|
|
||||||||
ऋतुविचार
बल्ल भयो 'नयाँ नेपाल'
ऋतुराज
अहिले प्रधानमन्त्री भएका नेपाल ती नेपाल होइनन् जसले राजदरबारभित्र राज-संहारको काण्डपछि श्रीपेच लगाउन पुगेका ज्ञानेन्द्रको जुनाफमा दाम राखेर शुभकामना टक्र्याएका थिए। यी ती नेपाल होइनन् जसले प्रधानमन्त्री पदका लागि ज्ञानेन्द्रको आह्वानमा दरखास्त हालेका थिए। यी ती नेपाल होइनन् जसले आधा प्रतिगमन सच्चियो भनेर तिनै राजाका पालामा आफ्नो पार्टीलाई सरकारमा सामेल गराएका थिए। यी ती नेपाल होइनन् जो गएको साल भएको संविधानसभाको चुनावमा दुई-दुई ठाउँबाट हारेका थिए। ती सबै गर्ने त एमाले पार्टीका महासचिव रहेका नेपाल हुन्। उनलाई यी सबै काम त्यही महासचिव पदले गराएको हो। उनी चुनाव पनि आफू हारेका होइनन्। त्यो झ्क्कुप्रसाद भन्ने कहाँ रोल्पाको मानिस आएर हराएको हो। काठमान्डूको काँठबाट त उनलाई झ्क्कुले हराए। आफ्नै जिल्ला रौतहटमा पनि पहिलेको आफ्नै चेलाले पो हरायो। आफैं त कहाँ हारेका हुन् र! चुनावको हारबाट रन्थनिएर उनले महासचिवको पदबाट राजिनामा दिए, जुन स्वीकृत पनि भयो। फेरि उनी महासचिवको पदमा उठेनन् पनि। राजा भएका ज्ञानेन्द्रको जुनाफमा दाम राख्ने, प्रधानमन्त्रीको विज्ञापित पदका लागि दरखास्त हाल्ने, राजाको प्रतिगमन आधा सच्याउने, संविधानसभाको चुनावमा तीन बल्ड्याङ खाने सबै त्यही महासचिव पद थियो। राजिनामा दिएपछि किस्सै खत्तम। त्यो पद 'गट्ने नेपाल पुरानो नेपाल थिए। पद त्याग गरेका नेपाल नयाँ नेपाल भए। पद बिनाको नयाँ नेपाल त वरिष्ठ नेता भए। आफ्नै पार्टीका अध्यक्षभन्दा पनि माथिल्लो आसनमा विराजमान। पार्टीका दुवै फ्याकका सर्वमान्य। उहिले संविधान बनाउने समितिमा बसेर यसअघिको संविधान लेख्नमा योगदान गरेका संविधानविद्। त्यसैले एकजना शिक्षक प्रतिनिधिलाई शहीद बनाएर तिनको ठाउँमा आए नेपाल सभासद् बनेर अनि भए संविधान लेख्ने समितिको मुखिया। कति आशावादी शुभेच्छुकहरूले सोचे नेपालको भीमराव अम्बेडकर बनेर आए नेपाल। तर त्यो पगरी उनका टाउकामा असमयमै लगाइदिएको ठूलो पगरी ठहरियो। के को अम्बेडकर, उनले त चौधरी चरणसिंहको चरणचिन्ह पो अनुसरण गरेजस्तो छ। किसान नेता भनेर चिनिने चौधरी चरणसिंहलाई पनि भारतको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा थियो। अनेक सुरतले उनी प्रधानमन्त्री बन्न सफल भए पनि। तर ६ महिना पनि टिकेन उनको सरकार र सबभन्दा छोटो कार्यकालको रेकर्ड उनले कायम गरे। हो, विशाल भारतको प्रधानमन्त्रीको सूचीमा उनको नाम भने अवश्य रह्यो। नेपालको प्रधानमन्त्रीत्व कति समय टिक्छ त्यो यिनलाई प्रधानमन्त्री बनाउने शकुनि मामाहरूको कुटिल पासामा भर पर्ने कुरा हो। व्यवस्था लोकतान्त्रिक भए पनि उनले तान्त्रिक सुझ्ाव मान्दै सोमबार अर्थात् शिवजीको आराधना गर्ने बार पारेर पदको शपथ खाएका छन्। आफ्नो प्रधानमन्त्रीत्व दीर्घायु होस् भनेरै त्यसो गरेका होलान्। अब उनका दायाँबायाँ हातका औंलाहरूमा रङ्गीविरङ्गी औंठीहरू देखिन थाले भने पनि आश्चर्य नहोला! सिसडोलवासीलाई सल्लाह यो सरासर अन्याय हो। यी सदरियाहरूलाई ठेगान लगाउनै पर्ने हो, तर यसरी होइन। तपाईंहरूले अस्पताल, स्कूल बनाइदिनुपर्ने र बेरोजगार युवाहरूलाई रोजगार दिनुपर्ने माग राख्नुभएको रहेछ। पहिले धिङ्न्याइँ गर्छन् पछि सजिलै मान्छन् तपाईंका माग यी सदरियाहरूले। अरूको पोल्टामा फोहोर हालेर आफू सफा बस्न यिनीहरू जे पनि गर्न तयार हुन्छन्। लौ अस्पताल बनाइदिए रे! एउटा साधारण अस्पतालले काम चल्छ? मुटुको, मिर्गौलाको, हाडजोर्नीको, सुत्केरीको विशेष अस्पताल त त्यो हुँदैन। फेरि अल्ट्रासाउन्ड, इसीजी, इन्डोस्कोपी, सिटी स्क्यान अनेक गर्नुपर्छ ती सुविधा त त्यहाँ हुँदैनन्। अनि शहरमा पैसा कमाउन पल्केका डाक्टर त्यहाँ काम गर्न गइदिएनन् भने के मतलब भयो अस्पताल खोलेको? स्कूल खोलेर पनि पुग्दैन। शहरकाले चाहिँ आफ्ना छोराछोरी महङ्गा बोर्डिङ स्कूलमा पढाउने अनि गाउँकाले चाहिँ सरकारी स्कूलमा? लौ त्यहाँका युवालाई काठमाडौंमा रोजगारी पनि मिल्यो रे! हरेक दिन त्यति टाढाबाट 'होरदोहोर गर्न पर्यो। कमाएको तलब भाडामै खर्च हुन्छ। फेरि बस, माइक्रो बसको ताल यही हो, चल्ने ठेगान हुँदैन। हिँडेर आउनजान साध्ये भएन। त्यसैले व्यावहारिक के हुन्छ भने सारा गाउँवासीलाई काठमाडौं शहरमै जागिरका साथै पुनर्वास गरिमाग्नु होस्। बस्ने घर दिनु पर्यो। नत्र माग्ने नि, हरेक परिवारलाई एक-एक फ्ल्याट। यतै बस्यो, यतै काम गर्यो, गाउँ नै छाडिदिने। टन्टै साफ। किन अस्पताल र स्कूल बनाउनुपर्ने माग लिएर सधैँ लडिरहने? स्याटेलाइटबाट बिजुली प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |