|
|
||||||||
|
रमझम
"एक्सन कट"मा महिला
चलचित्र निर्देशनको क्षेत्रमा महिला उपस्थिति न्यून रहेको अवस्थामा नयाँ पुस्ताका युवतीहरू उत्साहका साथ देखा परेका छन्। ऋषिराम कट्टेल को रिपोर्ट
झुम्का सुनसरीकी रेणु चौधरी आर्किटेक्ट इन्जिनियर हुन्। तर पछिल्लो समयमा उनको परिचय बनेको छ, चलचित्र निर्देशक। नेपाली र भोजपुरी भाषामा निर्माण भएको भाग्यके रेखा को निर्माण गरी चलचित्र क्षेत्रमा आएकी चौधरीले निर्देशन गरेको सैंया भैइल जमैया नामक थारूभाषी चलचित्रले लहानमा ५१ दिन मनाएको थियो।
मोडलिङ पृष्ठभूमिबाट चलचित्रको दुनियाँमा छिरेकी वाणी पोखरेल तीन वर्षयता चलचित्र निर्देशनमा सक्रिय छिन्। हास्य टेलिचलचित्र मेरी वास्स्ौ, कान्तिपुर टेलिभिजनबाट प्रसारित संस्कार, नेपाल टेलिभिजनबाट प्रसारित पथभ्रष्ट जस्ता टेलिचलचित्रमा सहायक निर्देशकको रूपमा काम गरेकी छन्। भारतको नोयडास्िथत मारवा स्टुडियोबाट चलचित्र निर्देशनसम्बन्धी अध्ययन गरेकी पोखरेल हाल आकाश गङ्गा र एउटै भूल चलचित्रमा मुख्यसहायक निर्देशकको रूपमा काम गर्दैछिन्। कुशल निर्देशक बन्ने धोकोछ उनको।
सोही कलेजकी प्रशंसा वाइवा पनि उदीयमाननिर्देशकको रूपमा देखिएकी छिन्। न्यारी नामक लघु चलचित्र निर्देशन गरेकी वाइवा सानो संसार चलचित्रकी सहायक निर्देशक हुन्। चलचित्रमा स्नातकोत्तर अध्ययनका लागि विदेश जाने तयारीमा जुटेकी उनको सफल महिला चलचित्र निर्देशक बन्ने धोको छ।
किन यस क्षेत्रमा कम आउँछन् त? “आत्मविश्वासको अभावले” निर्देशक सरिना गुरुङ भन्छिन्, “निर्माताहरूले विश्वास नगरे पनि हामीले काम गरेर देखाएका छौं।” अर्की महिला निर्देशक वाणी पोखरेल महिलाले रातसाँझ् बाहिर गएर काम गर्नुहँुदैन भन्ने मानसिकतालाई चिनुपर्ने बताउँछिन्। निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष रमेश बुढाथोकी भन्छन्, “अहिले अधिकांश चलचित्र महिलाकै विषयमा केन्द्रित छन्। महिलाका विषयमा महिलाले नै न्याय गर्न सक्छन्, त्यसैले महिलाहरू चलचित्र निर्देशनमा आउनु गौरवको कुरा हो।” प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |