चमेलियाको ८० प्रतिशत काम सम्पन्न

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको दार्चुलाको चमेलिया जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

पाँच वर्षदेखि निर्माण हुँदैआएको आयोजना गत आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने थियो । विभिन्न प्राविधिक तथा बन्द हडतालजस्ता कारणले गर्दा समयमै सम्पन्न हुन नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ३० मेगावाट क्षमताको आयोजना एक वर्षभित्र सम्पन्न हुने बताइएको छ । चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकलाई केही भए पनि त्राण दिनका लागि सो आयोजना सहयोगीसिद्ध छ ।

प्राधिकरणका कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, ‘दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएको छ आगामी वर्ष सो आयोजना पूरा हुने विश्वास लिएका छौँ’ । प्राधिकरणको २८ औँ वर्ष प्रवेशको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा समेत आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको उल्लेख गरिएको थियो । प्राधिकरणका अनुसार चमेलियाको सुरुङ १२ मे २०१२ मा ‘ब्रेक थ्र’ गरिसकिएको छ भनॆ बाँधस्थलमा ७६ प्रतिशत इन्टेकको ११ प्रतिशत र कनेक्टिङ टनेलको ९७ प्रतिशत काम सकिएको छ ।

पावरहाउसको ८७ प्रतिशत, सर्ज टैंकको ७१ प्रतिशत, पेनस्टकको ६० प्रतिशत र टेलरेसको ६३ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको सम्पूर्ण सिभिल निर्माणमा ७५ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । विद्युत् गृहभित्र संरचना जडान भइरहेको र १३२ केभी प्रसारण लाइनमा पनि काम भइरहेको छ । प्रसारण लाइनअन्तर्गत ९९ प्रतिशत टावरको जग निर्माण गरिएको र ९३ प्रतिशत टावर जडान गरिएको बताइएको छ । चमेलिया जलविद्युत् आयोजनाको निर्माण भएपछि सुदूरपश्चिमको विकासमा योगदान पुग्नाका साथै विद्युतीकरणमा समेत प्रगति हुने विश्वास लिइएको छ । रासस

  • sagar karki

    yo ta sabi Nepali ko lagi khusiko khabar ho…..

  • ishor

    little relief.

  • http://www.facebook.com/dinesh.poudel.779 Dinesh Poudel

    चमेलिया जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न, (आश्विन १-१५) हामि लार्इ अत्यावश्यक आयोजना गत आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्नेमा विभिन्न प्राविधिक
    तथा बन्द हडतालजस्ता कारणले गर्दा समयमै सम्पन्न हुन नसक्नु हाम्रो कमजोरि हो । यस्ता कमजोरीले गर्दा हामि पछि परिरहेका छौं । प्राधिकरणले ३० मेगावाट क्षमताको आयोजना एक वर्षभित्र
    सम्पन्न हुने बताएता पनि समयमै पुराहुनेमा अझ शंकै छ । चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकलाई केही
    भए पनि त्राण दिनका लागि सो आयोजना सहयोगीसिद्ध छ तसर्थ अब बन्द हडतालजस्ता कुकृत्य नगरौं भन्ने अनुरोध छ ।