हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
बहिरो भइन् झरना

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

बोल्न र सुन्न नसक्ने (बहिरा) को कथा अब चलचित्रको पर्दामा देखिने भएको छ। भर्खरै निर्माण सकिएको चलचित्र तिमीमात्र तिमी मा नायिका झ्रना थापा बहिरा युवतीको भूमिकामा देखिँदैछन्। बहिरा केटीको प्रेम कथामा आधारित यस चलचित्रकी प्रमुख पात्र झ्रनाले चलचित्रभरि नै एक शब्द संवाद बोलेकी छैनन्। बोल्नका लागि साङ्केतिक भाषाको प्रयोग गरिएको यो चलचित्रमा अभिनय गर्न उनले बहिराहरूको साङ्केतिक भाषाको प्रशिक्षण समेत लिएकी थिइन्। एनआर फिल्मस् प्रालिको व्यानरमा निरज ढकाल र रिमेश अधिकारीले निर्माण गरेको चलचित्रमा झ्रना थापा, राज बल्लव कोइराला, नन्दिता केसी, मुकेश आचार्य, प्रज्ञा जोशी, लक्ष्मी अधिकारीलगायतका कलाकरको अभिनय रहेको छ। नव सङ्गीतकार ताराप्रकाश लिम्बूको सङ्गीत, समन अधिकारीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा दीपेन्द्र घिमिरे निर्माण नियन्त्रक रहेको चलचित्रको निर्देशन योगेश घिमिरेले गरेका छन्। निर्देशक घिमिरे हाल बनिरहेका चलचित्र भन्दा यसलाई फरक भन्न रुचाउँछन्। उनले भने प्रमुख पात्र नै बोल्न नसक्ने चलचित्र भएकाले यसमा नौलो प्रयोग गरेका छौँ। हाम्रै समाजको वास्तविक कथा भएकाले दर्शकको मन जित्ने कुरामा विश्वस्त छु।
 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क