|
|
||||||||
|
विश्लेषण
वैदेशिक सहयोगको दुष्चक्र
विश्वव्यापी आर्थिक मन्दीले आक्रान्त दाताहरूलाई नेपालले तत्कालका लागि शर्तसहितको सहयोग नेपालीलाई चाहिएन भन्न सक्नुपर्छ। सीकेलाल को टिप्पणी
सीके लाल
प्रधानमन्त्री दाहालले मुलुकमा व्याप्त अन्योल हटाउने अग्रसरता देखाउन सकिरहेका छैनन्। त्यसैले नेपाल विकास मञ्च (नेविम)को प्रस्तावित काठमाडौँ बैठक निर्धारित मिति (वैशाख २९ देखि ३१) मा हुनसक्ने हो वा होइन, र छलफल आयोजना भए पनि त्यसले दूरगामी प्रकृतिको निर्णयहरू लिन सक्ने हो वा होइन भन्ने कुरा निश्चित छैन। तर नेविमको लामो अन्तरालपछि बस्ने भनिएको बैठकले नेपालमा वैदेशिक सहायताले भित्र्याएका विसङ्गतिहरूको सिंहावलोकन गर्ने सन्दर्भ भने जुराइदिएको मान्नुपर्ने हुन्छ। त्यो किनभने वामपन्थी बाहुल्य सरकारले पनि वैदेशिक सहायतालाई सही बाटोमा ल्याउन सकेन भने सहयोगको नाउँमा 'इरिएको बाहिरी लगानीले नेपालको बाँकी बचेका स्वाधीनतालाई समेत पूर्णतः समाप्त गर्नेछ। सहयोगको अर्थ-राजनीति सहयोग, अनुदान, अप्रत्यक्ष सहायता वा प्रत्यक्ष लगानीमध्ये जे शब्द प्रयोग भए पनि वैदेेशिक सहभागिताको मूल प्रकृति हस्तक्षेपकारी नै हुन्छ। र, त्यस्तो मनसाय शब्दको छनोटबाटै झ्ल्किन्छ। मालिक-मुलुकहरू आ-आफ्ना राष्ट्रभित्र परिवर्तन चाहन्छन्, टाट पल्टिन लागेका वित्तीय संस्थाहरूको सक्षमता बढाउन प्रयत्नरत् छन्। तर पिछडिएका वा नियतवश पछाडि पारिएका राष्ट्रहरूले भने तिनको सहायता थाप्न विकासे अर्थ-राजनीतिक मान्यताहरू अङ्गीकार गर्नुपर्ने हुन्छ। विकासे अर्थ-राजनीतिको मूल उद्देश्य भने यथास्िथतिको निरन्तरता हो, लक्षित राष्ट्रहरूको उन्नति होइन भन्ने कुरा झ्ण्डै आधा शताब्दीको नेपालको आफ्नै अनुभवले देखाइसकेको छ। अफ्रिकाका उदाहरणहरू पुष्ट्याइँ हुन त मा'वादी सशस्त्र विद्रोहको पृष्ठभूमिसँग सम्बद्ध पानाहरू पल्टाए यहीँ प्रशस्त भेटिन्छन्। खुला बजारको पैरवी गर्नेहरू अनुदानले लक्षित समूहको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउँछ भन्ने मान्यताहरूका आधारमा प्रत्यक्ष सहायताको साटो सहुलियत ऋणको वकालत गर्ने गर्दछन्। एक हदसम्म त्यस्तो सिद्धान्त अन्तराष्ट्रिय सहयोगको मामिलामा पनि लागू हुन्छ। तर स-साना ब्याङ्कले विपन्नलाई प्रदान गर्ने भनिएको कर्जाप्रवाहमा जस्तै अन्तराष्ट्रिय ऋण लगानीका आफ्नै शर्त र जटिलताहरू छन्। परियोजना जमानीमा पाएको ऋण लगानीले प्रापकलाई शर्तहरूको साङ्लोमा बाँध्छ भने साहुले मनोमानी गर्न पाउने सबै अधिकार आफूसँग सुरक्षित राख्छन्। संयोग मात्र होइन कि असैनिक सङ्गठित भ्रष्टाचार नेपालको पूर्वाधार विकास योजनामा विश्व ब्याङ्क तथा एसियाली विकास ब्याङ्कको प्रवेशसँगै तीसको दशकपछि तीब्र गतिमा बढेको हो। सङ्गठित भ्रष्टाचार प्रक्रिया मिलाएर गर्ने गरिन्छ, त्यसैले चर्चा अनुसारको प्रमाण कहिल्यै फेला पर्दैन। तर ऋण लिएर निर्माण गरिएका पूर्वाधारहरूको लागत-लाभ अनुपातले योजना छनोटको चरणदेखि नै त्यस्ता खर्चिला आयोजनाहरूले संस्थागत गर्ने गरेका विसङ्गतिहरूको कथा सुनाइरहेको हुन्छ। द्विपक्षीय सहायताहरूको लेखाजोखा गर्ने हो भने त्यस्ता आयोजनाहरूसँग सम्बद्ध विकृतिहरू कम कहालीलाग्दा छैनन्। विदेशी परामर्शदाता, विदेशी निर्माण ठेकेदार, विदेशी प्रविधि तथा आयातीत सामग्रीहरूमा आधारित मध्यमस्र्याङ्दी जस्तो जलविद्युत् आयोजना होस् वा सिन्धुली-बनेपा सडक, ठूला परियोजनाहरूले राष्ट्रको अर्थ-व्यवस्थाका लागि प्रायशः सेता हात्ती पाल्नुपर्ने बाध्यता उत्पन्न गराउँछ। वैदेशिक प्रत्यक्ष लगानी अत्यन्त न्यून रहेकाले तिनको समग्र प्रभाव ठम्याउन नेपालका दृष्टान्तहरू पर्याप्त छैनन् यद्यपि, काठमाडौँका जुवाघरहरूले फैलाएको विलासिताको जालोमा मा'वादीसँग सम्बद्ध मजदुर नेताहरू सजिलै फस्नुले बाहिरिया लगानीकर्ताहरूको प्रलोभन नीतिका कथाहरू राम्रैसँग व्याख्या गर्न सफल छन्। प्रत्यक्ष लगानीले सिर्जना गर्ने रोजगारीले निरपेक्ष दरिद्रता (खान लाउन नपाउने अवस्था) घटाउन मद्दत त गर्दछ, तर पूँजी निवेशकर्ताहरूलाई लोकहितकारी ऐननियमको परिधिभित्र राख्न सकिएन भने फैलिँदै गएको सापेक्ष गरिबी (मकै रोटी र म्याकडोनाल्डबीचको फरक) बाट उत्पन्न अस्तव्यस्तताले सारा समाजलाई असन्तोष र अनिश्चितताको भुमरीभित्र हुल्न सक्दछ। नेपाल संसारको दरिद्रतम राष्ट्रहरूमध्ये एक त हुँदै हो। तर, त्यसभन्दा ठूलो त्रासदी के हो भने धनी र गरिबबीचको खाडल मा'को मुलुक चीनपछि एसियामा दोस्रो सबभन्दा ठूलो मा'वादी शासित नेपालमा छ। विकासे अर्थ-राजनीतिको सबभन्दा स्पष्ट परिसूचक प्रभाव वैदेशिक सहायता वृद्धि एवं मोटर तथा पेट्रोलियम पदार्थ आयातबीचको अन्तरसम्बन्धमा देख्न सकिन्छ। नेपालको उच्च तथा मध्यमवर्गीय विश्लेषण अनुसार कार अब विलासिताको वस्तु रहेन, शहरी जीवनको आवश्यकता भइसक्यो। तर, पश्चिमी एसियाका मरुभूमिहरूमा श्रम गरेर प्राप्त भएको विप्रेषणमा आधारित अर्थतन्त्रले बहुमूल्य विदेशी मुद्रा पेट्रोलियम पदार्थको आयातमा खर्च गर्दै जाने हो भने वञ्चित समूहहरूले अहिले बाटो मात्रै बन्द गर्ने गरेका छन्, भोलि के गर्ने हुन् यसै भन्न सकिन्न। सहकार्यको संस्कृति प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |