पत्रकार मैनालीको उपल्लो थलो बजारमा

पत्रकार मोहन मैनालीले रिपोर्टिङका क्रममा भेटेका मानिस, देखेका ठाउँ र गरेका अनुभवहरुलाई समेटेर उपल्लो थलो पुस्तक सार्वजनिक गरेका छन् । रिर्पोटिङ्का क्रममा नेपाल, भारत र तिब्बतलगायतका ठाउँमा पुगेर बटुलेका अनुभवलाई उनले चार खण्ड ६३ शीर्षकमा प्रस्तुत गरेका छन् ।

उपल्लो थलो पुस्तकका साथ पत्रकार मोहन मैनाली। तस्बीर: डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

तीन खण्डमा बुढीगण्डकीको किनार र त्यस वरपरका विषय छन् भने एक खण्डमा महाकालीको किनारै किनार तिब्बतको मानसरोवर पुग्दाको अनुभव छ ।

डकुमेन्ट्री मेकर तथा पत्रकारिताका प्रशिक्षक समेत रहेका मैनालीको २०५१ देखि २०५९ बीचको रोमाञ्चक रिर्पोटिङ अनुभव पुस्तकमा पढ्न पाइन्छ । पुस्तक प्रकाशक जगदम्बा प्रकाशनद्वारा जारी विज्ञप्तिमा मैनालीले भनेका छन्, “यसमा दैनिक रिपोर्टिङ र साहित्यका बीचको यस्तो ठिमाहा विधाको उपयोग गरेको छु, जसमा काल्पनिक कुराको गन्ध आउँदैन र समाचारमा आउने टर्रोपनाको मात्रा पनि हदैसम्म घटेको हुन्छ, ।”

फिचर लेखनमा अब्बल मैनालीले नेपाल र तिब्बतको उत्तरी भेगको सुन्दरता, त्यहाँका मानिसको जीवनशैली, धर्मसंस्कृति र उनीहरुका समस्या अनि सुदूरपश्चिम नेपाल, भारत र तिब्बतको सीमा क्षेत्रमा हुने गरेका वन्यजन्तुका अङ्गको अवैद्य व्यापार जस्ता जटिल बिषयलाई सरल र रोचक ढंगले प्रस्तुत गरेका छन् । जगदम्बा प्रकाशनको १२४ औं पुस्तकको रुपमा आएको उपल्लो थलो को मूल्य रु. ३०० छ ।

चिनो :पत्रकार मोहन मैनालीको किताब उपल्लो थलो राजधानी छाडेर इलाममा आफ्नै गाउँ फर्किन लागेका पत्रकार केदार शर्मालाई हस्तान्तरण गर्दै साहित्यकार कमलमणि दीक्षित । तस्बीरः अनुशील/हिमालखबर

  • basu

    congratulation Mohan sir . I wish I can read some parts online..

    • Mohan Mainali

      Thanks Raniji. Basuji some sections of the book are available online (सर्वेसको सकस at himalkhabar, ekantipur, sourya and onlinekhabar).

  • Rani vibas

    upallo thalo is the real feature of the life.