खुल्ला ढोका चित्रकला प्रदर्शनीको क्रममा काठमाडौं एनिमल टि्रटमेण्ट सेण्टर (क्याट)को लागि सहयोग जुटाउन २३ कात्तिकमा त्यहीँ भएको कुकुर पूजा तथा डग वाल्क कार्यक्रमले प्रदर्शनीमा रौनक थपेको थियो। चित्रकला प्रदर्शनी अवलोकनपछि युवराज्ञी क्यामिला पार्कर र ६५ कुकुर धनीले आफ्ना कुकुरलाई नेपाली परम्परा अनुसार फूलमाला लगाएर पूजा गरेका थिए। पूजा र स्थानीय ग्रीन पार्कमा सम्पन्न डग वाल्क को खबरले बेलायती सञ्चारमाध्यमहरूमा राम्रै प्राथमिकता पाएको थियो। नेपालमा आफूले देखेको कुकुर पूजाबाट प्रभावित भएर सिलिया वासिङ्गटनले बेलायती कुकुर प्रेमीहरूका लागि यस्तो कार्यक्रमको आयोजना गरेको बताइन्। सङ्गीता थापाका अनुसार पूजामा सहभागिताका लागि हरेक कुकुरधनीले आयोजकलाई १० पाउण्ड (करिब रु.१२५०) बुझाएका थिए।