सम्पादकीय – निरन्तरको खबर



नेपाली पाक्षिक हिमाल खबरपत्रिका, अंग्रेजी साप्ताहिक नेपाली टाइम्स र अंग्रेजी मासिक वेभ म्यागाजिन पेश गर्दै आएको हिमाल मिडियाले अनलाइन न्यूज पोर्टल हिमाल खबर डट कम पनि आजबाट पुनः संचालनमा ल्याएको छ । बहुलवादी लोकतन्त्रतर्फको यात्रामा हिंसारहित राजनीतिसँगै, नागरिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकार, सम्पत्तिमाथिको अधिकारलगायत लोकतन्त्रका सम्पूर्ण अवयवहरूको वकालत हिमाल को सम्पादकीय नीति रहिआएको छ । र, यसमार्फत नै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को नयाँ पहिचान र नेपाली जनताको समृद्धितर्फको यात्रा तय हुनसक्छ भन्ने हिमाल को विश्वास छ ।

२०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र पुनस्र्थापना भएपछि अहिले संविधानसभामार्फत लोकतान्त्रिक संविधान निर्माणको अन्तिम प्रहर प्रारम्भ भएको छ । संविधानसभाबाट निर्मित लोकतान्त्रिक संविधानबाट नै समृद्धितर्फको यात्रा शुरू हुने आम नेपालीको विश्वास छ । तर, यो विश्वास साकार हुने अन्तिम घडीमा नेपाली राजनीतिमा छाएको ‘जातिवादी’ सोच समृद्धितर्फको यात्रामा छेकवार बन्ने त होइन ? आशंका पनि बढ्दो छ ।

नेपाल र नेपालीको समृद्धि लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव छ भन्ने कुरा निकट विगतले प्रमाणित गरिसकेको छ । चाहे २००७ सालमा स्थापित प्रजातन्त्र होस् या २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र, दुवै समयमा जनमुखी सत्ताभ्यास नै भए, चुस्त वा सुस्त दुवै रूपमा । २०४६ सालमा पुनस्र्थापित प्रजातन्त्र नै हो, जसले सबै जाति, भाषा, धर्म, क्षेत्र, लिङ्गका नेपालीलाई आफ्नो अधिकारका लागि जागृत गरायो र सडक, बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विकासका पूर्वाधारहरूलाई गाउँ–गाउँसम्म पु¥यायो । त्यो प्रजातन्त्रले जनतालाई थुप्रै विषयमा आफ्नो निर्णय गर्न सक्ने स्थानीय स्वायत्तता समेत दिलायो ।

उत्पीडित जाति, भाषा, क्षेत्रका मुद्दाहरूको गतिशील सम्बोधन हुन नसक्दा २०६२-६३ को जनआन्दोलनपश्चात् पुनस्र्थापित लोकतन्त्रमा संघीय राज्यव्यवस्थामा जाने निर्णय गरिएको हो । यद्यपि, २०५२ मा शुरू भएको माओवादीको हिंसात्मक विद्रोहकै कारण प्रश्नवाचक अवस्थामा पुरयाइएको २०४८ पछिको ‘पुनस्र्थापित प्रजातान्त्रिक सत्ताभ्यास’को मूल्यांकन गरिनु ठीक हो, होइन भन्ने प्रश्नको तार्किक उत्तरबाट मात्र समृद्धिको ढोका खोल्ने नेपाली चाहनाको व्यवस्थापन निक्र्योल हुनसक्छ । किनभने, संविधान नै लेख्न नसकिएको चार वर्षको अवधि आफैंमा सिंगो व्यवस्थाको समीक्षा हुन सक्दैन ।

यी र यस्ता प्रश्नहरूको जवाफ खोजिनु जरुरी छ– नेपाली समृद्धिको ढोका खोल्ने नयाँ संविधान आउनुअघि । जसबाट कस्तो खालको राज्यव्यवस्था, शासकीय प्रणाली र न्यायिक संरचनाले नेपाली आकांक्षा पूरा गर्न सक्छ भनेर तय हुनसकोस् । यी विषयमा नेपाली राजनीतिका लागि सहयोगी हुने अपेक्षासहित हिमाल मिडियाले देशभित्र मात्रै झण्डै ४४ लाख प्रयोगकर्ता रहेको इन्टरनेट सञ्जालमा पुनः प्रवेश गरेको हो । करीब १६ लाखको हाराहारीमा पुगेको फेसबुक प्रयोगकर्ता नेपालीहरूबाटै समाजसेवाको क्षेत्रमा अनेकन् कोसेढुंगा खडा भइरहेको सन्दर्भमा हिमाल खबर डट कममार्फत् खबर, विचार र विश्लेषणको निरन्तर प्रवाहले नेपाली राजनीतिमा सहयोग पुग्ने निश्चित छ ।

यसअघि विविध कठिनाईका कारण दुई–दुई पटक स्थगन हुन पुगेको माघ २०६२ बाट सञ्चालित नेपाली भाषाको पहिलो न्यूज पोर्टललाई १० जेठ २०६९ देखि पुनः सञ्चालनमा ल्याइएको छ । हिमाल खबरपत्रिका को समाचार कक्षबाटै सञ्चालित यो पोर्टल पाठक–श्रोता–दर्शकका लागि सुरुचिपूर्ण बनाउन विशेष संवाददाता डम्बरकृष्ण श्रेष्ठको संयोजन प्रभावकारी हुनेमा हामी विश्वस्त छौं ।

–किरण नेपाल, सम्पादक

सम्पर्क

पोबनं। ७२५१ काठमाडौं
फोनः ५२५०३३३ ५२५०८४५
फ्याक्सः ९७७-१-५२५१०१३
इमेलः himalkhabar@himalmedia.com
  • rk

    Good starting !
    Best of luck and success.

    • Dineshprasain

      Congratulations! This was much needed.

  • Devendra Nepal

    ALL THE BEST 

    • Punya Bhandari

      अनलाइन न्युज साइटको भिडमा भिन्न ढंगले अघी बढ्नुहुन्छ भन्ने अपेक्षाका साथ शुभकामना ।
      # पुण्य

  • Devendra Nepal

    himal khabar patrika ko yo karya sarai sharaneeya cha bhadhai cha himal khabar patrika ra aadarina daju kiran nepal jee lai 

  • Tilak Shrestha

    Daily Khabar padhna payekoma Khusi chhu

  • Meghanath subedi

    nice move

  • http://twitter.com/aakarpost Aakar Anil

    Great Start again. Congratulations!

  • Indra Dhoj Kshetri

    Congratulations and all the best for the days ahead!

  • Bindesh Khanal

    All The Best !!!!
     

  • Sangam Uprety

    Congratulations!

  • DineshKumar Thapaliya

    जनतालाई हरपल सही सूचना र समाचारको आवश्यकता महसुस भईरहेको बेलामा हिमालमिडियाले पुनः अनलाईन पोर्टललाई सञ्चालन ल्याउने निर्ण्र्ाागरेकोमा पलपलका खबरका लागि उत्साहित हामीजस्ता खबरप्रेमीहरुका लागि उपयोगी हुने विश्वास लिएको छु । देशभर एउटा छुट्टै खबर संवाहकहरुको सञ्जाल नै निर्माण गरेर सही र यथार्थपरक समाचारलाई विश्वभरनै निमेषभरमा पुर्‍याउन सकोस्,अग्रगतिका लागि मेरो शुभकामना छ । 

  • http://www.facebook.com/Konnecting2Hearts Praveen Kumar

    बधाई छ हिमाल खबरपत्रिकाका  टीमलाई ! नेपाली पाक्षिक हिमाल खबरपत्रिका, अंग्रेजी साप्ताहिक नेपाली टाइम्स र अंग्रेजी मासिक वेभ म्यागाजिन पेश गर्दै आएको हिमाल मिडियाले अनलाइन न्यूज पोर्टल हिमाल खबर डट कम  पुनः संचालन ल्याएकोमा !!!

  • onlyFishInAquarium

     एकदमै खुशी लाग्यो। धेरै धेरै शुभकामना।
    कमेन्ट देवनागरीमा लेख्न मिल्ने बनाउनुहोला।

  • Nimreg

    All the best to Himal Team, The monopoly of particular media houses should be ended with the arrival of such reliable media . 

  • human

    congratulations Himalkhabar,the best magazine and webnews of nepal…wish you all the best !

  • Dhruba516

    Very nice news once again.

  • Rishiacharya

    All the best 

  • macha

    great, HIMAL KHABAR.

  • http://www.facebook.com/people/Rohit-Gautam/100003304668858 Rohit Gautam

    himalkhabar ko naya news portal  ramro lagyo.
    Rohit Gautam,guwahati,assam ,india

  • Suraj B Tiwari

    nice one. will hope for objective and good reporting recognizing the diversity of country , development issues and human rights. 

  • chet raj giri

    do the need full

  • http://www.facebook.com/leninb Lenin Nepali

    Congratulations !! 

  • http://www.facebook.com/profile.php?id=517782621 Anil Bhattarai

    Congratulations and hopefully this will be a very interactive newsportal. I am sure you know that in the age of online journalism users are not just consumers but also participants in the making of the news/views

  • Surath

    Happy to have at least one media fighting for freedom and democratic values! Way to go Himal Khabar.

  • chakradhari

    समय र परिस्थिति अनुरूप देश निर्माण  लागी जनतालाई सुसुचित गर्न सफल होस !

  • Binod Thapa

    Sampadakiya ekdum ramro chha anya samagri pani pathaniya chhan Tara tapai ko news portal ma cinema sambandhi galat samachar padher dikka lagyo maile pani film saayad hereko chhu yo ekdum unnat khal ko film chha jun aaj Ka din dekhi 3 hapta ma chaldai chha Tara samachar ma film chalen bhaner lekhya ko rahechha jun ekdum satahi chha yo samachar Nagarik Daily ma Dipendra lama le lekheko news ko nirantarata ho khali byline matrai farak Nepali film ko itihas ma ahile kehi farak chalchitra banna thaleka chhan ti farak chalchitra madhya euta saayad pani ho rahyo script becheko kuro tyaha producer ko bhanai nai chhain yes arth pani yo samachar purbagrha bata prerit chha bhanne prastha hunchha yesta jhut Ka pulinda lai sthan dida yo news portal parti ko bishwash ghat chha yesrth sampadak jyu samachar samaj rupantaran ko lagi ho na ki samaj lai gumrah ma rakhna

  • Bikram Rai

    Best Of Luck !

  • thakur acharya

    must needed a natural analyised space, may fulfill by this highclass publication

  • F Chandra, UK

    Himal media jyu, naam ferera desh bandaina, na ta arkako nakkal garera……. Sabai Nepali lai sametne khalko kaam garnus, netako jasto kura matra hoina…. Tapai (media chalaune) haruko mauka ma chauka hanne prabridi le pani Nepali le dherai dukha paaeka chhan….

    • Gunju G

       Yes, in Nepal, everyone with money and political power is greedy and selfish, only looking to take advantage of 80 percent of the poors.. Media is also not impartial, it likes to copy West and make fun of Nepali situation, which doesn’t help. If you can, put pressure everyday on these 601 viruses, looking at local realities, without seeking name and fame from Foreign countries, including those Nepalese who don’t bother to do any anything for their motherland while only say ‘this-or-that’ to show as if they were so important…. Every Nepali from monarchy to whatever, who deeply loves the country as one, should have all the rights to live in Nepal….

  • http://manoz.wordpress.com/ Manoj Dhakal

    Good to know this

  • Basanta

    हिमालखबरलाई हार्दिक बधाई र शुभकामना!

    देश यतिखेर अराजकतामा जेलिएको छ र अधिनायकवादको पञ्जामा जाने संभावनाको डिलमा पुगीसकेको छ। यो अवश्थामा देश र जनताको स्वतन्त्रता जोगाउन हिमालखबरजस्ता मिडियाको ठूलो भूमिका हुन्छ।

  • Basanta

    हिमालखबरलाई हार्दिक बधाई र शुभकामना!

    देश यतिखेर अराजकतामा जेलिएको छ र अधिनायकवादको पञ्जामा जाने संभावनाको डिलमा पुगीसकेको छ। यो अवश्थामा देश र जनताको स्वतन्त्रता जोगाउन हिमालखबरजस्ता मिडियाको ठूलो भूमिका हुन्छ।