HimalKhabar.com :: A Complete Nepali Political News Portal
दस्तावेज
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ) प्रधानमन्त्री पुष्पकमल दाहालले १७ फागुन, २०७३ मा राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
 चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड
चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड ज्ञानमणि नेपाल कोही नेपालमाथि थिचोमिचो गर्न आयो भने चाहिं नेपालीहरू नेपालको शानको लागि ज्यान फाल्न पनि तयार हुने महाराजले बताएका छन्। लाछी भएर बाँच्नु भन्दा लडाईंमा वीरगति पाउनु कता हो कता ठूलो कुरा हो भन्दै महाराजले रेजिडेन्टलाई सम्झाए, “आफ्नो स्वतन्त्रता बचाउनलाई नेपाल कहिल्यै पछि हट्ने छैन, हाम्रा मित्र ब्रिटिशले पनि त्यस्तो कुरा गर्ने छैनन् र नेपाललाई स्वतन्त्र राख्नमा तिनको पनि भलाइ छ।”पहिले जंगबहादुरले ब्रिटिश रेजिमेन्टमा गोर्खाली रिकुट भर्ना हुन दिएनन्, बरु भर्ना गर्न लैजानेलाई ज्यान सजायसम्म दिए। रणोद्दीप सिंहको पालामा पनि यो कुरा कायम रह्यो। युवालाई बाहिर जान दिंदा मुलुककै तागत घटछ, देश कमजोर हुन्छ भन्ने नेपालीका मनमा रहेको जान्दाजान्दै पनि आफूले दोस्तीको खातिर त्यो प्रतिबन्ध फुकुवा गरेको महाराजले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा दिएको वक्तव्यको पूर्ण पाठ
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा दिएको वक्तव्यको पूर्ण पाठ "७ माघ २०७४ भित्र सबै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्नु छ । त्यसैले, निर्वाचनजस्तो संवेदनशील विषयमा राजनीतिक लाभहानि नहेरी उपयुक्त वातावरण बनाउन म सबै दलहरूलाई विशेष आव्हान गर्छु ।सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने छ ।यसै वर्ष कम्तिमा १ लाख ५० हजार नागरिकलाई विद्युतीय राष्ट्रिय परिचय पत्र दिइने छ । छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिनेछ । आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने छ । "
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति -ज्ञानमणि नेपाल“चीनलाई नेपालमा जम्न ब्रिटिश सरकारले कहिल्यै दिने छैन”, सं. १९६४ मा अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथले बोलेको यही वाक्य अहिले २०७३ सालमा पनि स्वतन्त्र भारतका नेपालनीतिका जानिफकारहरू दोहोर्‍याइरहेका छन्। भारतले बारम्बार नाकाबन्दी गरेर नसताएको भए नेपालले पुरानो मित्रराष्ट्र चीनसँग बेपार, पारवहन तथा यातायात सन्धि गर्थ्यो त? अहिले भारतमा सञ्चार माध्यमले कोकोहोलो मच्चाइरहेका छन्, के भन्नु?त्यसबेला ब्रिटिश भारतका अधिकारीहरू चीनको त्रास देखाएर नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्थे। महाराजले पनि त्यो अनुभव गरेकै थिए। ब्रिटिश अधिकारीहरू भने सधैं यही कुरा उठाइरहन्थे। चीनको हाउगुजी देखाएर नेपाललाई कजाउने ब्रिटिश सरकारको नेपाल नीति थियो। आश्चर्य, आज डेढ सय वर्षपछि स्वतन्त्र भारतको नेपाल नीति त्यही छ।