|
|
||||||||
|
रिपोर्ट
बहसमा आउनैपर्ने कुरा
डा. भरतकुमार पोखरेल
यो संविधान कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका अङ्गहरूबीचको शक्तिसन्तुलन कायम गर्ने शक्ति पृथकीकरणको परम्परागत सिद्धान्तको आधारमा बन्दैछ। तर देशमा राज्यका निकायहरू बीच होइन; राज्य, समुदाय र व्यक्तिबीच शक्तिको सन्तुलन आवश्यक छ। राज्य त यसै पनि शक्तिशाली थियो र छँदैछ, व्यक्ति पनि कम अधिकारसम्पन्न छैनन्। राज्यको भूमिका र दायित्व तथा व्यक्तिको अधिकार र कर्तव्यबारे प्रशस्त बहस चलेको छ, तर समुदायको बारेमा त्यति चलेको छैन। बहसमा आउनुपर्ने अर्को कुरा समुदायको अधिकार र कर्तव्य पनि संवैधानिक हुनुपर्छ भन्ने हो। स्थानीय समुदायबीच पनि जातिगत, लैङ्गिक, वर्गीय, क्षेत्रीय विभेदका कारण सुविधा नपाउनेहरू छन्, जसका लागि सकारात्मक विभेदको दृष्टिकोण अपनाउनु आवश्यक हुन्छ। सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो समुदायभित्रका गरिब, उपेक्षित र सुविधाविहीन घरपरिवारहरूलाई वनक्षेत्रको जग्गा उपभोग, निःशुल्क वा सहुलियत मूल्यमा वनपैदावार वितरण, रोजगारीमा प्राथमिकता, छात्रवृत्ति दिएर गरेका सकारात्मक विभेदका धेरै उदाहरण भेटिन्छन्। संविधान निर्माणको सन्दर्भमा 'झ्ेलमा परेको तेस्रो विषय राज्य पुनर्संरचनाको आधार र त्यसमा प्राकृतिक स्रोतको स्थान हो। राज्य पुनर्संरचनाका जाति, भाषा, क्षेत्रलगायत विभिन्न आधारहरू चर्चामा आएका छन्, तर प्राकृतिक स्रोत आउने गरेको छैन। यदाकदा आए पनि प्राकृतिक स्रोतसँग स्थानीय समुदायको सम्बन्धको कुरालाई लिएर बहस अघि बढेको छैन। सुशासनयुक्त राज्य प्रणालीमा व्यक्ति, राज्य र स्थानीय समुदायको अधिकार तथा दायित्वको सन्तुलन भएन भने या त सर्वसत्तावाद जन्मन्छ या अराजकता। त्यसैले प्राकृतिक स्रोत व्यवस्थापनमा राज्य, व्यक्ति र स्थानीय समुदाय तीनैथरीको अधिकार, स्वामित्व र दायित्वबीच सन्तुलन हुनुपर्छ भन्ने विषयमा आवाज उठ्न थालेको छ। यसका लागि संविधान निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने केही कुराः स्वीस इन्टरकोअपरेसनमा आबद्ध डा. पोखरेलको यो आलेखमा प्राकृतिक स्रोत जनसंसद् द्वारा प्रस्तुत सुझाव समेटिएको छ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |