महानिरीक्षक रानालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्ति प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरेले दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।

तस्बीरः रासस

गृह मन्त्रालयमा २९ भदौमा आयोजित समारोहमा गृह सचिव घिमिरेले महानिरीक्षक रानालाई दर्ज्यानी  चिन्ह प्रदान गरेका हुन । रानालाई २८ भदौमा सरकारले महानिरीक्षकमा बढुवा गरेको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक रानाले  गैर व्यावसायिक आचरण नियन्त्रण  गर्ने प्रतिबद्धता जनाए ।

३० कार्तिक २०४० मा प्रहरी निरीक्षकबाट करिअर आरम्भ गरेका राना नेपाल प्रहरीको २३ औं महानिरीक्षक हुन । पाल्पा, बौघा- ५ मा ३ साउन २०१७ मा जन्मेका राना  गएको असारमा प्रहरी अतिरिक्त महानिरीक्षकमा भएका थिए ।

  • nepali

    congratulation