|
|
||||||||
|
रमझम
मोटी हुन पाए हुन्थ्यो
हलिउड, बलिउडका नायिका र मोडलहरूको सिको गर्दै जिरो फिगर बनाउन कस्सिने युवती-गृहिणीहरूको जमात बढेका बेला मिशाल मोक्तान (२३) लाई भने मोटी हुन पाए हुन्थ्यो भन्ने रहर लागेको छ। मूल घर ताप्लेजुङबाट धरान झ्रेपछि उनलाई पनि शहरिया हावाले छोयो, तर जीउ घटेन। पहाडमा हुँदा धेरै काम गर्नुपर्ने, घाँस-दाउरा-पानीका लागि पँधेरो, जङ्गल धाउनुपर्ने र काम अनुसार खाना धेरै खाने भएकाले उनी मोटाएकी थिइन्। तर, ६ वर्षअघि काठमाडौं आएपछि डाइटिङ गरी तौल घटाइन्। ६५ किलोको शरीरलाई ४० किलोमा झ्ार्न उनले के पो गरिनन्! भन्छिन्, “म बढी चाउचाउ खान्थंे, दुई/तीन दिनमा एकपटक खाना खान्थंे। भोक लाग्थेन, खानाको सन्तुलन नमिलेपछि घट्दै गएँ।” मोटो हुँदा उनलाई पातलो बन्ने रहर लाग्थ्यो। तर, अहिले उनी मोटाउन चाहन्छिन्। पेटमा धेरै मासु लाग्दा त्यो चाहिँ घटोेस् भन्ने उनको चाहना थियो, तर उनको पेट मात्रै घटेन २५ किलो तौल नै कम भयो। अहिले उनलाई मोटै ज्यान ठीक जस्तो लाग्छ। भन्छिन्, “मेरो विचारमा मोटै शरीर स्वस्थ हुन्छ। स्लिम भएपछि रुघाखोकी लाग्ने हुन्छ। तर मोटो हुँदा ज्वरो आउँदैनथ्यो, चिसोले नि छुँदैनथ्यो। त्यसैले अहिले मोटाउन कोशिश गर्दैछु। यो महिनामा एक दुई किलो बढेर अहिले म ४० किलो जति छु।” मिशालले भेटेका युवतीहरू स्लिम नै हुन खोज्छन्। हुनपनि स्लिम हुने फेसन नै चलेको छ, मोटी हुन कोही चाहँदैनन्। राजधानीका ५०-६० प्रतिशत युवती मात्र होइन विवाहित महिला पनि स्लिम बन्न चाहन्छन्। विभिन्न च्यानलमा मोडेल, हिरोइनहरूको शरीर हेरेर स्लिम बन्न खोज्ने र उनीहरूकै जस्तो लुगा लगाउन खोज्नेलाई उनको भनाइ छ “पहिला पहिला मोटो पनि राम्रो हुन्छ भन्ने धारणा थियो। मोटी हिरोइन पनि थिए, तर, खै उनीहरू नराम्रा थिएनन्।” अहिले ऐनामा आफूलाई बाँस जस्तो देख्दा उनको चित्तै बुझदैन। उनी थप्छिन्, “पहिला पुक्कपुक्क गाला भएको अनुहारमा अहिले हड्डी नै हड्डी देख्दा ऐना हेर्यो कि रिस उठिहाल्छ।” उनी अहिले आत्मविश्वास बढेको महसूस गर्छिन्। पहिले मान्छेहरूसित बोल्न पनि लाज मान्ने उनलाई अहिले एक दुई जनासँग भिड्न सक्छु जस्तो लाग्छ। तर स्लिम भएकोले आत्मविश्वास बढेको उनलाई लाग्दैन। भन्छिन् “काठमाडौं आएपछि कोसँग कसरी बोल्ने भन्ने कुरा सिकेर पनि होला आत्मविश्वास बढेको। आत्मविश्वास बढेपनि पर्फेक्ट हुन नसकेपछि मिशाल मोटाएरै पर्फेक्ट देखिने ध्याउन्नमा छिन्। लिज लेन्सले प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |