|
|
||||||||
|
अर्थ
मलेशियाः बिचल्लीमा घरेलु कामदार
मलेशियामा आएलगत्तै पीक भेञ्चर्स युनाइटेड (एम) एसडीएन, बीएचडीकी कार्यकारी निर्देशक परविन पामेरमार्फत बलजित सिंहको घरमा काम शुरु गरेकी गैरेलाई चार महिनापछि बिना पैसा घरमालिक सिंहले पामेरलाई नै जिम्मा लगाए। पामेरले गैरेलाई नेपाल पठाइदिने भन्दै दुई महिनासम्म बन्द कोठामा राखिन्। यो कुरा कसैलाई भने स्लिपिङ इन्जेक्सन दिएर मार्ने पामेरको धम्कीपछि उनी कोही नभएको मौका छोपी ३० मार्च, २००९ मा भागेर दूतावास पुगिन्। मलेशियाका व्यापारी समाजको पहल र नेपाली दूतावासको सहयोगमा कमला अहिले नेपाल फर्किएकी हुन्। काठमाडौंस्थित वर्ल्ड नेटका निर्देशक नगेन्द्र कोइराला र सुवास गुरुङले राम्रो काममा लगाइदिने प्रलोभनमा मलेशिया पठाइएकी कमला घर फर्के पनि दर्जनौं महिलाको अवस्था अज्ञात छ। आन्तरिक रूपमा बढेको माग धान्न गत वर्षदेखि मलेशिया सरकारले घरेलु कामदार भित्र्याउन पाउने राष्ट्रको सूचीमा नेपाललाई राखेको हो। नेपाल सरकारले मलेशियामा घरेलु कामदार पठाउन बन्देज नलगाए पनि व्यावहारिक रूपमा चाहिँ स्वीकृति दिएको छैन। कानूनी बन्देजका बाबजूद घरेलु कामदारका रूपमा केही नेपाली महिला मलेशिया भित्रिएका छन्। काम गरेको घरमा शोषित भएपछि केही महिलाले त्यहाँस्थित नेपाली दूतावास र स्थानीय नेपाली समुदायमा हारगुहार गरेपछि यो तथ्य सार्वजनिक भएको हो। मलेशियामा नेपाली घरेलु कामदार भित्रिएकोमा अचम्मित हुँदै मलेशियाका लागि नेपाली राजदूत डा. ऋषिराज अधिकारी गैरकानूनी रूपमा भित्रँदा शोषित हुने भएकोले सचेत हुनुपर्ने बताउँछन्। मलेशिया आउने महिलाले दूतावासमा सकेसम्म जानकारी नदिने भएकोले यकिन तथ्याङ्क दूतावाससँग नभएको राजदूत अधिकारीले बताए। पीडितहरुका अनुसार गैरकानूनी रूपमा ५० भन्दा बढी महिला मलेशिया भित्रिएका छन्। रोजगारको सिलसिलामा भने कानूनी रूपमै यहाँ करीब चार लाख नेपाली पुरुषहरू कार्यरत छन्। श्रम मन्त्रालयका मोहन सापकोटा नक्कली कागजात बनाएर कतिपय महिला मलेशिया आएको स्वीकार्छन्। उनले नेपाली महिला मलेशिया पठाउने कुरा श्रम मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए। नेपाली महिलालाई पुरुषसरह काम गर्न पाउने हक वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको छ। राजदूत अधिकारीका अनुसार मलेशियाली नागरिकले तोकिएको शर्त तथा आचारसंहिता पूरा गरी दूतावासको अनुमतिमा नेपाली महिला घरेलु कामदार भित्र्याउन सक्छन्। कामदार ल्याउन अनुमति माग्ने नागरिकको चालचलन, घरायसी वातावरण र परिस्थिति बुझ्ी चित्तबुझदो लागेमा दूतावासले स्वीकृति दिन सक्ने उनले जानकारी दिए। सपना बस्याल, क्वालालुम्पुरबाट विवाद गरे, बाहिरिए
केन्द्रीय ब्याङ्कको नियन्त्रणको व्यवस्थापनले आगामी तीन महिनाभित्र साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्नुपर्नेछ। यसैबीच केन्द्रीय ब्याङ्कको निर्णय विरुद्ध १२ जेठमा तत्कालीन सञ्चालक दीपकनरसिंह श्रेष्ठले केन्द्रीय ब्याङ्कको सो निर्णय कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अदालतले १३ जेठमा सो रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ।
बहुमतका आधारमा भएको उक्त निर्णय अपारदर्शी र एकाङ्की भएको भन्दै पन्त पक्षधर सञ्चालकहरूले राष्ट्र ब्याङ्कमा उजुरी दिएका थिए। त्यसलगत्तै ब्याङ्क प्रमुखलाई अपारदर्शी ढङ्गले हटाउँदै जाँदा ब्याङ्कमा समस्या आउने ठहर गर्दै राष्ट्र ब्याङ्कले पन्तलाई पुनर्वहाली गरेर सहमतिमा जान भनी दिएको निर्देशन पालना हुनसकेको थिएन। ब्याङ्कको ४२ प्रतिशत संस्थापक शेयरमध्ये १० प्रतिशत शाहको र १० प्रतिशतकै हाराहारीमा पन्तको रहेको छ। पूर्व प्रबन्ध निर्देशक पन्तको भनाइमा राष्ट्र ब्याङ्कको निर्णय हस्तक्षेपभन्दा पनि सैद्धान्तिक र नीतिगत रूपमा लिइएको सकारात्मक कदम हो। उनी भन्छन्, “सर्वसाधारणको ५८ प्रतिशत शेयर भएको संस्थामा कुनै पनि निर्णय लिँदा पर्याप्त छलफल र गृहकार्य नगरी लहडबाजीमा गर्नुहुँदैन। केन्द्रीय ब्याङ्कको कारबाहीले चार जना बसेर पूरै संस्थालाई प्रभाव पार्ने निर्णय त्यत्तिकै लिनुहुँदैन भन्ने सन्देश पनि गएको छ।”
बुटवलमा साङ्ग्रिला पाकालाई उपहार सुन्तलागमः सुजलगम एनी टाइम मनी सुख्खा शहरमा समुद्री परिकार इन्भर्टरमा सिजी प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |