हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अर्थ
ढाकाले ढाकिँदैछ तेह्रथुम

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

कामको खोजीमा नेपाली महिलाहरू समेतमा विदेशिने प्रवृत्ति बढेपनि तेह्रथुमका महिलाहरू भने आफ्नै सीप, जोशर जाँगरमार्फत सिङ्गो परिवारकै लालनपालन गर्न सफल छन्। ढाका कपडा बुनाई सिक्न दुई वर्षअघि २० कोस टाढाबाट सदरमुकाम म्याग्लुङ आएकी थोक्लुङ, तेह्रथुमकी अरुणा लिम्बूको कमाइबाटै अहिले घरव्यवहार चलेको छ।

जिल्लामा ढाका कपडा बुनेर परिवार धान्ने अरुणा मात्र नभई यहाँका झ्ण्डै १५ सय महिलाहरू यो पेशामा संलग्न छन्। २०३४ सालमा स्थापित जिल्लाकै पहिलो उज्वलता ढाका उद्योगमा मात्रै करिब पाँच सयभन्दा बढी महिलाहरूलेरोजगारी पाएका छन्। यस उद्योगअन्तर्गत गाउँघरमै तानराख्नेहरूको सङ्ख्या पनि चार सयभन्दा बढी छ। टोपी, रुमाल, चौबन्दीर पछ्यौरा बुन्दै आएका यी महिलाहरूले मासिक रु.६ हजारदेखि रु.१५ हजारसम्म आम्दानी गर्छन्। बेलायत, सिङ्गापुर, अमेरिका, जापान लगायतका मुलुकमा समेत निर्यात गर्दै आएको यस उद्योगकी सञ्चालिका उज्वलता लिम्बू भन्छिन्, “विदेश जाँदा पनि चर्को व्याजमा ऋण लिएर एजेन्टर दलाललाई दिनुपर्छ। कमाएर स्वदेश फर्कंदा ल्याएकोरकम साहुलाई तिर्दा ठिक्क हुन्छ।”

२०४२ सालमा ढङ्गप्रसाद पराजुलीले शुरु गरेको म्याङ्लुङस्िथत पराजुली ढाका कपडा उद्योगमा पनि सय जनाभन्दा बढी महिला कामदारहरूलेरोजगारी पाएका छन्। माग अनुसारको आपूर्ति गर्न नसकेको गुनासो गर्दै पराजुली भन्छन्, “ढाका कपडा उत्पादन हाते भएकाले ढिलाइ हुन्छर मागअनुसार उत्पादन गर्न सकिएको छैन।” उता म्याङ्लुङको फक्ताङलुङ्ग ढाका उद्योगर छिमेकी गाउँ तम्फुलास्िथत आले ढाका कपडा उद्योग दुवैले दुई सयभन्दा बढी विपन्न वर्गका महिलाहरूलाईरोजगारी दिएका छन्। फक्ताङलुङ ढाका कपडा उद्योगकी सञ्चालक शान्तिला फुदोङ भन्छिन्, “अहिले तेह्रथुमे ढाकाले स्वदेशर विदेशमाराम्रो बजार लिन थालेको छ।”

तेह्रथुममा ३० भन्दा बढी तानसहित सञ्चालित उद्योगहरू ६ वटा छन् भने घरैमा एक दुईवटा तानराख्नेहरूको यकिन तथ्याङ्क छैन। घरेलु तथा साना उद्योग विकास समिति तेह्रथुमका अनुसार दर्ता बेगर पनि ५३२ वटा साना उद्योगहरू सञ्चालनमा छन्। उद्योग वाणिज्य संघ तेह्रथुमका अनुसार जिल्लामा दर्ता ३१ वटा ढाकाका घरेलु तथा साना उद्योगहरूले वार्षिक रु.३ करोड रुपैयाँ बढी आम्दानी गर्छन्। संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ भन्छन्, “माग अनुसारको ढाका कपडा उत्पादन गर्न सक्दारोजगारी तथा आम्दानी झ्नै बढ्ने थियो।”

रमला सिङ्गक लिम्बू


काल्सवर्ग सँगको घुमघाम

कोपनहेगन
काल्सवर्ग बियरका भाग्यशाली ग्राहकले विगतका वर्षहरूमा इङ्गलिस प्रिमियर लिग अन्तर्गतका खेलहरू युरोप नै पुगेर हेर्न पाउँथे। अब भने कम्पनीले आधुनिक सुविधायुक्त विश्वकै सम्पन्न शहरमारमाइलो छुट्टी मनाउने अवसर जुराइदिएको छ। प्राचीन स्मारकहरू, समृद्ध सांस्कृतिक परम्परार ऐतिहासिक स्थल भएका डेनमार्कको कोपनहेगन, इटलीकोरोम, युएईको दुबई आदि शहरहरूमा पुग्ने अवसर काल्सवर्गका जो कोही पारखीले पाउनसक्ने यसका उत्पादक गोर्खा ब्रुअरीले जनाएको छ। वास्तुकलाको क्षेत्रमा समृद्ध विश्व प्रसिद्ध स्मारक लिटल मर्मेटरहेको कोपनहेगन, प्राचीन र आधुनिकताको संगमरोमर सात वटा संयुक्त अरब इमिरेट्सहरूमध्ये एक इमिरेट दुबई मा आफ्ना साथीका साथ छुट्टी बिताउन चाहनेहरूका लागि कार्ल्सवर्गको योजनाले साथ दिन सक्छ। त्यसका लागि भाग्यमा विश्वास हुनेहरूले कार्ल्सवर्ग खरिद गरी यी गन्तव्यहरूमा स्मरणीय छुट्टीहरूको अनुभव लिन सक्नेछन्।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क