हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
आवरण
सम्बन्धले बनाएको पहिचान
नेपाली समाजको असल पक्ष परिवार र नातागोताबीचको सम्बन्धबाटै शहरका आफन्तको घरमा बसेर पढेका गाउँका कैयौं युवाले अलग्गै पहिचान बनाएका छन्। रामजी दाहाल को रिपोर्ट

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मीनरत्न बज्राचार्य
काका-काकीका साथ डा. चक्रराज पाण्डे। यही घरमा बसेर पाण्डेले एसएलसीसम्मको अध्ययन गरेका थिए।
आजको नेपाली समाजमा स्थापित धेरैजसो प्रतिभाशाली व्यक्तिहरू कुनैबेला गाउँबाट सपनाको पोको बोकेर शहर झ्रेका थिए। सपनाका भरमा यिनले कसरी सफलताको सिँढी चढे होलान्? आखिर, त्यो कुन पुल थियो; जसले गाउँको सपनालाई राजधानीको आकाशमा चङ्गासरी माथि-माथि उडाउने धागोको काम गर्‍यो?

त्यो धागो थियो, परिवार र नाता-सम्बन्धको। यो त्यो बेलाको कुरा हो जब राजधानीको शोभा केही ठूला शैक्षिक संस्थाहरूमा मात्र टिकेको थियो। टाढा-टाढाका विद्यार्थी रानीपोखरीछेउको संस्कृत विद्यालयमा पढ्न आउँथे। मौका मिले यी विद्यार्थीले तीनधारा संस्कृत छात्राबासमा त लाग्न पाउँथे। हुनेखाने आफैं गाँसबासको व्यवस्था गरेर पढ्थे। तर, दुर्गमवासी र आफैं आफ्नो व्यवस्था गर्न नसक्नेका लागि एउटै विकल्प थियो, आफन्तको घर वा डेरामा बस्ने। काङ्ग्रेस नेता अर्जुननरसिं केसी, पत्रकार युवराज घिमिरे, डाक्टर चक्रराज पाण्डे र प्रहरी नायव उपरीक्षक (डीएसपी) गीता उप्रेती यस्तै केही उदाहरण हुन्। जसले आफन्तको घरमा बसेर शिक्षा लिँदै आ-आफ्नो क्षेत्रमा स्थापित हुनसके।

केसीले काठमाडौं कालधाराको फुपूको घरमा बसेर शान्ति विद्यागृहमा कक्षा ७ देखि पढे र एसएलसी पास गरे। २०२९ सालतिर चितवनबाट पढ्न काठमाडौं आएका युवराज घिमिरेले लैनचौरको मामाघरमा बसेर आइएस्सी पास गरे। एसएसली पास गरेर वि.सं. २०३९ मा राजधानी झ्रेकी गीता उप्रेतीले हाँडीगाउँको दिदीको घरमा बसेर बीएसम्म पढिन्। सिन्धुपाल्चोकबाट २०२७ सालतिर बानेश्वरमा काका ठाकुरप्रसाद पाण्डेको घरमा बसेर डा. चक्रराज पाण्डेले एसएलसी गरेका हुन्।

दिदी रमाका साथ डीएसपी गीता उप्रेती।
यी चारै जना आफन्तको सहयोग नभएको भए अहिलेको सफलता पाइने थियो भन्ने ठान्दैनन्। नेपाली समाज व्यवस्था र परम्परा नै त्यो तत्व थियो, जसले यिनको सफलतामा सिँढीको काम गर्‍यो। अहिले माथि पुगेर हेर्दा पनि यी सबैजना आफन्तले लगाइदिएको त्यो भर्‍याङ स्पष्ट देख्छन्।

फुपूको घरमा बसेर पढ्दादेखि नै नेता केसीमा राजनीतिक चेतना आएको थियो। उनी शान्ति विद्यागृहमा कक्षा ९ मा पढ्दा विद्यार्थी युनियनको महासचिव थिए भने १० कक्षा पढ्दा अध्यक्ष। स्कूलको यो सक्रियताले पनि उनको राजनीतिमा बल मिलेको थियो। फुपूको घरमा बसेर पढ्ने मौका नपाएको भए? उनी भन्छन्, “विकल्पहरू हुन्थे होला, तर राजनीतिमा आउन चाहिँ दिदीको घरको बसाइले सहयोग पुर्‍यायो।”

पारिवारिक सहयोगको भावनाले नै गीता उप्रेती डीएसपी बन्न सकेकी हुन्। दिदीको घरमा आएर पढ्ने वातावरण नभएको भए उनी आज कहाँ हुन्थिन् होला? “एसएलसीपछि छोरी हुर्की भनेर विवाहका थुप्रै प्रस्ताव आएका थिए”, उनी भन्छिन्, “त्यतिबेलै विवाह भएको भए आज गाउँमा पढाइरहेकी हुन्थें होला।”

डा. पाण्डे काकाको घरमा बसेर नपढेको भए यतिबेला बिरामीको सेवामा देखिँदैनथे होला। “के हुन्थ्यो भन्न गाह्रो छ”, उनी भन्छन्, “अर्कै बाटो पो समात्थें कि?” जीवनको सङ्घर्षमा काकाको संरक्षण पहिलो खुट्किलो बनेको डा. पाण्डेको ठम्याइ छ। पत्रकार घिमिरे काठमाडौंमा स्नातक गरेर थप अध्ययनका लागि पटना गएका थिए। उतैबाट उनको पत्रकारिता यात्रा शुरु भयो।

तीता-मीठा अनुभव
आफन्तसँग लामो समय बस्दा बेलाबेलामा मनमुटाव नहुने होइन। तर, आफन्तको सहयोगको तुलनामा यो निकै सानो लाग्छ। काङ्ग्रेस नेता केसी भन्छन्, “बाआमासँग अलग भएर बस्नुपर्दा र मनखुशी गर्न नपाउँदा कहिलेकाहीँ नरमाइलो लाग्थ्यो, तर ठूलै समस्या भएको सम्झ्ना छैन।”

डा. पाण्डे परिवार चलाउने सीपदेखि मिलेर काम गर्ने ज्ञान आफूले काकासँगै सिकेको बताउँछन्। डीएसपी उप्रेती दिदीको घरमा बस्दा सामान्य विवाद भए पनि ठूलो मतभेद नभएको बताउँछिन्। यी प्रतिनिधिहरूसँग तीता अनुभव कम छन्।
छोराछोरीलाई संरक्षकको रेखदेखमा राख्ने अभिभावकको चाहना हुन्छ। रेखदेखमा राख्दा बच्चा नबिग्रने र पढाइ पनि राम्रो हुने भएकोले सम्भव भएसम्म आफन्तकै जिम्मा लगाउने चलन छ। यो जिम्मालाई आफन्तले भनिसकेपछि नाइँ भन्न नसक्नेहरूले बाध्यात्मक रूपमा लिन्छन् भने कतिपयले उनीहरूलाई पढाउनु आफ्नो दायित्व सम्झ्न्छन्।

फुपूको घर (बिक्री भइसकेको) मा स्कूले साथीका साथ काङ्ग्रेस नेता अर्जुननरसिं के.सी.।
बाध्यतावश राख्ने आफन्तले गाउँबाट सहयोगको आश पनि राख्छन्। आफू पढ्न बसेका बेला घरबाट बेलाबेला चामल, दाल, दही, केरा पठाउने गरेको डा. पाण्डे स्मरण गर्छन्। काकाको गाउँको अन्नबालीको जिम्मा पनि पाण्डेका पितामै थियो। यसकारण आफ्नो दायित्व सम्झ्ेर पनि काकाले उनलाई घरमा राखेर पढाएका हुन्।

घरको न्यास्रो
“दशैं र जाडो बिदामा घर जाँदा काठमाडौं फर्किन मन लाग्थेन”, केसीले सुनाए। उनलाई मात्र होइन, पाण्डे र उप्रेतीलाई पनि बेलाबेला घरको न्यास्रो लाग्थ्यो। “तर, यसको अर्थ यता कुनै स्नेह थिएन भन्ने होइन”, केसी भन्छन्। पत्रकार घिमिरेसँग भने मन कुँडिएको कुनै अनुभव छैन।

काठमाडौं आएर पढ्ने कुरामा केसी, पाण्डे र घिमिरेले भन्दा अलि बढी मेहनत गर्नुपर्‍यो गीता उप्रेतीले। “छोरीलाई बाहिर राखेर पढाउँदा बसाइ र सङ्गतको ठूलो चिन्ता हुन्थ्यो”, उनले भनिन्। उनको घरमा पनि त्यस्तै भयो। उनका सबैजसो साथीले गाउँमै वा नजिकै पढे। तर, काठमाडौंमा दिदीको घरमा बसेर पढ्ने गीताको हठले सबै बाधालाई जित्यो। अन्ततः उनी बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भइन्। उता, पत्रकार घिमिरेलाई पनि घरको स्नेह मामाघरबाटै पाउँदा कहिल्यै टाढा छु भन्ने अनुभूति भएन। “भौतिक सम्पर्क कठिन थियो, खबर बुझन चिठी पठाउनुपर्थ्यो”, उनी भन्छन्, “मेरा लागि मामाघर नै अर्को घरजस्तो थियो।”

पत्रकार युवराज घिमिरे र उनको प्रगतिको टेको बनेकी माइजू को परिवार
बाबुआमाको काखबाट एक्कासी शहरमा पढ्न आउँदा डा. पाण्डेलाई अलिकति डर लागेको थियो। जुन विस्तारै हराउँदै गयो। उनले कीर्तिपुरको ल्याबोरेटरी स्कूलबाट एसएलसी गरेका हुन्। बाबुआमाले छोराछोरीका सानातिना गल्ती ढाकछोप गर्छन् तर काकाले त्यस्ता कमजोरी औंल्याइदिन्थे। यसले पनि फाइदै गरेको उनी बताउँछन्। भन्छन्, “यसले बेलैमा सच्चिने मौका पाइयो।”

काकाको घरमा रहँदासम्म डा. पाण्डेलाई पैसाको समस्या भएन। तर, एसएलसीपछि जब काकाको घरबाट अलग भए उनले जीवनमा एउटा नयाँ पाठ सिके। “एक रात भोकै सुत्नु पर्‍यो”, उनले सुनाए, “भोलिपल्ट अर्का एक आफन्तकहाँ ५० रुपैयाँ सापटी माग्न गएँ पनि, तर माग्नै सकिनँ।”

काठमाडौंका साथीहरूले पाखे र गँवार भन्दै कहिलेकाहीँ केसीको बाटो छेक्थे। “तिनलाई खाजा ख्वाउनुपर्थ्यो”, उनले भने। “यस्तो बेला म गाउँबाट बिरामी आएका छन् भनेर विद्यालयका संस्थापक प्याकुरेलसँग पैसा माग्थेँ। बाबुले अप्ठेरो पर्दा उहाँलाई पैसा दिन भन्नुभएको थियो”, उनले पुराना दिन सम्झ्िए।

पत्रकार घिमिरेलाई खर्चको समस्या कहिल्यै परेन। पटना पढ्न गइसकेपछि बाबु बिरामी भएको थाहा पाएर उनी काठमाडौं आए। “केही निको भएपछि म फर्कन लाग्दा बेडबाटै बुबाले खर्चको व्यवस्था के छ भनेर सोध्नुभयो”, उनले सम्झ्िए, “मलाई लाग्यो, बुबालाई आफ्नो रोगको भन्दा मेरो खर्चको चिन्ता बढी रहेछ।” उनलाई लाग्छ, परिवार र अभिभावकको यस्तै प्रेम र सम्बन्धले नेपाली समाजलाई भाग्यमानी बनाइदिएको छ।

उस्तै छैन अब
पछिल्ला दिनमा एकल परिवारको अवधारणाले पारिवारिक शक्ति खण्डित भएको छ। शहरीकरणको प्रभावले व्यक्तिवादी प्रवृत्ति हावी भएको र नेपाली पारिवारिक संस्कारमा परिवर्तन आएको देख्दा उप्रेतीलाई दुःख लाग्छ। “यस्तै हुँदै जाने हो भने” उनको आशङ्का छ, “सम्बन्धहरू केवल औपचारिकतामा मात्र सीमित हुनेछन्।”

पत्रकार घिमिरेलाई लाग्छ, नेपाली समाजको पारिवारिक र नाता-सम्बन्धलाई १० वर्षे मावादी द्वन्द्वले पनि धक्का दिएको हो। “यसले समाजमा एकअर्काप्रतिको आदर र सम्मानमा चोट पुर्‍याएको छ। आफन्तकै बीच पनि एककिसिमको अविश्वास सिर्जना गरिदिएको छ”, उनको विश्लेषण छ। द्वन्द्वको असर तथा म संस्कृतिको विकासले समाज खुम्चँदै गएको उनी बताउँछन्। डा. पाण्डे भने समाजमा आएको परिवर्तनलाई स्वाभाविक ठान्छन्। जीवनशैलीमा द्रूत परिवर्तन आए पनि सकारात्मक सोचका साथ अघिबढेमा सफलता मिल्ने उनको अनुभव छ।

नेता केसीलाई लाग्छ, आफ्नो पुस्ता मर्यादित र अनुशासित थियो, तर आजको वातावरण स्वच्छन्द हुँदैछ। उनी भन्छन्, “यस्तो प्रवृत्तिले भविष्यमा घर, समाज र राष्ट्रलाई हित गर्दैन। हाम्रो सामाजिक सम्बन्ध संस्कार, परम्परा र मान्यताले बनाएको थियो, अहिले आधुनिकताले ज्यादा आक्रमण गर्न थाल्यो। हामीले यी दुवैको सन्तुलन मिलाएर लैजानुपर्छ।”

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क