हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
सुफी, गजल र रकका त्रिवेणी

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मीनरत्न बज्राचार्य
दिल ये भुला नही पाये..., आँखोंके सागर, होठोंके सागर..., आज जाने कि जिद ना करो..., दिवाने दे जब साथ...

११ चैतको काठमाडौंस्िथत पाकिस्तानी राजदूतावासद्वारा आयोजित साङ्गीतिक साँझ्मा यिनै सुमधुर गीत गाइरहँदा एकैछिन अगाडि सुफी गायकको पहिचान दिइरहेका सफ्कत् अमानत अलि (४४) क्षणभरमै आफूलाई गजल अनि पप स्टारका रूपमा समेत ढाल्थे। करिब दुई घण्टाको साङ्गीतिक माहोलमा उनले चर्चित हिन्दी फिल्मी गीत मितवा सँगै नेपाली गीतहरू असारे महिनामा..., मुसुमुसु हाँसी देऊ न लै लै... जस्ता दर्जनौं गीत गाउन भ्याए। दोस्रोपटक नेपाल आएका पाकिस्तानका यी स्टार गायकको स्वर र सङ्गीतको जादूमा नेपाली सङ्गीत पारखीहरूले पनि आफूलाई रोक्न सकेनन् र उनीसँगै झ्ुम्न बाध्य भए।

पाकिस्तानी चर्चित ब्याण्ड फ्यूजन का पूर्वसदस्य अलिको शास्त्रीय, सुफी, गजल र पपको उत्कृष्ट मिश्रणसहितको गायनकलाले उनलाई दक्षिण एसियाकै उत्कृष्ट गायकको पहिचान दिलाएको छ। साङ्गीतिक यात्रामा निरन्तर उकालो चढिरहेका अलि सङ्गीतलाई जीवनको अक्सिजन भन्न रुचाउँछन्। सङ्गीत बिना जीवनको कल्पनासम्म गर्न नसकिने उनको भनाइबाटै झ्ल्कन्छ, सङ्गीतप्रति उनको लगाव र आस्था। शायद त्यसैको परिणाम हो, ३० वर्ष पार गरिसकेको छ उनको सङ्गीत साधना र सफल साङ्गीतिक यात्राले।

चार वर्षको उमेरदेखि शास्त्रीय सङ्गीतको माध्यमबाट गायनयात्रा शुरु गरेका अलि, सङ्गीतमा विश्वकै ख्यातिप्राप्त पटियाला परिवारको विरासत थाम्ने सातौं पुस्ता हुन्। सङ्गीत र स्वरको यस्तो विरासत उनले आफ्नै पिता स्वर्गीय उस्ताद अमानत अलि खान, काका उस्ताद फतेह अलि खान र दक्षिण एसियाकै उत्कृष्ट सङ्गीतकार दाजु स्वर्गीय असद अमानत अलि खानको प्रेरणाबाट पाएका हुन्। यस्तो ईर्ष्यालाग्दो सफलता हासिल गरेका अलि भन्छन्, “सबैलाई लाग्छ हिट र सफल हुन धेरै समय कुर्नुपर्दैन। यो मैले एकदुई दिनको मेहनतले पाएको सफलता होइन। यो त वर्षौंको लगन र दिनरातको मेहनतको फल हो।” सयौं गीतमा स्वर र सङ्गीत भरेका अलिले तीमध्येका केही चर्चित र उत्कृष्ट सिर्जनाहरूलाई मात्र सागर र तबिर अल्बमको रुप दिएका छन्। आउँदो जुलाइभित्र अर्को नयाँ अल्बम ल्याउने उनको तयारी छ। ८ हिन्दी चलचित्रमा समेत गाइसकेका अलिको कभि अलबिदा ना कहेना को मितवा... र डोर को ये होसला... ले साङ्गीतिक बजारमा खुबै चर्चा पाएको थियो।

सुरेशराज न्यौपाने

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क