एमाओवादीले प्रमाण नष्ट गर्दैनः अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतिकुमार काफ्लेले एमाओवादी लडाकु शिविरमा भएको अर्बौंको भ्रष्टाचार आयोगको प्राथमिकतामै नरहेको बताएका छन् ।

आयोगको २२ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्न ३१ भदौमा राजधानीमा आयोजित कार्यक्रममा सचिव काफ्लेले एमाओवादी पार्टीले नै छानविन गरिरहेकाले आयोगले केही नगर्ने बताएका हुन । जसले भ्रष्टाचार गरेको छ उसैले छानविन गर्न पाउँछ ? भन्ने संवाददाताहरुको प्रश्नमा काफ्लेले भने, ‘देशको जिम्मेवार पार्टीले जिम्मेवार ढंगले अनुसन्धान गरिरहेको छ । हामीले अहिल्यै केही पनि गर्दैनौं ।’

एमाओवादीले अनुसन्धान नै नगरे वा चित्त नबुझे मात्रै अख्तियारले छानविन गर्न सक्ने काफ्लेले बताए । माओवादीलाई अहिले शंकाको लाभ दिनुपर्ने उनको भनाई थियो ।

सरकारमा बसेको पार्टी भएकाले एमाओवादीले भ्रष्टाचारको प्रमाण कुनै हालतमा नष्ट नगर्ने काफ्लेको विश्वास थियो । जनताले कर तिरेको पैसा अर्बौं भ्रष्टाचार भएको विषयमा काफ्लेले भने, ‘अहिल्यै छानविन गर्न केको हतार ?’

  • Himal

    yesta dalal bata ke aash garne?

  • Prakat

    Kafle Jee, Yehi Sart Ma utkrista Karmachari ko puruskar paunu bhayeko ho ?

  • kb khatri

    yestai vanne ho vani ta hajurkok kam vayo ra kafle ji

  • who cares

    harami, post ko lagi j pane garne, ani post ma puga pachi paint bhijaune, incompetency dekhune.

    yesta lai jana karbhai garnu parcha. .. judai bal nu parcha.

  • sisir

    I think one should first investigate this Man Bhagawati Kafle’s property.. This man is doing nothing against the corrupts … He him self is not a clean man so cannot expect anything from this chap…

  • http://www.facebook.com/profile.php?id=1400981910 Prashant Upadhyaya

    Maobadi le bhrastachar gareko kati percent timilai dine bhanyachha ,Mr. Kafle? Ahile nai liyi sakeko bhaye ta thikai bho pachhi Prachanda le dela ki bhanera Yasto kura gareko bhaye timro saat pusta samma pachhuto rahala hai!