|
|
||||||||
|
फोटो–एसे
नखाने पानी शब्दः सन्त गाहा मगर, तस्बिरहरूः मीनरत्न बज्राचार्य दैनिक २२ करोड लिटर पानीको माग भएको काठमाडौंमा ७ करोड लिटर मात्रै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आपूर्ति गर्न सकेको छ। कार्यालयका प्रबन्ध निर्देशक रुद्रप्रसाद गौतमका अनुसार यो वर्ष अभाव अत्यधिक बढेको र पानीको उचित व्यवस्थापन हुन नसक्ने हो भने आगामी वर्ष स्िथति झ्नै भयावह हुन्छ। केयुकेएलले ५ माघ २०६५ मा आफूले वितरण गरेको मध्ये ५० प्रतिशत पानी चुहावट भइरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो। अभावको ब्ल्याकमेलिङ निजी आपूर्तिकर्ताले मात्रै नभई खानेपानी वितरण गर्ने सबैभन्दा ठूलो संस्था केयुकेएलको पानी वितरण गर्ने पाइपका जोर्नीहरू ढलमा डुबिरहेका भेटिन्छन्। नयाँबानेश्वरस्िथत एभरेष्ट नर्सिङ होमको नजिक ढलमा डुबिरहेको खानेपानीको पाइपका जोर्नीहरू हेर्ने हो भने सहजै अनुमान लगाउन सकिन्छ केयुकेएलले वितरण गर्दै आएको पानी कति शुद्ध छ। काठमाडौं महानगरपालिकाको ६ वडा हेर्ने खानेपानी लिमिटेड नयाँबानेश्वर शाखा प्रमुख इन्जिनियर नारायण कर्ण ढलको उचित व्यवस्थापनको अभाव, पुराना पाइप, जथाभावी हुने सडक विस्तार आदिले खानेपानी प्रदूषित बनेको स्वीकार्छन्। कर्णको भनाइमा धेरैजसो २७ देखि ७० वर्ष र केही ठाउँका पाइप १०० वर्ष पुरानो भइसकेका कारण पनि ढलका फोहोर मिसिएर उपभोक्ताकहाँ पुग्ने गरेको छ। यसरी वितरण भइरहेका पानीबाट फैलिरहेका जीवाणुले अनेकन रोग फैलाइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। स्वास्थ्य विभाग इपीडी'ली तथा रोग नियन्त्रण विभागका जनस्वास्थ्य निर्देशक रेशम लामिछाने राजधानीमा फैलने झ्ाडापखाला, टाइफाइड, भाइरल, हेपाटाइटिस, जण्डिस, आउँ-रगतजस्ता अनेकन् रोगहरू निम्त्याउने प्रमुख कारण पानी नै रहेको बताउँछन्।
प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |