चारदिने लिटरेचर फेस्टिवल सम्पन्न

एनसेल नेपाल लिटरेचर फेस्टिवलको चौथो तथा अन्तिम दिन ७ असोजमा विभिन्न १२ सत्रहरु सम्पन्न भए । निर्धारित कार्यक्रममध्ये भारतिय लेखक सुनिल गंगोपाध्य अनुपस्थितिको कारण उनको सत्र ‘द बिट जेनेरेसन’ हुन सकेन । यद्यपि त्यसको सट्टामा ‘नेपाली सिनेमामा नायिका छनौटको आधार’ मा नायिकाहरु ऋचा शर्मा, निशा अधिकारी, विनिता बराल र दिया मास्के बोलेका थिए जसको संचालन अर्की नायिका नम्रता श्रेष्ठले गरेकी थिइन् ।

अर्थ बहस : लिटरेचर फेष्टीभलमा अर्थतन्त्रका ३ आधार विषयक कार्यक्रममा पुर्व अर्थमन्त्री रामशरण महत , झलक सुवेदी र कार्यक्रम सञ्चालक हिमालका सम्पादक किरण नेपाल । तस्बीरः हिमालखबर

छलफलमा नायिका : लिटरेचर फेष्टीभलको अन्तिम दिन नेपाली फिल्ममा नायिकाबारे छलफलमा सहभागीहरु नम्रता श्रेष्ठ, विनिता बराल, निशा शर्मा र दिया मास्के । तस्बीरः अनुशील/हिमालखबर

त्यसैगरी ‘अर्थतन्त्रका तीन आधार’मा डा। रामशरण महत र झलक सुवेदीले बोलेका थिए जसको संचालन किरण नेपालले गरेका थिए । त्यसैगरी इतिहाँसको पुर्नलेखन बिषयमा डा रमेश ढुंगेल र दिनेशराज पन्त वक्ताका रुपमा थिए भने कार्यक्रमको सञ्चालन विष्णु सापकोटाले गरेका थिए । ‘नाटक जारी छ’ मा अभि सुवेदी, सुनिल पोखरेल र दयाहाँङ राइले बोलेका थिए भने सञ्चालन खगेन्द्र लामिछानेले गरेका थिए ।

अन्य कार्यक्रममा पत्रकार यज्ञशले सञ्चालन गरेको नेपाली फिल्म र दर्शकबारेको बहसमा निर्देशकहरु निश्चल बस्नेत, उज्वल घिमिरे र ष्रििङ रितार सहभागी थिए । न्यु मडिीयाबारेको छलफलमा उज्जवल आचार्य, किशोर पहाडी, सेवा भट्टराई र अकार अली सहभागी थिए ।

मार्तभाषमा लेखनबारेको छलफलमा तेजेश्वरबाबु गवाङ, कृष्णराज सर्वहारी, रमेश रञ्जन सहभागी थिए । संकटमा शिक्षा प्रणलीबारेको छलफलमा सुरेशराज शर्मा, धनञ्जय शर्मा र सुदर्शन सिघमीरे सहभागी थिए ।

पुस्तक बिमोचनतर्फ व्याकुल पाठकद्वारा सम्पादित, रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘नेपाली नियात्रा’ सार्वजनिक भयो । उक्त पुस्तकमा २५ यात्रा संस्मरण संग्रहित छन् । उक्त कार्यक्रममा डा ध्रुवचन्द्र गौतम, निर्मोही व्यास र लेखक स्वयंले बोलेका थिए । कार्यक्रमको सञ्चालन मणि लोहनीले गरेका थिए । विमल निभाको कविता संग्रह ‘डायनोसर जीउँदो छ’को विमोचन जनगायक रामेशले गरे । पुस्तक र लेखक निभाका बारेमा कवि श्यामल, नारायण ढकाल र अमर गिरीले बोलेका थिए ।

विमोचन : लिटरेचर फेष्टीभलमा विमल निभाको ब्याङ्ग्य संग्रह डाइनोसर जिउँदो छ को विमोचन गर्दै जनगायक रामेश र साथमा कवि श्याम र नारायण ढकाल । तस्बीरः अनुशील/हिमालखबर

  • Manoj

    I don’t think that these pretty nepalese heroines have even ever read a single book of nepali literature..!! it would have been better if the organizers have invited any prolific female nepalese writer..! I had read an interview of Namrata Shrestha few months back she said that she does not read nepali literature.. ! how can person like her chair this session..! this is just another show piece of glamour which is not related to this festival..!