हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अन्तिम पाना
सङ्कटमा सरोवर
चन्द्रकिशोर

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मधेशमा सामाजिक प्रतिष्ठा, अचल सम्पत्ति र उत्तराधिकारीका लागि बन्दोबस्तीको अर्थमा जसरी भूमिको महत्व हुन्छ त्यसैगरी सामाजिक, आर्थिक, सांस्कृतिक एवं पर्यावरणीय दृष्टिले पोखरी अर्थात् सरोवरको महत्व रहँदै आएको छ। कृषि नै मुख्य पेशा रहेको मधेशी समाजमा भूमि र पोखरी एकअर्कामा परिपूरक छन्। चुरेको स्खलनले बढेको मरुभूमिकरणसँगै कृषिमाथिको निर्भरता सङ्कुचित हुँदैछ भने पोखरीप्रतिको उपेक्षा पनि बढ्दैछ। मधेशमा पोखरीको निर्माण र त्यसको उपयोगिता कृषिसँगै यहाँको सामाजिक रहनसहन, सांस्कृतिक आवश्यकता र पर्यटकीय सम्भावनासँग जोडिएका छन्। दक्षिणी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म प्रायः प्रत्येक जिल्लामा पोखरीहरू भए पनि नारायणीदेखि कोशीको बीचमा बढ्ता छन्।

केही पोखरीहरू छठ घाटको रूपमा प्रसिद्ध छन् भने कैयौं पोखरी किनारमा मन्दिरहरू छन्। विवाह, व्रतबन्ध, चाडपर्वका बेला पोखरीमा दियो प्रवाहित गर्ने, नुहाउने जस्ता परम्परा अद्यापि छ। गढीमाई जस्तो प्रसिद्ध मेला पोखरी किनारमै लाग्ने गर्दछ। लघुसिंचाइका साथै व्यवस्थित माछापालन हुँदा कतिपय पोखरीहरू नियमित आम्दानीको स्रोत पनि बनेका छन्। बढ्दो शहरीकरणका कारण जोखिम बढ्दै गएको पर्यावरणीय सन्तुलन कायम राख्न स्वच्छ पोखरीको महत्व झ्नै बढ्न जान्छ। वीरगञ्ज, नेपालगञ्ज, लुम्बिनी वा जनकपुरलगायतका ठाउँका पोखरीको सौन्दर्यले पर्यटकीय महत्व बढाएको छ।

स्वामित्वका हिसाबले सरकारी, गुठी, गैरसरकारी संस्था र व्यक्तिगत स्वामित्वका पोखरीहरू छन्। पोखरीको विशिष्टता र त्यसको जीवनपद्धतिसँग सम्बन्धित भएर मात्र होइन, पोखरीको नामकरण पनि पौराणिक आख्यान, प्रकृति, आकृति, निर्माणकर्ता, उपयोगिता, स्थानविशेष र कालको आधारमा भएको छ। मधेशी संस्कृतिमा जन्मदेखि मृत्युपर्यन्तका प्रायः प्रत्येक संस्कारमा पोखरीको प्रयोग अपरिहार्य नै छ। तैपनि ऐतिहासिक महत्वका पोखरीहरूको गहिरो अध्ययन हुनसकेको छैन।

जग्गा अतिक्रमण, शहरी ढल निकास, फोहोर फाल्ने ठाउँको कमी, जनचेतनाको अभाव, जीवनशैली एवं प्रविधिमा परिवर्तन, कृषिमाथिको घट्दो निर्भरता, संरक्षणप्रति उदासीनता, सम्बन्धित निकायहरूबीच समन्वयको अभावले पनि पोखरीहरू अतिक्रमित तथा लोप हुँदैछन्। त्यसो त कतिपय पोखरी स्वामित्वको खिचलोले पनि बेवारिसे बनेका छन्।

व्यक्तिगत स्वार्थका लागि पोखरीलाई प्रदूषित र अतिक्रमण गरी स्वच्छ वातावरण खण्डित गर्नु र जलसञ्चयको चक्रलाई ध्वस्त पार्नु अपराध हो। पोखरीको उपयोग, त्यसको संरक्षण गरी प्रदूषित हुनबाट जोगाउन अब ढिलै भएपनि तात्नुपर्ने बेेला आइसकेको छ। सङ्कटबाट सरोवर जोगाउनुको अर्थ मधेशको जनजीवनलाई सुरक्षित पार्नु हो। त्यसैले तराई वा मधेशका नाममा राजनीति गर्नेले पोखरी बचाउने जस्ता सामाजिक मुद्दालाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।

सार्वजनिक सम्पत्ति पोखरीको संरक्षणका लागि आधिकारिक तथ्याङ्क सङ्कलन गरी अभिलेख अद्यावधिक गर्दै यसको महत्वका बारेमा समाजलाई जानकारी गराउनुपर्छ। अतिक्रमण र स्वामित्व विवादका विषयमा खोज, अनुसन्धान र छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ। पोखरीको सीमाक्षेत्र निर्धारण गरी सिमाङ्कन गर्नुपर्दछ। पर्यावरणीय चक्रलाई सन्तुलित बनाउन तथा पोखरीमाथिको सङ्कट समाप्त पार्न यहाँको समाज अग्रसर हुनुपर्दछ। चुरेको स्खलन र बढ्दो मरुभूमिकरणसँगै पोखरीहरू लोप भए भविष्यमा गम्भीर सङ्कट पैदा हुने निश्चित छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क