हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रमझम
क्यान्स्मा थ्रेसहोल्ड

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

चौखठीमा गर्दै आशा मगराती र रञ्जु झा।

पूर्वी तराईको मधेशी समुदायमा घरको चौघेरामा सीमित महिलाको कथामा छोटो फिल्म चौखठी निर्माण गर्दा दीपक रौनियारले संसारको सबैभन्दा ठूलो फिल्म महोत्सव फेस्िटभल दि क्यान्स्को बारेमा सोचेकै थिएनन्। २६-३० मङ्सिरमा राजधानीमा सम्पन्न विश्वका १८ देशका ६६ फिल्म सहभागी काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २००८ (किम्फ)मा विदेशी फिल्मसँगको प्रतिस्पर्धामा अब्बल सावित भएलगत्तै दीपकको थ्रेसहोल्ड (चौखठी) क्यान्स्मा सहभागी हुनेभएको छ। पेरिसमा रहेकी शोभा चन्दको सहयोगमा फिल्म दर्ता
गराएको बताउँदै दीपकले भने “क्यान्स्मा मेरो फिल्म संयोग र केही साथीभाइको सहयोगले पुगेको हो।”

निर्देशक दीपक रौनियारयात्रामा
निर्देशक रौनियारका अनुसार ३० वैशाखदेखि ८ जेठसम्म फ्रान्समा हुने महोत्सवको ३५ मिनेटभन्दा छोटा फिल्म सर्टफिल्म कर्नर भन्ने शोकेस मा देखाइनेछ। यसका साथै, क्यानडा सरकारले गर्ने स्पेशल क्यान्स २००९ नामक छोटा चलचित्र प्रतिस्पर्धामा भने यो प्रतियोगीका रूपमा मात्र सहभागी हुनेछ। छोटा फिल्महरूको मूल प्रतिस्पर्धामा सहभागी हुन १५ मिनेटभन्दा छोटो फिल्म हुनुपर्नेमा चौखठी ३० मिनेटको भएकोले त्यसमा आवेदन नदिएको उनले बताए।

पत्रकारिताबाट चलचित्रतिर लागेका रौनियार किम्फको सफलतापछि क्यान्सको सहभागिताले निकै उत्साहित छन्। क्यान्सअघि केदार शर्माको निर्देशनमा बन्ने एक वृत्तचित्रका लागि मलेशिया जान लागेका दीपक फ्रान्स यात्रापछि नयाँ फिल्मको योजना बनाउँदैछन्।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क