हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
पुस्तक
समयको पहिचान

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

समय चेतना लेखकः नीलाम्बर आचार्य
मूल्यः रु.२००
पृष्ठः १९६
प्रकाशकः जगदम्बा प्रकाशन

नेपाललाई राजनीतिको परीक्षणशाला बनाउने खतरा देखिरहेको छु- यदि त्यो खतरालाई खरानी बनाउन सकेनौं भने हामी र हाम्रा सन्ततिले धेरै कष्ट पाउनेछन्।

लोकतन्त्र र विधिको शासनका पक्षमा समर्पित राजनीतिक विश्लेषक नीलाम्बर आचार्यद्वारा लिखित समय चेतना नामक पुस्तकमा मुलुकको भविष्यप्रति यसैगरी पटक-पटक चिन्ता व्यक्त गरिएको छ। भर्खरै बजारमा आएको प्रस्तुत पुस्तकमा राजनीतिक चिन्तक आचार्यले २१ असोजदेखि २३ कात्तिक २०६५ सम्मका हरेक दिन जस्तो सोचाइ आउँछ त्यस्तै लेखेका छन्। नेपालको भविष्यबारे हरेक बिहान उनी घोत्लिन्छन्। र, तिनै विषयवस्तु पुस्तकमा उल्लेख गर्छन्।

२०४७ सालको अन्तरिम सरकारका न्याय तथा कानून मन्त्री आचार्य हाल संविधानसभा सदस्य छन्। व्यवस्थापिका संसद् बैठक घोषित समयमा शुरु नहुँदा हुने घण्टौंको पर्खाइ, संविधानसभा बैठकहरू कहिले बस्लान् र संविधान निर्माण प्रक्रिया शुरु गर्लान् भनेर दिन, हप्ता र महिनाको पर्खाइ, देशको काम गर्नेले काममा ध्यान कहिले लगाउलान् भन्ने पर्खाइ, वचन दिनेहरूलाई आफ्नो वचन पूरा कहिले गर्लान् भन्ने पर्खाइ, काम गर्ने म्याद सर्दै जाँदाको पर्खाइ! यी र यस्ता दिक्कलाग्दा पर्खाइका दिनमा समय चेतना लेखन शुरु गरेका आचार्यले समयको पहिचानअनुरुप काम नगर्ने हो भने अग्रगमन भनेर गरिएका कतिपय कामहरूले समेत प्रतिगमनको स्वरुप लिने बताएका छन्।

मीनरत्न बज्राचार्य
“समय समान छ, यसले धनी हुन् वा गरिब; साना हुन् या ठूला, कसैप्रति पनि भेदभाव गरेको छैन। दिन सबैका लागि २४ घण्टाकै हुन्छ। समयको सदुपयोग गरेर अमेरिका जस्ता मुलुकले विकासको शिखर चुमिसकेका छन् भने सदुपयोग गर्न नसक्दा नेपाल जस्ता मुलुक पछाडि परेका छन्”, आचार्य आफ्ना हरेक दिनको लेखमा समयको महत्व यसरी प्रष्ट्याउँछन्।

नेपालमा समयको चेतना केही बढे पनि विकासको गति धेरै धीमा छ, लेखक यसमै सन्तोष लिँदैनन्। उनी लेख्छन्, “समय चेतनाको विस्तार नगरी गरिने विकासका कुरा समेत कोरा गफ मात्र हुन जानेछन्।” समयको चेतना मात्र होइन विकासका लागि पनि चेतनाको अपरिहार्यता दर्शाएका छन्। यसो भनेर पुस्तकमा उनले निराशा मात्र पोखेका छैनन्, केही आशा पनि जगाएका छन्। उनी लेख्छन्, “देश बनाउन निराशालाई आशामा, आशङ्कालाई विश्वासमा र आलस्यलाई जाँगरमा परिणत गर्नुपर्दछ।”

संसद्, प्रजातन्त्र, राजनीतिक दल एवं राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा पनि चर्चा गरिएको पुस्तकमा उनले बीपी, पुष्पलाल, गणेशमानलगायतका राजनेताहरूका कतिपय प्रसङ्ग समेत उल्लेख गरेका छन्।

धर्म संस्कृतिप्रतिको उनको मोह पनि पुस्तकमा झ्ल्कन्छ। परम्परा र संस्कार जोगाउन दशैंतिहार जस्ता चाडको महत्व मात्र होइन परम्पराका नाममा समाजमा विद्यमान कुरीति पनि उनले औंल्याएका छन्।

सरल र सहज भाषाशैलीको यस पुस्तकले समयको चेतनाका विषयमा मात्र बोलेको छैन बरु प्रगति र उन्नतिका लागि अपरिहार्य अन्य चेतनाका विषयमा पनि सचेत गराएको छ। र लेखकले पनि आउँदा दिनमा संविधानसभा चेतना र निर्वाचन चेतनाबारे अरू पुस्तक लेख्ने विचार पुस्तकमै व्यक्त गरेका छन्।

रामजी दाहाल


पुरुष अन्तर्मनको अनुभव

सम्बन्धहीन सम्बन्धहरू लेखकः बबिता बस्नेत
मूल्यः रु.२००
पृष्ठः १४४
प्रकाशकः म्याग लाइब्रेरी
“जीवन र सम्बन्ध एकअर्काका पूरक हुन्। समयानुसार सम्बन्धमा व्यक्तिको फरक भूमिका हुन्छ। सम्बन्धबाट व्यक्तिले मायाको अपेक्षा गरेको हुन्छ। सम्बन्धको दूरी बढ्दै जाँदा क्रमशः माया पनि टाढिँदै जान्छ”, पत्रकार बबिता बस्नेत यी र यस्तै विषयवस्तुमा केन्द्रित छिन्, कथा-सङ्ग्रह सम्बन्धहीन सम्बन्ध मा।

पुरुषले महिलासँगको सम्बन्ध राम्रो बनाउनुको सट्टा खराब नियतले शङ्का गर्ने जस्ता नेपाली समाजमा हुने गरेका घटनालाई सरल भाषा शैलीमा उनेकी छिन्, बस्नेतले। पत्रकारिताको जीवन, यससँग जोडिएका प्रसङ्ग तथा भोगाइलाई पत्रकारकी पत्नी र क्यामराम्यान जस्ता कथामा जीवन्तता दिन सफल छिन् बस्नेत।

घरमा परिवार हुँदाहुँदै विवाहित पुरुषहरू परस्त्रीसँग नजिकिने प्रवृत्ति, आधुनिकताका नाममा बदलिने गरेका सम्बन्ध, प्रेमको बदलिँदो रुप अनि त्यसको शिकार महिला हुनुपर्ने विवशता, देशले भोगेको हिंसात्मक द्वन्द्व अनि जनआन्दोलनसम्मका विषय समेटिएका सम्बन्धहीन सम्बन्धहरू मार्फत नै पत्रकार बस्नेतको नामसँग साहित्यिक पुस्तक लेखकको परिचय सम्बन्धन हुन पुगेको छ। प्रस्तुत पुस्तक विभिन्न समयमा पत्रपत्रिकामा लेखेका १४ वटा कथाको सँगालो हो।

कथाकार महिला भएकैले हुनसक्छ; सम्बन्ध, बिछोड, दुर्व्यवहार अनि सङ्घर्ष महिलाले सँगसँगै भोग्नु परेको पीडाहरूलाई मार्मिक तरिकाबाट बुन्दै प्रस्तुत कथाहरूमा देखाइएको महिला पात्रका नियति, तिनको अत्यधिक सकारात्मक चित्रण र दिइएको उच्चस्थान; बदलिएको समाजको सही चित्रण हो/होइन भन्नेमा चाहिँ घोत्लिनै पर्ने हुन्छ।

गोविन्द लुइँटेल

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क