राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्नुपर्छः पुन

क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले २ असोजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले राज्यपुनर्संरचनाका विवादित प्रदेश सङ्ख्या, सिमाङ्कन र नामाङ्कनका विषयमा सहमति भए विघटित संविधानसभा पुनःस्थापना गरेर अगाडि बढ्न सकिने बताएका हुन् ।राष्ट्रिय सहमतिका लागि सहमतिको प्रयास भइरहेको जानकारी दिँदै पुनले वर्तमान अवस्थामा प्रधानन्त्रीले राजीनामा दिँदा देश अझै अन्योलग्रस्त बन्ने भन्दै तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने उल्लेख गरे ।

मन्त्री पुनले सरकारले सिफारिस गरेका अध्यादेश अस्वीकार गर्नुले राष्ट्रपति कार्यकारी भूमिकामा आउन खोजेको देखिने धारणा राखे । सरकारले राष्ट्रपतिसमक्ष पठाएका अध्यादेश जारी गर्दै राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्नुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।

फरक प्रसङ्गमा अर्थमन्त्री पुनले ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सरकार अगाडि बढेको बताउँदै कात्तिक मसान्तभित्र अध्यादेशमार्फत भए पनि पूर्ण बजेट ल्याउने तयारी भएको जानकारी दिए । रासस

  • Kiran

    कस्तो अभिभावक ??? आफ्ना छोराछोरी बिग्रिएर हिड्दापनि चुप लगेर बस्ने ?