हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
चिठी

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मानवताविरोधी काम
कोशी बाढी पीडित क्षेत्रमा बालबालिका बेचविखन सम्बन्धी हिमाल (१-१५ जेठ) मा प्रकाशित खोजमूलक रिपोर्टका लागि हिमाल लाई धन्यवाद। यो रिपोर्टले अत्यासलाग्दो बनाएको छ। गरिबीलाई जताबाट पनि असुरक्षित हुनुले सरकार र नागरिक समाजको खिल्ली उडाएको छ। राजनीतिक दल र नेताहरुलाई कुर्सीकै चिन्ता अनि नागरिक समाजले यस्ता घटनालाई झ्िनामसिना भन्ने र विकासे संस्थाहरु प्रचारवाजीमा लिप्त हुनुले पनि यस्ता मानवताविरोधी काममा गिरोहको सक्रियता बढेको हो। यस्ता घटना रोक्नेतर्फ राज्यले विशेष सक्रियता देखाउनुपर्दछ।

दीपक श्रेष्ठ
धनगढी-५, सिरहा

सशक्त बनाऔँ सुरक्षा
हिमाल (१-१५ जेठ) मा प्रकाशित रिपोर्ट पङ्गु बनाउने अर्को खेल पठनीय लाग्यो। कुनै बहानामा सुरक्षा अंगलाई कमजोर बनाउने खेलमा कोही लाग्नु हुँदैन। दिनहुँ जनताको सुरक्षामा खट्नु पर्ने सुरक्षा निकायका अधिकारीहरूले अन्य कुरामा आफ्ना ध्यान केन्द्रीत गर्नु राम्रो होइन।

जुन सुकै पार्टीको सरकार आएपनि सुरक्षा निकायलाई थप मजबुत र सशक्त बनाउने तर्फ ध्यान जानु जरुरी छ।

चन्द्रा थारु
कञ्चनपुर

वास्तविकता यस्तो हो
घरमै डिग्री हिमाल (१६-३१ वैशाख) मा प्रकाशित समाचारबारे केही तथ्य प्रकाश पार्न चाहन्छु। त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयमा नेपाली विषयको स्नातकोत्तर तहको परीक्षा फारम बुझ्ाइएको छ भनिएको प्रति मेरो खेद छ। हामीले हाम्रो उक्त फोटो २०६५ को स्ववियु निर्वाचनको क्रममा भोट हाल्न पाउने अधिकार सुरक्षित पार्न दिएको हो। मेरो नाममा अर्कैले परीक्षा दिनेछ भनी टाँसिएको तस्बिरका व्यक्ति समाजशास्त्रका विद्यार्थी हुन् उनी शिक्षाशास्त्रका विद्यार्थी होइनन्। यसरी हिमाल जस्तो पत्रिकामा तथ्यहीन तथा दर्ता नगरिएको फारम लिई समाचार छापेर म जस्तो दुर्गम क्षेत्रको विद्यार्थीको भविष्यप्रति खेलबाड गरेकोमा खेद प्रकट गर्छु।

विष्णुप्रसाद न्यौपाने
त्रिपुराकोट, डोल्पा

खोक्रो प्रतिबद्धता
सम्झ्ौता र सहमति उल्लङ्घन, प्रतिबद्धताको उपहास, हरेक निर्णयमा अपरिपक्वता र पेलपाल प्रवृत्तिसँगै सत्ताकब्जा गर्ने असफल प्रयासको मोडमा आइपुगेर प्रचण्डले राजिनामा दिए। मान्छेलाई सकेसम्म धम्क्याएर र कुटेर संविधानसभामा ठूलो दल बनेपछि जनअनुमोदित सरकार भन्दै मनपरी गर्ने काम एकीकृत मा'वादीले गर्‍यो। प्रचण्डले राजिनामा दिनुको प्रमुख कारण उनकै अहम्पन हो।

राजिनामा घोषणा गर्दाको सम्बोधन पनि अर्थपूर्ण रह्यो। चोरको खुट्टा काट् भन्दा पहिल्यै झ्िकेजस्तो, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा र प्रेस स्वतन्त्रताप्रति एकीकृत मा'वादी कटिबद्ध रहेको कुरा प्रचण्डले बताए। प्रतिबद्ध भए किन भनिरहनुपर्छ र?

सिद्धार्थ गौतम
सिर्जनानगर, भक्तपुर

स्वागतयोग्य कर
सरकारले शिक्षामा लगाएको कर स्वागतयोग्य छ। निजी विद्यालयमा धेरै पैसा खर्चेर पढ्नेहरुले तिरेको करले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको पढाइ गुणस्तरीय हुन्छ भने उनीहरु कर तिर्न तयार हुनैपर्छ। दुईखाले शिक्षा रहेसम्म दक्ष जनशक्ति उत्पादनमा समेत असर पर्दछ।

पवित्रा, कमलादेवी,
कृष्णकला दाहाल
चिसापानी उमावि, खोटाङ

साधुवाद
नयाँ वर्ष अङ्कमा करोडौंमा ३० रत्न छानेकोमा हिमाल टिमलाई धन्यवाद। संसारमै गरिब देशको सूचीमा रहेको अवस्थामा ३० रत्नभित्र राजनीतिक नेताहरुलाई नराख्दा राम्रो हुनेथियो कि? किनभने कुनै पनि नेताले राष्ट्रिय हितको लागि आफ्नो पार्टीको घेराभन्दा माथि उठेको मलाई थाहा छैन।

रामप्रसाद श्रेष्ठ
कटारी-४, उदयपुर

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क