हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
चिठी

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

सहमतिको लागि पहल
हिमाल (१६-३० जेठ) को आवरण कथा तरबारको धारमा प्रधानमन्त्री नेपाल राम्रो लाग्यो। सरकारलाई सहयोग गर्ने भनेका २२ दल र एनेकपा (मा'वादी)लाई मिलाएर लैजाने काम वास्तवमै प्रधानमन्त्री नेपालका लागि सजिलो छैन। मा'वादी र उपेन्द्र यादवहरूलाई पनि प्रधानमन्त्रीले सहमतिमा ल्याउन पहल गर्नुपर्दछ।

घनश्याम पोखरेल
पीएन क्याम्पस, पोखरा

नेपालमा नजन्मिउन्
कुल लुटेरा हिमाल (१६-३१ जेठ) को अन्तिम पानामा प्रकाशित सोमालियाका कुल लुटेराहरू साँच्चिकै राम्रो छ। कमजोर आर्थिक अवस्था, बिग्रँदो शान्ति सुरक्षा, भोकमरी आदिका कारण धेरै सोमालियाली युवाहरू जसरी आपराधिक गतिविधितर्फ आकर्षित भइरहेका छन् भोलि नेपालमा पनि त्यो अवस्था नआउला भन्न सकिँदैन।

लुट्नु सामाजिक रूपमै स्वीकार्य हुनु सबैभन्दा डरलाग्दो पक्ष हो। नेपालमा पनि राजनीतिक अस्थिरता हटाउन र तराईका ७० भन्दा बढी सशस्त्र समूहहरूसँग वार्ता गरेर गृहयुद्धको अवस्था आउन नदिन सरकार र राजनीतिक दलका नेताहरू गम्भीर हुनु जरुरी छ। अहिले कर्णाली क्षेत्रमा भोकमरीको समस्या देखिएको छ। गृहयुद्ध भयो भने देशभरी भोकमरी, असुरक्षा बढ्न सक्छ। नेपालमा कुल लुटेराहरू जन्मिन नदिन बेलैमा सोच्ने कि?

चोकबहादुर कुँवर
अस्लेवा, गुल्मी

लोकगीतले पनि स्थान पा'स् हिमाल (१६-३१ जेठ)मा छापिएको सिरुबारीको यात्रा विवरण अत्यन्त रोचक लाग्यो। मेरो एउटा सुझ्ाव- नेपाली लोकगीत बारे पनि धेरथोर जानकारी दिँदा राम्रो हुन्छ।

सिर्जना थापा, पाल्पा
हालः काठमाडौं

मन अँध्यारो भयो पानी परेका कारणले भएपनि लोडसेडिङ कम हुँदा खुशी लागेको थियो तर हिमाल (१६-३१ जेठ)मा छापिएको अँध्यारो बनाउने उज्यालो अभियान पढेपछि मन फेरि अँध्यारो भयो। अँध्यारोमा बस्नुपर्ने बाध्यता देख्दा त जलस्रोतमा विश्वको दोस्रो धनी देशको नागरिक भनेर नाक फुलाउनुको पनि अर्थ छैन। सही व्यवस्थापन हुन नसकेपछि प्राकृतिक स्रोतमा धनी भएर मात्रै के गर्नु?

कल्पना धिताल
वीरेन्द्र बहुमुखी क्याम्पस
भरतपुर, चितवन

करको दुरुपयोग नहोस् आफ्नै हात जगन्नाथ पढेर मा'वादी नेतृत्वको सरकारले कसरी प्रक्रिया नपुर्‍याएर जनताले तिरेको करबाट जम्मा भएको राजस्व वितरण भएको रहेछ भन्ने थाहा पाएँ। जनताबाट उठेको करको दुरुपयोग गर्नु भनेकै जनविरोधी काम हो। आगामी सरकारबाट हुनसक्ने आर्थिक अनिमितताबारे पनि हामी जस्ता पाठकलाई जानकारी दिई राख्नुपर्छ। अर्थ मन्त्रालयको पैसा गलत ठाउँमा प्रयोग नहोस् भनेर हिमाल ले चनाखो रहोस्।

अर्थमन्त्री डा बाबुराम भट्टराईले जथाभावी पैसा वितरण गरेको भएपनि उनले उठाएको राजस्व भने अत्यधिक हो। समग्रमा भट्टराईलाई सफल अर्थमन्त्री नै भन्नु पर्ला।

न्हुच्छेबहादुर महर्जन
सुन्धारा, ललितपुर

संघीयता बहसले निरन्तरता पा'स् हिमाल (१६-३१ जेठ) अङ्कमा डा. शङ्कर शर्माको अन्तर्वार्ता पढें। संघीयतामा जानेवित्तिकै देश सम्पन्न हुन्छ भन्ने शर्माको विचारसँग म सहमत छु। नेपालमा संघीयता अनिवार्य हो भन्ने कुरा संविधानमै लेखिसकेको सन्दर्भमा कस्तो संघीयता, प्रदेशहरूको निर्माण, स्रोतको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा अझ्ै बहस हुनुपर्दछ।

रामबहादुर यादव
मोरङ


सर्वदलीय उपभोक्ता समिति

हिमाल (१६-३१ जेठ)मा प्रकाशित आफ्नै हात जगन्नाथ शीर्षकको रिपोर्टमा उल्लेख भएअनुसार नै चितवनको चौबीसकोठी-मङ्गलपुर सडक निर्माण समितिको उपभोक्ता समितिका अध्यक्ष एनेकपा (मा'वादी) नेता बाबुराम घिमिरे रहेको साँचो हो तर उपाध्यक्ष, सचिव तथा सदस्यहरू अन्य पार्टीबाट समेत रहेकाले उपभोक्ता समिति सर्वदलीय रहेको जानकारी गराउँदछौं। जिल्ला विकास समितिबाट इस्टिमेट गराएर सडक मर्मतका लागि रकम मागिएको हो।

उपाध्यक्ष वासुदेव पौडेल,
सचिव कृष्णबहादुर खड्का
र सदस्य डिलाराम कँडेल

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क