग गफ गरिरहेकी थिई। त्यसपछि बुहारी छोरोसँग एउटा कुनातिर लागेर गफ गर्न थाली। हामी उनीहरूलाई छोडेर माथि मन्दिर परिसरमा उक्ल्यौँर कुर्न थाल्यौँ। दश-आठ मिनेटपछि उनीहरू आएर बुहारीलाई त्यतै छोडेर छोरो हामी भएतिर आयो। बुहारी र अन्य महिला मन्दिर परिसरको पहिलेकै सिँगारिएको कोठाभित्र पसे। त्यसपछि बुहारीको मामा पर्ने उही शिवप्रसाद जटायुले मनजिक आएर गफिन खोज्दै भन्योः पार्किङ लटबाट बिहेमा आएका कारहरू धमाधम सडकमा निस्कन थाले। म आफू चढेको कारको शिशाबाट निकै अगाडि हुँइकिएको दुलही चढेको हरियो कार अनायास च्याउन थालेछु। मेरो त्यो दृष्टि नियाल्दै छोरोले भन्योः “भोलि बिहानै उसले अफिसको महत्वपूर्ण मिटिङ एटेण्ड गर्नुपर्ने रहेछ बुबा, त्यसकारण बिहेको साइत छोप्न मात्र रिटर्न टिकट लिएर आएकी रेछे। फ्लाइट चार बजेकै भएकोले पनि फर्कन हतारो भयो, नत्र ...” अगाडि ड्राइभर सिटमा बसेर उसको साथी कार तीब्र गतिमा चलाइरहेको थियो। कार आठ लेनको व्यस्त हाइवेको देब्रे लेनमा कुदिरहेको थियो। म केही नबोली झयालबाहिर अरू कारका गति हेरिरहेको थिएँ। मलाई बोल्नु आवश्यक पनि थिएन। मेरो मौनको अर्थ लखकाट्न खोज्दै छोरोले भनेको थियोः “के गर्ने बुबा व्यस्त हुनुपर्ने जब छ उसको, ऊ आएपछि बुबामम्मीलाई लिएर हवाइ घुम्न जाने प्लान छ हाम्रो।” तर म चुप नै रहिरहेँ। ऊ मैले केही बोलिदिए हुन्थ्यो जस्तो गरिरहेको थियोर त्यही हिसाबले बोलिरहेको थियो। वास्तवमा म भित्रभित्रै ऊप्रति अगाध मायाले भरिन थालेको थिएँ। तर, मेरी श्रीमतीले अचानक त्यो पोखिदिईः हालः अमेरिका प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |