साहित्य महोत्सव शुरु; नेपाली समाज, साहित्यको भाषा र नारी चिन्तनबारे बहस

एनसेल नेपाल लिटरेचर फेस्टिवल ४ असोजदेखि काठमाडौंस्थित नेपाल एकेडेमी कमलादीमामा शुरु भएको छ । महोत्सवको पहिलो दिन नेपाली समाज, भाषा, सुरताल र नारी चिन्तनबारे बहस र छलफलहरु भएका छन् । सोही अवसरमा जगदिश घिमिरेको उपन्यास ‘सकस’ को विमोचन गरियो ।

पहिलो सत्र ‘सन् १९९० पछिको नेपाली समाज’मा वक्ताका रुपमा प्रा चैतन्य मिश्र, सीके लाल र घनश्याम भुसालर अजय दीक्षित । तस्बीर:डम्बरकृष्ण श्रोष्ठ/हिमालखबर

पहिलो सत्र ‘सन् १९९० पछिको नेपाली समाज’मा वक्ताका रुपमा प्रा चैतन्य मिश्र, सीके लाल र घनश्याम भुसाल थिए । अजय दीक्षितले सञ्चालन गरेको सत्रमा समाशास्त्री मिश्रले पछिल्लो परिवर्तनले गरिखाने पुस्ता जन्माएको बताए । ‘वंशमा जकडिएको पुरानो पुस्ताको राजतन्त्रस“गै अन्त्य भएको छ । अहिले नया“ समाज सिर्जना हुने क्रममा छ ।’

राजनीतिक विश्लेषक सीके लालले कुनै पनि समयलाई स्वायत्त रुपमा बुझ्न नसकिने बताए । उनले भने, ‘अहिलेको पुस्ता वैचारिक शुन्यतामा रुमलिएको छ जबकि गतिशील हुन मूल्य, मान्यता र सिद्धान्त हुनु पर्छ । यो पुस्ताले पेशा, सिद्धान्तका आधारमा आफूलाई जोड्न सकेको छैन ।’ भुसालले नेपाली समाज पुराना मूल्य, मान्यताहरु भत्किएको तर नया“ बनिनसकेको अवस्थामा रहेको बताए । ‘हामीकहा“ स्वतन्त्रता धेरै माथि पुगिसकेको छ तर त्यसले टेक्ने भुइ“ धेरै तल छ ।’ उनले भने, ‘सन् ९० पछि मान्छेले आफूलाई चिनेको छ । गाउ“ रित्तिंदो छ । श्रम शक्तिको मूल प्रवृत्ति विदेश यात्रा भएको छ ।’

राजधानीको प्रज्ञा प्रतिष्ठानमा ४ असोजदेखि शुरु भएको ‘लिटरेरी फेष्टिभल’को उद्घाटन गर्दै साहित्यकारहरु ।

नायिका झरना वज्राचार्य र भारतिय लेखिका अद्वैता कला ।

दोस्रो सत्रको शीर्षक ‘सुर, ताल र शब्द’ थियो जसमा नवराज लम्साल, किरण खरेल र नगेन्द्र थापा वक्ता थिए । उक्त सत्रमा नेपाली सुगम संगीतको उतारचढावको बारेमा छलफल गरिएको थियो । जसको सञ्चालन शेखर खरेलले गरेका थिए । सोही अवसरमा जगदिश घिमिरेको उपन्यास ‘सकस’ को विमोचन गरिएको थियो ।

त्यसपछि एकैसाथ सञ्चालित दुई फरकफरक सत्रमा ‘साहित्यको भाषा’ बारे मोहन मैनाली, बुद्धिसागर र नयनराज पाण्डे बोलेका थिए जसको सञ्चालन हरि अधिकारीले गरेका थिए भने नेपाली साहित्यमा नारी चिन्तन सत्रमा भुवन ढुंगाना, नारायण ढकाल आन्विका गिरीको सञ्चालनमा बोलेका थिए ।

पहिलो दिनको अन्तिम सत्रमा नायिका झरना वज्राचार्यले ‘अलमोस्ट सिंगल’की भारतिय लेखिका अद्वैता कलास“ग कुराकानी गरेकी थिइन् ।

यसअघि सम्पन्न उदघाटन सत्रमा प्रमुख वक्ता अभि सुवेदीले नेपाली साहित्यमा सहव्याख्या र इतिहास– लेखक स्रोता र रचना सन्दर्भमा आफ्नो विचार व्यक्त गरेका थिए । उनले पाठक र लेखकको द्वन्द्व र सम्झौता अनि त्यसबाट निस्कने व्याख्याका बारेमा बोलेका थिए । सुवेदीका भनाईमा नेपाली साहित्यको आमबृत्त नेपाली भाषाको फैलंदो आमवृत्तस“गै जोडिन पुगेको हो । नेपालका भाषाहरुलाई प्रोत्साहन नगरेर र कति सन्दर्भमा तिनमा साहित्य लेख्न नदिएर शासकहरुले नेपाली भाषालाई अनेकौं किसिमका संरक्षण र प्रोत्साहन गर्दा यसको र यस भाषामा लेखिने लेखिने वृत्त फराकिलो हु“दैगयो । उनले भने, ‘नेपाली साहित्यका अनुमानित ४० प्रतिसत मूर्धन्य लेखकको मातृभाषा नेपाली थिएन र अहिले पनि त्यो अवस्था बदलिएको छैन ।’

जनजाती कविहरुले नेपालीमा लेखेर सहव्याख्यामा संस्कृति र सिर्जनाका विविधता ल्याइदिएका छन् । अहिले पनि नेपालमा राजनीतिदेखि चित्रकला, संगीत, वास्तुकला फराकिलो हुंदै गएको देख्छु । र, सहव्याख्याका नया“ मोडहरु पनि खुल्दै गएको उनले बताए ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले देशको साहित्य, शिक्षाजस्ता क्षेत्र बलियो नभएसम्म अन्य क्षेत्रको स्तर नउकासिने हु“दा यसमा लगानी गरेको बताइन् । फेस्टिवल निर्देशक अजित बरालले अघिल्लो बर्षभन्दा यसपटक बढि सहभागिता साथ अझ वृहत रुपमा फेस्टिवलको आयोजना गरिएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले युवाहरुको कार्यमा साथ दिन पाउ“दाको खुसी व्यक्त गरेका थिए । महोत्सवमा सुकर्म व्याण्डको सांगीतिक प्रस्तुतिले दर्शकलाई लठ्ठ पारेको थियो ।

त्यसैगरी दुई भारतिय अतिथि साहित्यकार अद्वैता कला र विनोद मेहता काठमाडौं आइसकेको आयोजकले जनाएको छ । ‘लखनउ व्वाय’ का लेखक मेहतास“ग दिउसो ५ असोज १२ बजे पत्रकार प्रशान्त झाले कुराकानी गर्नेछन् । त्यसैगरी नेपाली मिडिया सम्बन्धी पत्रकार नारायण वाग्लेले सञ्चालन गर्ने छलफलमा सुधीर शर्मा, किशोर नेपाल र अजयभद्र खनाल ५ असोजमा विहान ११ बजे छलफलमा सहभागि हुनेछन् ।

बुकवर्म ट्रष्टको आयोजना तथा नेपाल एकेडेमीको सहकार्यमा आयोजित फेस्टिवल ७ असोजसम्म चल्नेछ ।

जगदिश घिमिरेको उपन्यास ‘सकस’ को विमोचन । तस्बीर:डम्बरकृष्ण श्रोष्ठ/हिमालखबर