|
|
||||||||
|
रिपोर्ट
बिदा मनाउन सिकौं
विभिन्न समुदायको पहिचानको 'सिम्बोल'मा सीमित सार्वजनिक बिदाको उपयोग कामकाजी व्यक्तिलाई 'फ्रेस' बनाउने गरी भइरहेको छैन।
जवाफ दिने पालो नआस् भन्ने लाग्दालाग्दै पनि बोल्नुपर्थ्यो। सबैसँग प्रायः एकै किसिमको जवाफ हुन्थ्यो, घरमै बसेर गफ गरेँ, टिभी हेरेँ, तास खेलेँे, किताब पढेँ आदि। अर्को सोमबार फेरि त्यही दोहोर्याउँथ्यौँ। भर्खरै नेपाल आएका ती बेलायती शिक्षकले आश्चर्य मान्दै सोधे, “हैन नेपालीहरूलाई बिदा चाहिँदैन? फ्रेस हुनुपर्दैन?” मैले झ्ट्टप्रधानमन्त्री माधवकुमार नेपालले भनेको सम्झ्िएँ। “आइतबारदेखि शुक्रबारसम्म मलाई पत्रिका पढ्ने पनि फुर्सद हुन्न। शनिबार कार्यकर्तामाझ् पुग्दा ऊर्जावान् महसूस गर्छु।” अर्थात् प्रधानमन्त्रीलाई फुर्सदै हुन्न। एक दिन बिदा, त्यो पनि कार्यकर्तामाझ् बिताउनुपर्ने। बिदा मनाउने मामिलामा उदार देखिने एनेकपा मावादी अध्यक्ष पुष्पकमल दाहाल पनि छुट्टी मनाएर नयाँ दिनदेखि फ्रेस हुनबिदा बसेको थाहा छैन। तैपनि राजनीतिक तनाव छल्न उनी कुनैबेला झ्ट्ट कतै निस्कने गर्छन्। काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला पटक-पटक गृहनगर विराटनगर गइरहन्छन्। छुट्टी मनाउन विराटनगर गएको अनुमान गरिए पनि त्यस क्रममा व्यक्त उनका कुराले मुलुकको राजनीतिलाई तरङ्गित पारिदिन्छ। जानकारहरूको भनाइमा गृहनगर पुगेपछि कोइराला फ्रेस महसूस गर्छन्। व्यस्त राजनीतिक भेटघाटले विराटनगर बसाइँ कुनै पनि अर्थमा बिदा मनाउने जस्तो देखिँदैन। यी उदाहरणबाट पनि स्पष्ट हुन्छ, नेपालमा बिदा मनाउने चलन छैन। कृषिमा आधारित अर्थतन्त्रका कारण मुलुकको ठूलो श्रमशक्तिलाई सार्वजनिक बिदाको वास्तै हुन्न। एउटा किसानलाई असारमा पानी पर्छ/पर्दैन वा मङ्सिरमा धान कसरी भित्र्याउने भन्ने मात्रै ध्याउन्न हुन्छ। अर्थात् नेपालमा सार्वजनिक बिदाको उपयोग गर्ने जमात सानो छ। निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, व्यापारी, व्यवसायी, एनजीकर्मी जस्ता सीमित व्यक्तिहरूका लागि मात्रै बिदाको व्यावहारिक महत्व हुन्छ। त्यसमा पनि शहरी क्षेत्रमा मात्र सार्वजनिक बिदाको प्रभाव देख्न पाइन्छ। शहरमा गाडी थोरै गुड्ने, घुम्न जाने, खानपिनका लागि बाहिर जाने, अनौपचारिक काममा संलग्न हुने जस्ता कामले बिदाको जनाउ दिए पनि विकट गाउँमा शनिबार न बुधबार केही फरक पर्दैन। जो नेपालको ठूलो जनसङ्ख्या र भूगोलको नियति हो। बिदाको महत्व बुझने ठानिएका शहरियाहरूले पनि यसको प्रभावकारी उपयोग गर्न सकेका छैनन्। धेरैका लागि आफ्नो काम गर्ने, पढ्ने, भेटघाट, तास खेल्ने, टिभी हेर्ने आदि गरेर छुट्टीको दिन बित्ने गर्छ। महिलाका लागि त बिदा भनेको पीडै हो, झ्न् बढी काम गर्नुपर्छ। बिदाका दिनमा पनि कष्टकर शारीरिक वा मानसिक काम गरिरहनुलाई पश्चिमा मान्यतामा बिदा नै भनिँदैन। राजधानीका सरकारी कलेजहरूमा शनिबार भेटिने राजनीतिक दलका नेताहरूको बुझ्ाइमा बिदा भनेकै भाषण कार्यक्रम हो। पश्चिमा मुलुकमा बिदालाई रमाइलो गरी मनाउने चलन छ। बिदा मनाइसकेपछि काममा फर्कंदा उनीहरू फूर्तिलो महसूस गर्छन्। त्यसैले बाराक र मिसेल बामा समुन्द्रीतटमा रमाइरहेको तस्बिरलाई नकारात्मक रूपमा प्रस्तुत गरिन्न। बरु एउटा आवश्यकताको रूपमा बुझ्िन्छ। नेपालमा लोकतन्त्रपछि सार्वजनिक बिदा बढेर ४७ दिन पुगेको छ। त्यसमा ५२ शनिबार समेत जोड्दा ९९ दिन पुग्छ। जातजाति र पर्वका नाममा यस वर्ष करिब २० दिन बिदा थपिएको छ। यति धेरै बिदाको पनि सरकारी कर्मचारीलाई वास्तै हुन्न। तर वर्क कल्चरको विकास नभएकोले यहाँ व्यवहारमा सधैँ बिदा ठानिन्छ, हाटा (हाजिर गरेर टाप ठोक्ने) गरेर। तसर्थ ऊ फ्रेस भए पनि केही उपलब्धि हासिल हुन सम्भव छैन। आईएल कन्भेन्सन र नेपालका कतिपय कानूनले बिदाको कानूनी हैसियत निर्धारण गर्छन्। तर हामीकहाँ अहिले पहिचानको राजनीतिका लागि बिदालाई सिम्बोल बनाउन थालिएको छ। समाजका सीमित वर्गको स्वार्थका लागिबिदालाई राजनीतिमा प्रयोग गर्नेहरूले बुझनुपर्छ बिदाको सम्बन्ध आर्थिक हैसियतसँग हुन्छ। सर्वसाधारणले बिदा मनाउन सक्ने अवस्था नभएसम्म जात, धर्म र क्षेत्रका नाममा जति बिदा दिए पनि त्यसको व्यावहारिक प्रतिफल प्राप्त हुन्न। सप्ताहान्त अर्थात् बिकिण्ड को अर्थ हो काम नगर्ने दिन। नजदिकीहरूले भने अनुसार, डा. हर्क गुरुङ भन्ने गर्थे रे “शनिबार मलाई कार्यक्रममा नबोलाऊ। बिदा मनाउन सिकौँ।” अर्थात् हामी पनि यसपटकको दशैँबाट बिदा मनाउन सिकौँ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |