|
|
||||||||
|
रमझम
पारिजातको कृतिमाथि खेलवाड
केन्द्रका अध्यक्ष महेश मास्के अनुमतिबिना छायाङ्कन भएको सुन्दा आश्चर्यचकित छन्। भन्छन्, “यस्ता गैरकानूनी काम नरोके कानूनी कार्वाही गर्छौं।” निर्माता राजथलाले चलचित्र निर्माण गर्ने आधारको दाबी गरेपनि केही भन्दैनन्। केन्द्रले राजथलालाई उपन्यासमाथि चलचित्र बनाउन २९ मङ्सिर २०६१ मा अनुमति दिएको थियो। सम्झौतामा सेल्युवाइड चलचित्र निर्माण गरी २०६३ भित्र प्रदर्शन गरिसक्नुपर्ने थियो। केन्द्रकी सदस्यसचिव लक्ष्मी माली भन्छिन्, “सम्झौता भएको समयमा चलचित्र नबनाए पनि पैसा किन फसाइदिने भनेर सम्पर्क गर्दा पनि आएनन्। चलचित्र बनाउने भन्दै ठगी गर्न थालेपछि असार २०६४ मा स्वीकृति खारेज गरेका हौं।” उनी थप्छिन्, “कृतिमाथि ठूलो खेलबाड गरिएको छ। हामी प्रदर्शन गर्न दिँदैनौं।”
राजथलाले तुलसी घिमिरे, प्रकाश साय्मि, ज्ञानेन्द्र देउजा, रेशराज आचार्यलगायतका निर्देशकसँग सम्झौता प्रक्रिया अघि बढाए पनि नामै नसुनिएका विपिनजङ्ग राणालाई लिएर चलचित्र निर्माण शुरु गरेका थिए। निर्देशक साय्मि आफूसँग सम्झ्ौता भएको बताउँदै भन्छन्, “शिरीषको फूल जस्तो प्रतिष्ठित कृतिको नाम भजाएर गम्भीर फट्याइँ हुँदैछ।” साय्मिसँगको विवाद र बजेट अभावमा छायाङ्कन रोकिएको लामो समयपछि म्युजिक भिडियोका सहायक निर्देशक नरेश केसीलाई निर्देशक बनाएर राजथलाले भिडियो फर्म्याटमा फेरि छायाङ्कन गरे पनि ६० प्रतिशत जति छायाङ्कनपछि फेरि रोकिएको थियो। निर्देशक केसीले चलचित्र निर्माणमा मध्यस्तकर्ता पत्रकार तथा कवि शशि लुमुम्बुलाई हनुमानढोका प्रहरी पुर्याए। शशि भन्छन्, “शुरुमा राम्रै होला भनी काम गरें पछि त शिरीषको फूलको नाममा ठगी गर्दै हिँड्ने, पैसा दिए विदेश जान पाइन्छ भन्दै पैसा उठाएको विरोध गर्दा झुठो लाञ्छना लगाए।” अहिले फेरि चलचित्र छायाङ्कन कार्य धमाधम भइरहेको छ। जापानी निर्देशक तोसिआकी नेपाली भाषा पटक्कै जान्दैनन्। कतिपय त राजथलाले निर्देशकमार्फत जापान छिर्ने योजना बनाएको आरोप लगाउँछन्। चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य सुमन दाहाल नेपालमा राम्रा निर्देशक हुदाँहुँदै जापानी निर्देशक राख्नुले शङ्का गर्ने आधार देखिएको बताउँछन्। ऋषिराम कट्टेल प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |