हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
पुस्तक
नेपाली रङ्गमञ्चको आँखीझयाल

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

एक दर्जन एक
लेखकः रमण घिमिरे
प्रकाशकः रत्न पुस्तक भण्डार
पृष्ठः १९०,
मूल्यः रु.१९५
१३ रङ्गकर्मीलाई शब्दचित्रमा समेटिएको एक दर्जन एक पुस्तक लिएर पाठकमाझ् आएका छन्― सञ्चारकर्मी रमण घिमिरे। कुनैबेला आफैँ रङ्गकर्मी रहेका रङ्गसमीक्षक तथा गीतकार रमणले किताबमा आफूले लामो सङ्गत गरेका रङ्गकर्मीहरूका सङ्घर्ष, सफलता र योगदानलाई प्रस्तुत गरेका छन्।

किताबमा बाहुनको छोरोले अभिनय गर्दा विधर्मी ठानिने युगका हरिप्रसाद रिमालदेखि सिनेमा हेर्न घरका रिकापी, अङ्खोरा, गिलास झ्ोलामा हालेर हलका पालेकहाँ पुग्ने अनुप बरालसम्मका रङ्गकर्मीहरूको जीवनका रोचक प्रसङ्ग छन्। रङ्गमञ्चबाट सन्न्यास लिने किरिया खाएर साझ्ा प्रकाशनको जागिरे हुँदै धनगढी पुगेका मदनदास श्रेष्ठले सुदूरपश्चिममा गाडेको रङ्गमञ्चको जरो र रङ्गमञ्चमै मौलाएको हरिहर शर्मा-शकुन्तला गुरुङ तथा सुनिल पोखरेल-निशा शर्माको प्रेमकथा पनि कम रोचक छैनन्। हरिहरले चोला फेरिदिएको नाचघरको पुनर्निर्माण र सुनिलले नाटकमा नयाँ पुस्ताको आकर्षण बढाउन गरेको योगदानलाई उदाहरणीय रूपमा प्रस्तुत गरिएको छ।

सपनामा पनि नाटकै देख्ने श्यामदास, नेपाली नाटकका समर्पित शिल्पी प्रचण्ड मल्ल, नाटकलाई सडकमा उतार्ने अशेष मल्ल, दार्जीलिङबाट झ्ुल्किएर नेपाली रङ्गमञ्चमा तरङ्ग ल्याउने मनबहादुर मुखिया र समाजका बेथिति-कुरीतिमाथि जाइलाग्ने मैथिल रङ्गकर्मी महेन्द्र मलङिगयाको कलायात्रा पढ्दा त्यही कालखण्डमा पुगेको अनुभूति हुन्छ। रमणले हरेक पात्रको जीवनगाथालाई मज्जैले पिएर शब्दमा उतारेका छन्। नेपाली रङ्गमञ्चका सारथिहरूको जीवन्त अनुभव र अनुभूति पढ्दा-पढ्दै किताब सकिएको थाहा नै हुँदैन।

हरेक व्यक्ति र कालखण्डमा लेखक आफैं उपस्थित भएजस्तो लाग्नुले कतैकतै पात्रमाथि उनी हावी भएका हुन् कि भन्ने पनि पर्छ। पुस्तकमा कोरिएका केही रङ्गकर्मीका पेन्सिल स्केच अलि नमिले जस्ता देखिन्छन्। लेखकले पनि स्वीकार गरेझ्ंै, पात्रहरूको जीवनको साङ्गोपाङ्ग कथा र अन्य पाटाहरू समेट्न बाँकी देखिन्छ। साथै, किताबको नाममा यस्ता जीवन्त पात्रलाई गोटा गन्ती हुने सरसामानलाई झ्ैँ दर्जन नभनिदिएको भए उत्तम हुनेथियो कि! यति हुँदाहुँदै पनि नेपाली रङ्गमञ्चको विगतदेखि वर्तमान र परम्परादेखि आधुनिकताको यात्राका उकाली-'रालीका अविचलित यात्रीहरूको कथा, व्यथा र जीवनका आरोह-अवरोहलाई एउटै मालामा उनेर पाठकका हातमा आएको यो पुस्तक रङ्गमञ्च क्षेत्रको एउटा अभिलेख चाहिँ बनेको छ।

अनुशील


जलवायु परिवर्तन र नेपालको वन

जर्नल अफ फरेष्ट एण्ड लाइभ्लीहूड, फेब्रुअरी २००९ सम्पादकः हेमन्तराज 'झा
प्रकाशकः फरेष्ट एक्सन नेपाल पृष्ठः १८०,
मूल्यः रु.१५०
फरेष्ट एक्सन नेपालको अङ्ग्रेजी पत्रिका जर्नल अफ फरेष्ट एण्ड लाइभ्लीहूड को पछिल्लो अङ्क जलवायु परिवर्तन, वन र स्थानीय जीविकोपार्जन विशेषाङ्कको रूपमा प्रकाशित भएको छ। जर्नलमा छापिएका देश-विदेशका विशेषज्ञका १६ वटा गहन अनुसन्धानमूलक लेखमा नेपालमा जलवायु परिवर्तनको प्रभाव, त्यसको सामना गर्न स्थानीय समुदायले गर्नसक्ने योगदान र नेपालको सामुदायिक वनले कार्बन व्यापारबाट लिनसक्ने फाइदालगायतका विषय प्रस्तुत गरिएको छ।

प्राकृतिक वनको संरक्षण-व्यवस्थापन गरेर वायुमण्डलमा हुने कार्बन उत्सर्जन कम गर्न योगदान पुर्‍याएबापत कार्बन व्यापारमा सहभागी गराउने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष-राष्ट्रहरूले अनुमोदन गरेको रेड (रिड्युसिङ इमिसन्स् फ्रम डिफरेस्टेसन एण्ड डिग्रेडेसन) अवधारणाबाट गरिबहरूले लिनसक्ने फाइदाको विश्लेषण पत्रिकाको विशेष आकर्षण हो। जर्नलले विकासोन्मुख देशको ठूलो चुनौतीको रूपमा देखिएको जलवायु परिवर्तनलाई सही ढङ्गले सम्बोधन गर्न सके वन संरक्षण गर्ने जनताका अग्रसरताले आर्थिक प्रोत्साहन पाउने सम्भावना स्थापित गरेको छ।

जलवायु परिवर्तनको अस्वाभाविक परिणामको रूपमा हिमालमा हिउँ निखँ्रदै गएको, पानीको स्रोत घटेको, बालीनाली उत्पादन र पशु प्रजनन्को समयचक्रमा फेरबदल आएको, मानव स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पर्न थालेको, अतिवृष्टि/अनावृष्टि हुने गरेको जस्ता उदाहरणहरू जर्नलमा समेटिएका छन्। खुम्बु हिमनदीलगायत हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको प्रभावको विश्लेषणले धेरैलाई झ्क्झ्क्याउँछ। जलवायु परिवर्तनसम्बन्धी नीति र सन्धिहरू तथा तिनको कार्यान्वयनसम्बन्धी आलेख पनि पठनीय छ। विश्वव्यापी चासोको विषय बनेको जलवायु परिवर्तनसम्बन्धी तथ्यमूलक र रोचक सामग्रीका कारण यसमा रुचि राख्नेहरूका लागि जर्नल उपयोगी छ।

सुरेशराज न्यौपाने

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क