हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अर्थ
मलेशियाः बिचल्लीमा घरेलु कामदार

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

श्रीमानको मृत्युपछि दुई छोराको पढाइ खर्च जुटाउन रोजगारीका लागि मलेशिया आएकी जानकीनगर रुपन्देहीकी कमला गैरे (३६) पाँच महिनापछि ज्यान जोगाएर घर फर्किन् । नेपालस्थित वर्ल्डनेट ह्युमन रिसोर्स प्रा.लि.मार्फत १३ असोजमा घरेलु कामदार (हाउस मेड)का रूपमा मलेशिया आएकी गैरे पैसा कमाउनु त कता हो कता ज्यान नै जोखिममा परेपछि यहाँको नेपाली समाजसँगको सम्पर्कमा आएर घर फर्किएकी हुन्।

मलेशियामा आएलगत्तै पीक भेञ्चर्स युनाइटेड (एम) एसडीएन, बीएचडीकी कार्यकारी निर्देशक परविन पामेरमार्फत बलजित सिंहको घरमा काम शुरु गरेकी गैरेलाई चार महिनापछि बिना पैसा घरमालिक सिंहले पामेरलाई नै जिम्मा लगाए। पामेरले गैरेलाई नेपाल पठाइदिने भन्दै दुई महिनासम्म बन्द कोठामा राखिन्। यो कुरा कसैलाई भने स्लिपिङ इन्जेक्सन दिएर मार्ने पामेरको धम्कीपछि उनी कोही नभएको मौका छोपी ३० मार्च, २००९ मा भागेर दूतावास पुगिन्। मलेशियाका व्यापारी समाजको पहल र नेपाली दूतावासको सहयोगमा कमला अहिले नेपाल फर्किएकी हुन्। काठमाडौंस्थित वर्ल्ड नेटका निर्देशक नगेन्द्र कोइराला र सुवास गुरुङले राम्रो काममा लगाइदिने प्रलोभनमा मलेशिया पठाइएकी कमला घर फर्के पनि दर्जनौं महिलाको अवस्था अज्ञात छ।

आन्तरिक रूपमा बढेको माग धान्न गत वर्षदेखि मलेशिया सरकारले घरेलु कामदार भित्र्याउन पाउने राष्ट्रको सूचीमा नेपाललाई राखेको हो। नेपाल सरकारले मलेशियामा घरेलु कामदार पठाउन बन्देज नलगाए पनि व्यावहारिक रूपमा चाहिँ स्वीकृति दिएको छैन। कानूनी बन्देजका बाबजूद घरेलु कामदारका रूपमा केही नेपाली महिला मलेशिया भित्रिएका छन्। काम गरेको घरमा शोषित भएपछि केही महिलाले त्यहाँस्थित नेपाली दूतावास र स्थानीय नेपाली समुदायमा हारगुहार गरेपछि यो तथ्य सार्वजनिक भएको हो। मलेशियामा नेपाली घरेलु कामदार भित्रिएकोमा अचम्मित हुँदै मलेशियाका लागि नेपाली राजदूत डा. ऋषिराज अधिकारी गैरकानूनी रूपमा भित्रँदा शोषित हुने भएकोले सचेत हुनुपर्ने बताउँछन्। मलेशिया आउने महिलाले दूतावासमा सकेसम्म जानकारी नदिने भएकोले यकिन तथ्याङ्क दूतावाससँग नभएको राजदूत अधिकारीले बताए। पीडितहरुका अनुसार गैरकानूनी रूपमा ५० भन्दा बढी महिला मलेशिया भित्रिएका छन्। रोजगारको सिलसिलामा भने कानूनी रूपमै यहाँ करीब चार लाख नेपाली पुरुषहरू कार्यरत छन्। श्रम मन्त्रालयका मोहन सापकोटा नक्कली कागजात बनाएर कतिपय महिला मलेशिया आएको स्वीकार्छन्। उनले नेपाली महिला मलेशिया पठाउने कुरा श्रम मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए।

नेपाली महिलालाई पुरुषसरह काम गर्न पाउने हक वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको छ। राजदूत अधिकारीका अनुसार मलेशियाली नागरिकले तोकिएको शर्त तथा आचारसंहिता पूरा गरी दूतावासको अनुमतिमा नेपाली महिला घरेलु कामदार भित्र्याउन सक्छन्। कामदार ल्याउन अनुमति माग्ने नागरिकको चालचलन, घरायसी वातावरण र परिस्थिति बुझ्ी चित्तबुझदो लागेमा दूतावासले स्वीकृति दिन सक्ने उनले जानकारी दिए।

सपना बस्याल, क्वालालुम्पुरबाट


विवाद गरे, बाहिरिए

सञ्जयबहादुर शाह
नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क अफ काठमाण्डू (बि'के)को सञ्चालक समितिलाई निलम्बन गरेपछि त्यसका सदस्यहरूले आगामी पाँच वर्षसम्म मुलुकभरका कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थामा सञ्चालक हुन नपाउने भएका छन्। करिब दुई महिनाअघि प्रबन्ध निर्देशक राधेश पन्तलाई ब्याङ्क सञ्चालक समितिले पदमुक्त गरेपछि सिर्जित विवादकै क्रममा ५ जेठमा राष्ट्र ब्याङ्कले सर्वसाधारणको रु.१५ अर्बभन्दा बढी निक्षेप जोखिममा परेको र ब्याङ्किङ क्षेत्रमा सुशासन कायम गर्न बि'केको सञ्चालक समितिलाई निलम्बन गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्र ब्याङ्कका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार कुनै पनि ब्याङ्कको सञ्चालक समितिलाई निलम्बन गरेसँगै त्यसका सदस्यहरू कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थामा पाँच वर्षसम्म स्वतः सञ्चालक हुन पाउँदैनन्।

केन्द्रीय ब्याङ्कको नियन्त्रणको व्यवस्थापनले आगामी तीन महिनाभित्र साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्नुपर्नेछ। यसैबीच केन्द्रीय ब्याङ्कको निर्णय विरुद्ध १२ जेठमा तत्कालीन सञ्चालक दीपकनरसिंह श्रेष्ठले केन्द्रीय ब्याङ्कको सो निर्णय कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अदालतले १३ जेठमा सो रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ।

राधेश पन्त
सञ्चालकको सुविधा र कर्जा प्रवाहलगायतका विषयमा असहमति भएपछि ८ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष सञ्जयबहादुर शाहसहित पाँच जना सदस्यहरूले प्रबन्ध निर्देशक पद नै खारेज गरी पन्तलाई सञ्चालक समितिबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। शाहका पक्षमा रिता मल्ल, शान्तवरसिंह थापा, बलराम न्यौपाने र दीपकनरसिंह श्रेष्ठलगायतका सञ्चालकहरू रहेका छन् भने पन्तको पक्षमा सुदर्शनराज पौडेल र सीताराम थपलिया रहेका थिए।

बहुमतका आधारमा भएको उक्त निर्णय अपारदर्शी र एकाङ्की भएको भन्दै पन्त पक्षधर सञ्चालकहरूले राष्ट्र ब्याङ्कमा उजुरी दिएका थिए। त्यसलगत्तै ब्याङ्क प्रमुखलाई अपारदर्शी ढङ्गले हटाउँदै जाँदा ब्याङ्कमा समस्या आउने ठहर गर्दै राष्ट्र ब्याङ्कले पन्तलाई पुनर्वहाली गरेर सहमतिमा जान भनी दिएको निर्देशन पालना हुनसकेको थिएन।

ब्याङ्कको ४२ प्रतिशत संस्थापक शेयरमध्ये १० प्रतिशत शाहको र १० प्रतिशतकै हाराहारीमा पन्तको रहेको छ। पूर्व प्रबन्ध निर्देशक पन्तको भनाइमा राष्ट्र ब्याङ्कको निर्णय हस्तक्षेपभन्दा पनि सैद्धान्तिक र नीतिगत रूपमा लिइएको सकारात्मक कदम हो। उनी भन्छन्, “सर्वसाधारणको ५८ प्रतिशत शेयर भएको संस्थामा कुनै पनि निर्णय लिँदा पर्याप्त छलफल र गृहकार्य नगरी लहडबाजीमा गर्नुहुँदैन। केन्द्रीय ब्याङ्कको कारबाहीले चार जना बसेर पूरै संस्थालाई प्रभाव पार्ने निर्णय त्यत्तिकै लिनुहुँदैन भन्ने सन्देश पनि गएको छ।”

व्यवस्थापकीय विवादका कारण शेयर मूल्य केही समय 'रालो लागे पनि बि'केको समग्र वित्तीय अवस्था सन्तोषजनक नै छ। आर्थिक वर्षको प्रथम नौ महिनामा ब्याङ्कले रु.३३ करोड २९ लाख खुद मुनाफा गरेको छ भने गत वर्ष रु.३६ करोड नाफा गरेर ४० प्रतिशत बोनस शेयर बाँडेको थियो। करिब तीन वर्षअघि कमजोर व्यवस्थापन र वित्तीय सङ्कट देखिएको भन्दै नेपाल बाङ्लादेश ब्याङ्कको व्यवस्थापन पनि राष्ट्र ब्याङ्कले आफ्नो नियन्त्रणमा लिएको थियो।


बुटवलमा साङ्ग्रिला
पोखराको साङ्ग्रिला विकास ब्याङ्क लिमिटेडले बुटवलमा पहिलो क्षेत्रीय कार्यालय स्थापना गरेको छ। पश्चिमाञ्चल कार्यक्षेत्रका सम्पूर्ण १० जिल्लामा शाखा विस्तार गरेर ग्राहकहरूलाई ब्याङ्किङ सेवा पुर्‍याउने लक्ष्य अनुसार क्षेत्रीय कार्यालय खोलिएको ब्याङ्कले जनाएको छ। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद गुरुङका अनुसार एटीएम, एबीबीएसलगायतका आधुनिक ब्याङ्किङ सेवा प्रदान गर्दै आएको यो ब्याङ्कको आगामी दुई वर्षभित्र राष्ट्रियस्तरको विकास ब्याङ्क तथा पाँच वर्षभित्रमा मुलुककै सबैभन्दा ठूलो विकास ब्याङ्कका रूपमा स्थापित हुने लक्ष्य छ।

पाकालाई उपहार
नबिल ब्याङ्क लिमिटेडले ५० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै वार्षिक पाँच प्रतिशत व्याजसहितको नबिल जेष्ठ बचत योजना प्रस्तुत गरेको छ। जेष्ठ नागरिकहरूको खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले व्याज रकम मासिक रूपमा भुक्तानी दिइने जनाइएको छ। यसअघि नबिलले १६ वर्षमुनिका बालबालिकाका लागि नबिल बालबचत योजना शुरु गरिसकेको छ।

सुन्तलागमः सुजलगम
लक्ष्मी समूहको सुजल फुड्स प्रा.लि.ले आफ्नो उत्पादन सुजलगम लाई सुन्तला र स्ट्रबेरीको दुई नयाँ स्वादमा बजारमा ल्याएको छ। यसअघि केरा, कागती र स्पियरमिन्ट स्वादमा सुजलगम उपलब्ध थियो। सफा तथा स्वस्थ वातावरणमा विश्वस्तरीय प्रविधिबाट उत्पादन गरिएको दाबी गरिएको सुजलगम को उपभोक्ता मूल्य प्रति गोटा रु.१ र प्रति प्याकेट रु.५ रहेको छ।

एनी टाइम मनी
सेवा विस्तारको क्रममा हिमालय ब्याङ्क लिमिटेडले काठमाडौं ठमेलस्थित सगरमाथा कम्प्लेक्स र होटल मनाङमा एटीएम काउन्टर स्थापना गरेको छ। नयाँ एटीएम स्थापनासँगै उपत्यकाको २५ गरी ब्याङ्कको कुल एटीएम सङ्ख्या ३८ पुगेको छ। यी एटीएमबाट भिसा, मास्टर वा एससीटी त्रे्कडिट कार्ड भएका कुनै पनि ग्राहकले चौबीसै घन्टा रकम झ्िक्न सक्नेछन्।

सुख्खा शहरमा समुद्री परिकार
संसारभर लोकप्रिय हुँदै गएको सी-फूड (जलचर खाना) का परिकारको स्वाद अब राजधानीवासीले समेत लिन सक्नेछन्। व्यावसायिक समूह जोशी समूहले दरबारमार्गस्थित शेर्पा मलमा लोबस्टर रेस्टुरेन्ट खोलेर यो अवसर जुराइदिएको हो। ८ हजार वर्गफिट क्षेत्रफल 'गटेको उक्त रेस्टुरेन्टमा शंख, लोबस्टर, क्र्याब, स्कुईड, 'यस्टर र प्राउनलगायतका सी-फूडका विभिन्न स्वादिला व्यञ्जनहरू उपलब्ध छ।

इन्भर्टरमा सिजी
ऊर्जा अभावका कारण व्याप्त लोडशेडिङमा चम्केको इन्भर्टर व्यापारमा चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सको पनि प्रवेश भएको छ। तपाईंको घर र अफिसको आफ्नै पावर हाउस नाराका साथ यो बजारको नयाँ खेलाडी सिजीले ३२५ भीएदेखि ३ केभिए क्षमताका सिजी इन्भर्टर का साथ लुमिनियस ब्याट्रीका साथ बजारमा ल्याएको छ। २४ महिना वारेन्टी रहेका यी इन्भर्टरमा प्रयोग हुने फ्ल्याट प्लेट ब्याट्रीमा एक वर्ष तथा ट्युबुलर ब्याट्रीमा दुई वर्षको वारेन्टी दिइएको छ। स्वचालित सेन्सर, निरन्तर भोल्टेज, माइक्रो कन्ट्रोलजस्ता विशेषताहरूले सिजी इन्भर्टरको प्रयोग सहज र सरल रहेको दाबी कम्पनीको छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क