मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेश बराबर
दशरथरंगशालामा भएको नेपाल र बङ्गलादेशबीचकॊ मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।
बिहीबार , ४ असोज २०६९ १०:१५ पम
काठमाडौंमा ४ असोजमा भएको खेल १-१ गोलको बराबरीमा सम्पन्न हो । जाहिद हुसेनले ४३ औँ मिनेटमा गरेको गोलले बंगलादेशले अग्रता लिएको थियो । नेपालका लागि भोला सिलवालले ६१ औँ मिनेटमा गोल गरेर १-१ को बराबरीमा ल्याएका थिए ।
गतवर्षको साफ च्याम्पियनसीप भने नेपालले बङ्गलादेशलाई १-० गोलले हराएको थियो । २ असोजका लागि निर्धारित खेल वर्षाका कारण प्रभावित भएपछि आजका लागि सारिएको थियो ।










