हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
गन्तव्य
मज्जाको इम्जा

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

वसन्तयाममा सोलुखुम्बुमा मेला लागे जत्तिकै हुन्छ। लुक्लाबाट धेरैतिर जान सकिन्छ। कतिका पाइला सगरमाथा र ल्होत्से जस्ता ठूला हिमालका आधारशिविरदेखि शिखरसम्म पुग्न कस्िसएका हुन्छन् भने ट्रेकिङ पिक भनिने साना हिमालहरूले पनि धेरैलाई तान्छ। यीमध्ये पनि इम्जा ताल र इम्जात्से शिखरको अनुपम मेलजोल भएको इम्जा उपत्यकाको आकर्षण बेग्लै छ।

लुक्लाबाट फाक्दिन, मन्जो, नाम्चे, देउचेहुँदै पुगिने सोमारेबाट फेरिचेतिर गए सगरमाथा आधारशिविर र दिङ्गबोचेतिर लागे इम्जात्से पुगिन्छ। आरोहणका हिसाबले जोखिमपूर्ण मानिने सुन्दर आमादब्लामको आधा फन्को मार्दै अगाडि बढिने यो पदयात्रामा यस हिमालको विभिन्न रुप देखापर्छ।

रातो, नीलो, हरियो र पहेलो रङको बादलले ढाकिएको आकाशको दृश्यमा रमाउँदै दिङ्गबोचेबाट अन्तिमवस्ती छुकुङ्गतिर लाग्दा सगरमाथाको दक्षिण मोहडाबाट देखिने ल्होत्सेले आकाशै छुन खोजेझै लाग्छ। ल्होत्सेको ठीक अगाडिपट्टि बाटैमा मानव साहसको प्रतीक बनेर बसेको छ― पोल्याण्डका पर्वतारोही जर्जी कुकुज्काको समाधिमा बनाइएको छोर्तेन। आठ वर्षको अवधिमा संसारका आठ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरेर र तिनमा पनि १० वटा नयाँ बाटोबाट चढेर बहादुरीको परिचय दिएका कुकुज्काको यही मोहडाबाट ल्होत्से आरोहण गर्दा मृत्यु भएको थियो। ल्होत्सेको यो दक्षिणी मोहडाले अझ्ै धेरै साहसी पर्वतारोहीको आरोहण कलाको परीक्षा लिएको छ, तर सफलताको रेकर्ड कसैले कायम गर्न सकेको छैन।

४,७९० मिटर उचाइको छुकुङ्ग पुग्दासम्म भुईंमै लडिबुडी गरेका र चउरभरि छप्प-छप्प छरिएका जुनिपर धुपीका बुटाले हावा पातलिइसकेको सङ्केत दिन्छन्। ५,३०० मिटर अग्लो छुकुङ्ग री पुग्दा त यिनै बुट्यान पनि दुर्लभ हुँदै जान्छन्। पहेँला सुकेका घाँस र काला ढुङ्गाहरूको ढिस्कोबाट देखिन्छन्, बादलसँग लुकामारी गरिरहने मकालु अनि इम्जात्से लगायतका हिमालहरू।

हिउँको समुद्रमा टापु जस्तै देखिने भएर सन् १९५१ मा प्रसिद्ध आरोही एरिक सिप्टनले इम्जात्सेलाई आइल्याण्ड पिक नामकरण गरेका थिए। यो पर्वत विशेषगरी सगरमाथा तथा अन्य ठूला हिमाल आरोहणका आकाङ्क्षीहरूले तयारीको क्रममा चढ्छन्। सगरमाथाको सफल आरोहणको तयारीकै क्रममा बोतलमा भरिएको अक्सिजनको प्रभावकारिता परीक्षण गर्न सन् १९५३ मा पहिलो चोटि तेन्जिङ नोर्गेको टोलीले इम्जात्सेको आरोहण गरेको थियो।

हिमाल नचढ्ने र पदयात्रा मात्रै गर्नेहरूका लागि छुकुङ्गसम्मको यात्रा पनि रमाइलो हुन्छ। इम्जा ताल अनि ५,०८७ मिटर उचाइमा अवस्िथत आधारशिविर पुग्दा जलवायु परिवर्तन र विश्व तापमान वृद्धि (ग्लोबल वार्मिङ) को जल्दोबल्दो प्रभाव देख्न सकिन्छ। सन् १९६० को दशकसम्म स-साना पोखरी मात्र रहेको यो ठाउँमा अहिले लगभग एक वर्गकिलोमिटरको ताल बनेको छ। हिउँका ढिक्काको प्राकृतिक बाँधभित्र जमेको यो ताल तापक्रम वृद्धिले वर्षैपिच्छे फैलिँदै र खुकुलो हुँदै कुनै पनि समय फुट्न सक्ने खतरा बोकेर बसेको छ।

शैली बस्नेत
इम्जा ताल वरिपरिको समतल भूभागमा अवस्िथत आधारशिविर छेउका स-साना ढिस्काहरूमा उक्लिँदा हिमताल फैलिएर डाँडामा पहिरो गएको र तालको छेउछाउ गहिरो र लामो चिरा परेको दृश्य देख्दै भयानक र टेक्दा भास्िसएला जस्तो लाग्छ।

आधारशिविरबाट ढुङ्गे पहाड हुँदै मध्यरातपछि शुरु गरिने इम्जात्सेको आरोहणमा करिब तीन घण्टाको उकालोपछि हिउँले सेतै ढाकेको हिमाल देखापर्छ। सँगैका दुई हिमखाडल पार गरेपछि ७५ डिग्री कोणमा तेर्सिएको नाकैले छुने इम्जात्सेको कठिन उकालो चढ्नुपर्छ।

इम्जात्से शिखर साँघुरो छ, मुश्किलले १० जनासम्म अटाउने। केही वर्षअघिसम्म ४० जना एकैपटक उभिन सक्ने यो शिखर पनि भासिँदै गएर साँघुरिएको इम्जात्सेमा वर्षौंदेखि काम गरिरहेका गाइडहरू बताउँछन्। विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमालको फेदीलाई मात्र नभएर शिखरलाई समेत छोइसकेको रहेछ।

६,१६० मिटर अग्लो इम्जात्सेबाट मकालु, चोयु, ल्होत्से, मेरा पिक लगायतका हिमालसँगै इम्जा ताल र दिङ्गबोचे उपत्यका निकै मनमोहक देखिन्छन्। उत्तरतिर ल्होत्सेले छेक्ने भएकाले सगरमाथा भने देखिँदैन। शिखरबाट फर्किंदा सीधै छुकुङ्गसम्म पुग्न पनि सकिन्छ। अनुभवी र कम थकितहरू अझै तल र्झ्छन्।

एकै दिनमा चढेर फर्कन सकिने इम्जात्से वा वरपरका ट्रेकिङ पिकहरूको आरोहणपछि प्रायः आरोहीहरू गोक्यो ताल, आमादब्लाम वा सगरमाथाका आधारशिविर, कालापत्थर जस्ता अन्य गन्तव्यतर्फ लाग्छन्। आरोहणपछि शरीरले हाइ अर्थात् लेक लाग्ने समस्या पचाइसक्ने हुनाले अन्य गन्तव्यतिरको यात्रा केही सजिलो पनि हुन्छ। तर शरीरको स्फूर्ति कायम राख्न खानपान र आराममा चाहिँ विशेष ध्यान दिनैपर्छ।

शैली बस्नेत

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क