|
|
||||||||
|
ऋतुविचार
नयाँ वर्षको सङ्कल्प
ऋतुराज
सम्वत् चलेको दुई हजार र पैंसट्ठी वर्षपछि आएर त्यसमा थपघट आवश्यक पर्नु र त्यस काममा नेपालका स्वनामधन्य ज्योतिषशास्3त्रीहरू अघिसर्नु निकै रमाइलो कुरा हो। एक महिना नै स्वात्त घटाउन सकिन्छ भने ह्वात्त बढाउन पनि सकिँदो हो। अहिलेको अवस्3था हेर्दा त कटौती गरेर छोट्याउने होइन कि महिना थपेर साललाई लम्ब्याउनुपर्ने पो देखिन्छ। किनभने अब नयाँ नेपालका लागि ३६५ दिनको वर्षले पुग्नेवाला छैन। नयाँ वर्ष नै हाम्रा थुप्रै छन्। विक्रम सम्वत् छँदैछ, नेपाल सम्वत् आफ्नै भइहाल्यो। ल्होसार नै तीन तीनवटा छन्। समावेशी भइसकेपछि ग्रेगोरियन पात्रोलाई छाड्नै भएन। हिजरी र जैन सम्वत्लाई पनि समेट्नै पर्यो। अनि शक सम्वत्लाई पनि बिर्सन मिलेन। त्यो त झ्न् पुरानो सम्वत्। चाडवाडका कुरै अर्को छ। जति जातजाति छन् तिनका आ-आफ्नै चाडपर्व छन्। प्रत्येक सङ्क्रान्ति, एकादशी, पूर्णिमा सबैका आ-आफ्नै महिमा र महतव छन्। कसै न कसैको चाड परिहाल्ला। हरेकका चाडपर्वलाई राष्ट्रिय पर्व मानेर बिदा दिनै पर्यो। थोरै भनेर राउटे र कुसुन्डालाई पनि छाड्न मिलेन। उनीहरूका चाडको पनि हिसाब राख्नै पर्यो। नत्र समावेशीकरण हुने भएन। यसप्रकार नयाँ वर्ष र चाडपर्व मात्रै हिसाब गर्ने हो भने पनि घटीमा तीन चार महिनाको बिदा त नेपाल राष्ट्रलाई यसै चाहिन्छ। अनि त्यसपछि आउँछन् बन्द, हड्ताल र चक्काजामका पर्वहरू। तिनका लागि त ६ महिना छुट्याउँदा पनि कम होला। ५२ शनिबारको कुरै नगरौं। त्यसैले ३६५ दिन अपुग हुन्छ भनेको। कामकाजका लागि पनि त केही दिन हातमा राख्न पर्यो! मङ्गल ग्रहको एक वर्षमा ६८७ दिन हुने वैज्ञानिकहरू बताउँछन्। हाम्रा ज्योतिषीहरूले सोही बमोजिम गणना गरी मङ्गल ग्रहकै हाराहारीमा वर्ष तोकिदिए साह्रै असल हुनेथियो। हामीलाई सबै खाले नयाँ वर्ष, चाडपर्वको बिदा मनाएर बन्द, हड्ताल, तोडफोड, चक्काजाम गरिकन पनि केही काम गर्ने समय मिल्नेथियो। मङ्गल ग्रहमा हुन्छ भने यस पृथ्वीग्रहमा पनि मिल्नुपर्ने हो। यस पटक विक्रम सम्वत्को नयाँ वर्ष मनाउँदा क्यालेन्डरलाई तानतुन गरेर मङ्गल ग्रहकै जस्3तो ६८७ दिनको साल बनाउने सङ्कल्प हामी सबैले गर्ने हो कि? पारसपत्थर गद्दी गुमेको पीरलाई गिलासमा डुबाउँदा होलान्। निराशा प्रदर्शन गर्नलाई यहाँ जस्तो मान्छे कुटी हिँड्न त्यहाँ पाइँदैन। क्यासिनोतिर गोली पड्काइहिँड्न पनि पाइँदैन। कान्तिपुरमा छँदा अर्कै कुरा थियो, सिङ्गापुरमा रहँदा अर्कै कुरा हो। सिङ्गापुर त लि कुआन युले कज्याएर सधाएको देश हो। छिरिक्क गर्यो कि लैजान्छ चुर्मुर्याएर। चुइङ्गमले फोहोर पार्यो भनेर त्यसको व्यापार नै बन्द गर्ने देश हो त्यो। क्यासिनोमा दुईचार दाउ लगाउँ भनेर हात चिलाएमा पनि मलेसियाको गेन्टिङ हाइल्यान्डमा पुग्नु पर्दो हो। यहाँको जस्तो यहीं रोयल क्यासिनो, त्यहीं अन्ना क्यासिनो, यहीं एभरेष्ट क्यासिनो, त्यहीं भेनस क्यासिनो कहाँ पाउनु त्यहाँ? नाम नखुलेको कालो पदार्थफेला परे त सीधा चाङ्गी कारागारमा चलान हुनुपर्छ र त्यहाँबाट कसैले जिउँदो उम्केर आउँला भनी चिताउनुपर्दैन। त्यस्तो ठाउँमा पारसलाई दिन काट्नु साह्रै गाह्रो हुँदो हो। उनीबारे निकै कुरा उनले त्यहींको एउटा पत्रिकालाई दिएको अन्तरवार्ताबाट थाहा भयो। ठूलै प्रतिज्ञा गरेर त्यो पूरा नभएसम्म चुल्ठो नकाट्ने कसम खाएकाले हो या आफ्नो पहिचान लामो चुल्ठोसितै गाँसिराख्ने सुर कसेकाले हो पत्रिकामा छापिएको फोटो हेर्दा चुल्ठोचाहिँ राखेकै रहेछन्। त्यसै अन्तरवार्तामा उनले आफू राजा हुन योग्य नभएको र भविष्यमा देशका लागि केही गर्न तत्पर रहेको कुरा पनि खोलेका छन्। आफ्नो बिराम बुझनु भनेको महानताको लक्षण हो। उनलाई त्यो शुद्धि त्यहाँ गएर आएछ। राजा नभए पनि देशका लागि केही गर्ने उनको सदिच्छा चाहिँ ध्यानयोग्य छ। यता उनका पिताश्री हिन्दुस्3तानमा दैलादैलामा गएर हृदयका कुरा गरिहिँडेको बताइन्छ। उता पारस, देशका लागि अझ्ै केही गर्न सक्छु भनेर तम्सन्छन्। जति कसरत गरे पनि उनका पिताश्रीको ह्याटि्रकअब सम्भव नहोला। त्यसैले नातिका लागि बल गरिराछन् भन्ने हल्ला व्यापक छ। यदि उनको त्यो मुराद इतिहासको क्रूर चक्रले कथं पूरा गरिदियो भने शिशुराजाका लागि एक जना नायब त चाहिने छ। त्यसो भएमा त्यो रोल पारसले पाउन सक्नेछन्। बहादुर शाहले पनि त्यस्3तै नायबको भूमिका निर्वाह गरेका थिए रणबहादुर नाबालिग रहँदा। पारस त्यो पत्थर हो जो आफू त सुन होइन, तर अरू धातुलाई छोएमा त्यो सुनमा परिणत हुन्छ। के थाहा, पारसले नायबका रूपमा किम्बदन्तीको त्यही पारसपत्थरको काम गर्न पनि सक्लान्। राजाबिना आफूलाई टुहुराटुहुरी ठान्नेहरूलाई यस्तो सम्भावनाले केही दिलासा मिल्ला कि र उनीहरूलाई नयाँ वर्षमा अतिरिक्त उत्साह मिल्ला कि? पिन्चेहरू प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |