|
|
||||||||
|
आवरण
व्यापार सम्राट
कम्युनिष्ट सत्तामा समेत निजी व्यापार गरेर आफ्नो सीप खारेका डा. महतो सोभियत संघमा १९९० मा कम्युनिष्ट शासन ढलेपछि उदाएको खुला अर्थतन्त्रमा पनि खेल्न सफल भए। उनी अहिले अलेक्सान्द्र मिल्याएभ्स्की भन्ने एक रूसीसँग बराबरको साझ्ोदारीमा काम गरिरहेका छन् भने कतिपय व्यवसायमा नेपालीहरूसँग पनि साझ्ोदारी छ। विदेशमा पेट्रोलियम, हेभी मेशिनरी, निर्माणसामग्री, इलेक्ट्रोनिक्स्, रिएल एस्टेट, अफिस कम्प्लेक्स्, शपिङ मल, ब्याङ्किङ र वित्तीय क्षेत्रमा करोडौं डलरको लगानी गरेका उनले नेपालको स्वास्थ्य, शिक्षा, सञ्चार, मिडिया, जलविद्युत् र ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा पनि ठूलै पूँजी लगाएका छन्। हाल काठमाडौं-हेटौंडा-वीरगञ्ज विद्युतीय रेलमार्गजस्तो मह140वाकाङ्क्षी परियोजनामा लागेका डा. महतो २०० मेगावाट भन्दा बढी क्षमताका दुई-तीन वटा जलविद्युत् आयोजनाको सर्भे गर्दैछन्। सिन्धुपाल्चोक, बाह्रबिसेमा २.५ मेवाको सुनकोशी जलविद्युत् अयोजना निर्माण गरेको सानिमा हाइड्रोपावरले इलाममा निर्माण गर्न लागेको २५ मेवाको माइखोला आयोजनामा पनि उनी संलग्न छन्। नेपालमा स्तरीय शिक्षा र स्वास्थ्य सुविधा विकास गरेर बाहिर गइरहेको पैसा रोक्नुका साथै विदेशको पैसा समेत तान्न सकिनेमा विश्वस्त उनी कान्तिपुर इञ्जिनियरिङ र एक्मे कलेजको आधारमा प्राविधिक विश्वविद्यालयको स्थापना तथा मेडिकेयर नेशनल हस्िपटललाई अन्त17र्4ाष्ट्रियस्तरको अस्पतालको रुपमा विकास गर्दैछन्। सरकारी एकाधिकार र सेवाको स्तरलाई चुनौती दिँदै डा. महतोले कजाखस्तानी व्यापारिक समूह भाइजर इन्भेष्टमेन्ट फण्डसँग मिलेर भित्र्याएको तथा हाल युरोपको टेलिसोनेरा एसिया होल्डिङ्स सँगको साझ्ोदारीमा चलाइरहेको मेरो मोबाइलले आक्रामक ढङ्गले सेवा विस्तार र सुधार गर्दैछ। पशुपतिमा आधुनिक किरियापुत्री भवनबाट सामाजिक कार्यमा हात हालेका डा. महतोले सिरहाको बन्दीपुरमा १०१२ विद्यालय स्थापना गरेका र आफ्नो जन्मथलो सिरहाकै कर्जन्नाहमा अस्पताल निर्माण गर्दैछन्। अस्पताललाई आवश्यक जनशक्ति तयार पार्न स्थानीय युवालाई छात्रवृत्ति उपलब्ध गराउने योजना छ। नेपालीले जहाँ जति कमाए पनि देश समृद्ध नभएसम्म केही हुँदैन भन्ने डा. महतोको नेतृत्वमा अघि बढेको गैरआवासीय नेपाली अभियानले गर्दा पहिले-पहिले नेपाल खत्तम छ भन्ने विदेशका नेपाली समेत देश बनाउन मैले के गरें त भन्ने सोच्न र केही न केही गर्न थालेका छन्। आफ्नो क्षमता हेरेर र योजना बनाएर इमान्दारी तथा मेहनतसाथ काम गर्ने हो भने जुन क्षेत्रमा पनि सफल हुनसकिने डा. महतोको विश्वास छ। अहिले आर्थिक रूपले वामे सरिरहेको नेपालमा काम गर्न खोज्नेलाई अवसर नै अवसर देखेका उनी रूसमा आफू छिटै माथि उठ्नुको एउटा कारण पनि नयाँ अर्थतन्त्र निर्माणमा निजी क्षेत्रले पाएको अवसर नै ठान्छन्। द्वन्द्वकालमै नेपालमा लगानी गर्न थालेका डा. महतोले अहिलेसम्म मझौलास्तरको व्यावसायिक साम्राज्य खडा गरिसकेका छन्। विदेशी लगानीसँगसँगै देशभित्र सहकारितामा आधारित सामुहिक लगानी प्रबर्द्धन गर्दै जाने उनको सोच छ। द्वन्द्वको सही समापन र राजनीतिक स्थायित्वसँगै नेपाली अर्थतन्त्रमा लगानी वृद्धि गर्दैजाने र पूँजी मात्र होइन, व्यावसायिकता र पारदर्शिता पनि ल्याउने गम्भीर अभिभारा डा. उपेन्द्र महतोको काँधमा छ। बद्री पौड्याल
आकासिंदो व्यवसायी
१२ बर्षअघिसम्म बीरेन्द्र पसलबाट उधारोमा गुजारा चलाउँथे। भन्छन्, “दुई-चार हजार उधरो तिर्न महिना कुर्नुपर्थ्यो।” आफन्तको सरसल्लाहमा वायुसेवामा हात हाल्ने सोच बनाएर भाइ शिबेन्द्रका साथ विभिन्न ठाउँबाट रु.१ करोडजति सरसापट र करिब रु.६ करोड ५० लाख ऋण खोजे। जहाजविक्रेता अमेरिकी कम्पनी बिचक्राफ्ट रेइथोन लाई दुईवटा जहाजको कूल मूल्यको १० प्रतिशत बुझाए, ९० प्रतिशत किस्तावन्दीमा तिर्दै जाने गरी कम्पनीले फाइनान्स गर्यो। यो ठाउँसम्म आइपुग्न उनले जीवनमा कैयन हण्डर खाएका छन्। बुढानीलकण्ठ स्कूलको दोस्रो ब्याचका यी मेधावी छात्रले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पूरा गर्न सकेनन्। भौंतारिंदै सेनामा भर्ती हुनखोजे, त्यहाँ पनि आँखा कमजोर भएकोले फालिए। १९ बर्ष भइसक्दा पनि केही गर्न नसकेपछि निराश भएर गाउँ फर्कने मनस्िथतिमा पुगेका थिए, बाबुले सम्झाएर वनारस पढ्न पठाए। बनारसबाट आइकम गरेपछि केही उत्साही भएर फर्किएका बीरेन्द्रले विराटनगरमा बीकम पनि गरे। वनारसमा सिकेको भरमा गाउँमा माछाका भुराको व्यावसायिक उत्पादन पनि शुरु गरे। त्यहाँबाट केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो र त्यही आत्मविश्वासले उनी आज यो ठाउँमा आएका हुन्। हवाइ व्यवसायमा बीरेन्द्रलाई सीप र भाग्य दुवैले साथ दियो। बुद्ध एअरको दुई चरा उडेको लोगो र पहेंलो-नीलो रंगका हवाइजहाजले नेपालीमाझ छुट्टै पहिचान बनाए भने बुद्धको नामले विदेशीलाई पनि चिनारी दियो। अरुले सेकेन्ड ह्याण्ड हवाइजहाज किने भने उनले बिचक्राफ्टका नयाँ हवाइजहाज ल्याए। र, हालै दुइटा अझै ठूला फ्रेन्च एटीआर थपिएका छन्। पहाडका अलि जोखिमपूर्ण एअरपोर्ट तथा राम्रो आम्दानी हुने लुक्ला, जोमसोमजस्ता ठाउँमा नगई उनका हवाइजहाज तराइका शहर, पोखरा र माउण्टेन फ्लाइटमा मात्र केन्द्रित भए। विभिन्न आन्दोलनबाट सडक अबरोध हुँदा बढेको हवाइयात्रीको सङ्ख्याले पनि बुद्ध एअरलाई निकै फाइदा गरायो। शुरुका पाँच बर्ष घाटा बेहोरेको बुद्ध एअरलेे पछिल्लो पाँच बर्षमा राज्यलाई रु.५६ करोड प्रत्यक्ष-अप्रत्यक्ष कर बुझाएको छ। बुद्ध एअरमार्फत छिटै ३०-३५ मेगावाटको जलविद्युत परियोजनामा लगानी गर्ने तयारी भइरहेको छ। कम्पनीले छोटो समयमा गरेको प्रगतिले बीरेन्द्र बस्नेतमा सामाजिक दायित्व र जिम्मेवारीबोध थपिएको छ। “अब समाजलाई नै सम्पन्न र समृद्ध बनाउने अभियानमा लाग्नेछु”, उनी भन्छन्। “यसका लागि व्यापारिक र सामाजिक सहकार्यलाई प्राथमिकता दिनेछु।” रामेश्वर बोहरा नाफा घाटाका विज्ञ
विराटनगरको व्यापारिक समूह मदनलालजी (मदनलाल चिरञ्जीलाल समूह) मा आवद्ध भई सन् १९६७ ताका जुट निकासी व्यापारमा चार वर्ष काम गरेका अग्रवालले सन् १९७२ मा हेटौंडामा स्थापित नेपालकै पहिलो बियर उत्पादक कम्पनी नेपाल बु्रअरीको व्यवस्थापन सम्हाल्ने मौका पाए। आयातीत बियरमा निर्भर बजारमा नेपाल ब्रुअरीले सन् १९८५ सम्म एकलौटी फाइदा उठायो। एक दशकको हेटौंडा बसाइँपछि सोही कम्पनीमा प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्न उनी राजधानी पुगे। सन् १९९८ मा नेपाल बु्रअरी भारतको युनाइटेड बु्रअरी गु्रपले किनेपछि उनी बाहिरिए। जेठो छोरा आनन्द बगारिया नेपाल आएर सहयोगको हात बढाएपछि उनी दैनिक उपभोग्यवस्तुलगायत छिटो खपत हुने तयारी दाना ल्याउने क्रममा निम्बसले शक्ति फिड ब्राण्डमा आर्थिक वर्ष २०६०-६१ मा उत्पादन शुरु गरेपछि कुखुरापालक नेपाली किसानको लागत मात्र घटेन उत्पादन वृद्धि भएर प्रतिस्पर्धी क्षमता पनि बढायो। अहिले अग्रवाल गाईभैंसीलाई चाहिने दाना उत्पादनको तयारीमा छन्। यसैगरी खाने तेल, मकैको बीउ तथा पिना उत्पादन गर्ने उनको योजना छ। तत्काललाई आयातीत भटमासबाट पिना उत्पादन गर्ने योजनामा रहेका अग्रवाल आफ्नो कम्पनीको मागले मुलुकभित्र समेत यसको व्यवसायिक खेतीका लागि किसानहरु प्रोत्साहित हुने बताउँछन्। मकैबिउको व्यावसायिक उत्पादनका लागि प्रख्यात बहुराष्ट्रिय अमेरिकी कम्पनी मोसान्टोसँग अग्रवालले सम्झौता गरिसकेका छन्। मुलुकको आर्थिक विमर्शमा सधैँ अवमूल्यन हुने गरेको कृषि क्षेत्रको आवश्यकतालाई कृषककै उत्पादनमार्फत पूरा गरेर सफलताको उचाइ नाप्दै गरेका अग्रवाल छिमेकका दुई ठूला बजारले दिएको प्रशस्त संभावनालाई दोहन गर्न नसकिएकोमा खिन्न छन्। राजनीतिक समस्यामा अल्झ्िारहँदा आर्थिक मुद्दा 'झ्ोलमा परेको बताउँदै उनी भन्छन्, “आर्थिक विकासका प्रमुख आधार कृषि, पर्यटन र जलस्रोतलाई एउटा रणनीति अन्तर्गत व्यवस्िथत रुपमा अघिबढाउन सके नेपालको कायापलट हुन्छ।” अरुले गरुन् नगरुन्, जगदीश अग्रवाल चाहिँ नेपालको कायापलट गराउनेतर्फ अग्रसर छन्। रवि दाहाल, वीरगञ्ज प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |