हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
गन्तव्यमा युद्धचित्र

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

देशका विभिन्न ३० स्थानमा साढे दुई महिना लामो प्रदर्शनीका क्रममा ८५,००० भन्दा बढी दर्शकहरूले अवलोकन गरिसकेको नेपालयद्वारा निर्मित युद्धचित्र (फ्रेम्स अफ वार) अहिले राजधानीमा प्रदर्शन भइरहेको छ।

३१ जेठदेखि ६ असारसम्म काठमाडौंको रूसी सांस्कृतिक केन्द्रमा प्रदर्शनी भएपछि सो वृत्तचित्र-यात्रा समापन हुनेछ। १० वर्ष लामो युद्धको समाप्तिपछि पनि त्यसको प्रभावबाट आहत ६ वटा परिवारको मर्मलाई यसमा प्रस्तुत गरिएको छ। दोलखामा २५ जेठको राजधानी बाहिरको अन्तिम प्रदर्शनीमा दोलखाको मैनापोखरीमा सन् २००४ मा मा'वादी र सेनाको भिडन्तमा परेको यात्रुवाहक बसमा आफ्ना पति श्ाोभेन्द्रलाई गुमाएकी नानीमैया काफ्ले आफ्नी छोरी सोनाको साथमा वृत्तचित्र हेर्न आएकी थिइन् (हे. तस्बिर)। भावविह्वल काफ्लेले भनिन्, “म जस्तै युद्धका पीडितहरूकोे कथा देख्दा युद्धको अन्त्य भए पनि हाम्रो पीडाको अन्त्य नभएको कुरा अझ्ै टड्कारो भयो। सत्य र न्यायको लागि हामीले अझ्ै कति कुर्नुपर्ने हो खै?” कुन्द दीक्षितको फोटो पुस्तक लडाइँमा जनतामा आधारित यस वृत्तचित्रको निर्देशन प्रेम वि.क. र केसाङ छेतेनले गरेका हुन्। नेपालयका अनुसार वृत्तचित्रको साथै युद्धको दस्तावेज फेरि यस्तो नहोस् नामक फोटोपुस्तक पनि यात्रामा छिचोलिएका हरेक जिल्लाहरूमा विमोचन गरिएको थियो। प्रदर्शन यात्रामा संलग्न दीक्षित भन्छन्, “देशभरि हामीले आम जनतामा शान्ति प्रक्रियामा खलल पुगेर कतै फेरि देश युद्धतर्फ उन्मुख हुने त हैन भन्ने डर देख्यौं।”

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क