सिडिओ, एलडिओ र एसपी दुर्घटनामा
नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डे, प्रहरी प्रमुख एसपी ज्ञानबिक्रम शाह र निमित्त स्थानीय विकास अधिकारी मानबहादुर खड्कासहित ६ जना पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा दुर्घटनामा परेका छन् ।
सोमबार , १ असोज २०६९ ५:४३ पम
नवलपरासीको लोकाहा खोलाको पुल भाँचिएपछि अवरुद्ध बनेको यातायात व्यस्था निरीक्षण गर्न आउदै गर्दा १ असोजमा पाण्डे, शाह र खड्का दुर्घटनामा परेर गम्भिर घाइते भएका हुन । उनीहरुसँगै प्रहरी हल्वदार श्रीराम श्रेष्ठ, सत्रुधन उपाध्याय र चालक समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।
विद्रोही गिरी, नवलपरासी









