|
|
||||||||
|
रिपोर्ट
दुई लाखको आतङ्क
सरकारविहीनताको फाइदा उठाउँदै पूर्वी पहाडमा क्रियाशील किराँत जनवादी वर्कर्स नामक समूहले चन्दा आतंक मच्चाएको छ। उदयपुरबाट महेश्वर चाम्लिङ राई को रिपोर्ट
महेश्वर चाम्लिङ राई
मा'वादी पोलिटब्यूरो सदस्य तथा निवर्तमान संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीद्वारा १२ वर्षअघि स्थापित यो समूहका जिल्ला इञ्चार्ज सन्देशले जातीय मुक्ति जनविद्रोहका लागि भन्दै गाविस सचिवको नाममा १० दिने अल्टिमेटम सहित पठाएको पत्रमा चन्दा नदिनेहरूलाई राष्ट्रिय मुक्तिविरोधी कित्तामा राखी कारबाही गर्ने धम्की दिने उल्लेख छ (हे.पत्र)। पत्र जिल्ला विकास समितिको कार्यालयमा छाडिएको छ। फोन सम्पर्कमा आएका किराँत जनवादीका इञ्चार्ज ज्वालाले पार्टी सञ्चालन र मुक्ति आन्दोलनका लागि मागिएको चन्दा अनिवार्य रहेको बताउँदै भने, “यद्यपि गाविसको अवस्था अनुसार रकममा सहमति भने गर्न सकिन्छ।” उता पार्टीका सगरमाथा इञ्चार्ज हिमाल खम्बुको भनाइमा स्थानीय सत्ताकब्जा गर्दै केन्द्रीय राज्यसत्तामा सबै जातिको समानुपातिक सहभागिताका लागि दबाबस्वरुप चन्दा मागिएको हो। पेशागत महासंघ, नागरिक समाजलगायतले संयुक्त विज्ञप्ति निकाली चन्दा आतङ्कको विरोध गरेका छन्। केन्द्रका केन्द्रीय कोषाध्यक्ष गिरिजाप्रसाद रिजाल चन्दापत्र आएपछि सुरक्षामा चिन्ता बढेको बताउँछन्। जाँते गाविस सचिव राजेन्द्र पराजुली त्रासमा गाउँ जान नसकिने बताउँछन्। जिविसका स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलसँग बसेर छलफल गरी निकास निकाल्नुपर्ने बताए। यसैबीच किराँत जनवादी वर्कर्सले १९ वैशाखमा त्रियुगा नगरपालिका-२ स्थित हात्तीमाराका दानीप्रसाद चौधरी, बैकुण्ठनाथ दाहाल र 'मभक्त मैनालीको क्रमशः साढे ६, ३ र १८ कठ्ठा जग्गामा झ्ण्डा गाडेर कब्जा जमाएका छन्। वर्कर्सले आफ्नो सल्लाह बेगर किनबेच गर्न नपाउने चेतावनी दिएको छ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |