उपाधिका लागि नेपाल र भारत भिड्ने

श्रीलंकामा जारी दोस्रो महिला साफ च्याम्पियनसीपको उपाधिका लागि ३१ भदौमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । २९ भदौमा आयोजक श्रीलंकालाई ३-० ले पराजित गरेर नेपालले फाइनलयात्रा तय गरेको हो ।

नेपालले खेलको ४८ औं मिनेटमा अनु लामाको गोलले अग्रता लिएको थियो । ७६ औं र ९० मिनेटपछि दीपा अधिकारीले थप गोल गरिन् । मध्यान्तर अघि पाएको पेनाल्टी भने कप्तान जमुना गुरुङले सदुपयोग गर्न सकिनन् । नेपालले खेलेका चार खेलमा २३ गोल गरेको छ भने एक गोल खाएको छ ।

यसअघि आजै बिहान भएको खेलमा अफगानिस्तानलाई पराजित गरेर भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । नेपाल पहिलो महिला साफ च्याम्पियनसीप उपविजेता हो भने भारत विजेता ।